Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

पूर्व जनसेना, अयोग्य हुँदै विश्वच्याम्पियन बनेको रोचक कथा

\"Mira१३ असार, काठमाडौं । फ्रान्समा ८० किलोमिटर लामो ‘मोन्ट ब्लान्क म्याराथन’ जितेपछि मिरा राईले चर्चा पाएकी छिन् । तर, यो उपाधि नजित्दै उनको चर्चा विश्वभर फैलिसकेको थियो । गएको वर्ष हङकङमा जब उनले आइल्याण्ड ट्रेल रेस जितिन् तब उनी चर्चाको पात्र बन्न पुगिन् । बाल छापामार, अयोग्य लडाकुको बिल्ला हुँदै उनले गरेका संघर्षका पाटालाई उधिन्दै हङकङको मर्निङ पोस्टमा उनको संघर्षपूर्ण फिचर छापिएपछि उनी झनै चर्चामा पुगेकी हुन् । उनै २४ वर्षीय राई स्पेन, अमेरिका, फ्रान्स, इटाली जस्ता शक्तिशाली देशका महिला खेलाडीलाई पछि पार्दै उच्च हिमाली क्षेत्रमा दौडिने प्रतियोगितामा विश्व च्याम्पियन बनेकी हुन् । ८० किलोमिटर दुरी पार गर्न राईले १२ घण्टा ३२ मिनेट लगाइन् । ६० किलोमिटरसम्म स्पेनकी मोन्ट ब्लाङक अगाडि थिइन् तर, राईले उनलाई दोस्रो स्थानमा धकेल्दै उपाधि कब्जा गरिन् । अमेरिकाका हिलारी एलिन तेस्रो स्थानमा आइन् । प्रतियोगितामा एक हजारभन्दा बढी प्रतियोगी सहभागी थिए । \"Mira राईले इटालीमा भएको इन्टरनेसनल अल्ट्रा लाइटको उपाधि, नेपालमै आउटडोर फेस्टिबलमा १५७ किलोमिटरको मुस्ताङ ट्रेल रेस र ५० किलोमिटरको ट्रेल रेस जितिसकेकी छन् । नेपालमा ५० किलोमिटरको यो दौडमा च्याम्पियन बनेकी राईको दौड रोकिएन, इटालीमा ५७ किलोमिटरको ट्रेल रेस र ८३ किलोमिटर लामो ट्रेल डेग्नी इरोयमा पनि उनी च्याम्पियन बन्न सफल भइन् । भोजपुरको सानो दुम्माकी राई पढ्दापढ्दै १४ वर्षको उमेरमा बाल छापामार बन्न पुगेकी थिइन् । तर, माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनले उनलाई खुशी बनाउन सकेन । तर, केही गर्ने इच्छाशक्ति र उर्जा पनि दियो । समायोजनका क्रममा उनी ‘अयोग्य’ घोषित हुँदै शिविरबाट निकालिइन् । तर, उनी रोकिइनन् । \"Mira-rai-combat शिविरमा हुँदा शारिरीक व्यायामका साथै, तेक्वान्दो, कराते, फुटबल, भलिबल जस्ता खेल हुन्थे तर, उनले आफ्नो भविष्य र सफलता दौडमा लगाउने सपना साँचिसकेकी थिइन् । शिविरमा हुने कडा तालिम र अभ्यासबारे उनी जान्दथिन् । र, आफूमा भएको शक्ति परिचालनको सपना उनले बुन्न थालिसकेकी थिइन् । अयोग्य भएपछि केही निराश थिइन् तर, भित्रैदेखि केही गर्ने इच्छा मारेकी थिइनन् । चाहिएको थियो त केलब सुरु गर्ने बाटो । त्यही बाटोलाई देखाइदिने काम गरिन् उनकै साथी करातेकी खेलाडी पुर्निमा मगरले । राईलाई उनले काठमाडौं झिकाइन् । सन् २०१३ मा काठमाडौंमा भएको ५० किलोमिटरको फुल्चोकी म्याराथनमा जितेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । \"Mira नतिजा ! एकपछि अर्को गर्दै उपाधि जित्दै शक्तिराष्ट्रका खेलाडीलाई पछि पार्दै आएको तथ्यांक छँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy