Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

परदेशबाट श्रीमतीलाई चिट्ठी

\"Ishworप्यारी जीवनसङ्गिनी, असीम प्यार र शुभ आशीर्वाद फेसबुकको च्याट र स्काइपको भिडियो कलबाट दिक्क भएर आज बर्षौ पछि तिमीलाइ एउटा चिट्ठी लेख्ने जमर्को गर्दै छु । थाहा छ १ त्यतिबेला पनि यदि मोबाइल, फेसबुक हुन्थ्यो भने भर्खर फुल्दै गरेको हाम्रो माया कसैको एक लाइक र कमेन्टले ओइलिन सक्थ्यो, कसैले गरेको एक कलले हाम्रो प्रेममा तुषारापात हुन सक्थ्यो तर त्यति बेला पठाइएका चिट्ठीहरु यति निष्प्रभावी थिए, त्यसले हाम्रो प्रेमलाई बिशुद्द झाङ्गिने अवसर प्रदान गरे, त्यो निश्वार्थ प्रेमलाइ जुग जुग कायम गराउन आजको यो ईन्टरनेट भन्दा हज्जारौ गुना धेरै भुमिका त्यही चिट्ठीको छ, आज त्यसैलाई त म न्याय दिदै छु । यहाँ त लिएर आइन तर त्यतिबेलाको अटोबुक भित्र कहिँ लुकाएर राखिएका ती चिट्ठीहरु म नहुँदा पनि तिम्रा सहारा बनेका छन, बेला बेलामा मेरो याद आउँदा खोलेर हेर्नू । हिजो मात्र फेसबुकमा एउटा खबर पढे मैले, कसैले ११ बर्ष सम्म मलेसियामा बसेर स्टाफ नर्स पढाएकी एउटी श्रीमती पोइल गइन रे, हज्जारौं लाइक र कमेन्टले पोतिएको त्यो समाचार मेरा साथीहरु मध्ये कैयौंले शेयर पनि गरे । कसैले आफ्नो बुढीलाई पठाउन भनेर फोटो डाउन्लोड पनि गरेर राखेका छन । केही महिना अघि पनि यस्तै समाचार आएको थियो, धेरै साथीहरु विचलित भएको पाएको छु मैले यहाँ, तर हुन सक्छ तिम्रो मायाले मलाइ अरुहरुलाई भन्दा धेरै शक्ति प्रदान गरेको छ, मलाइ यस्ता समाचारहरुप्रति खासै रुचि छैन किनकि मैले आफ्नो मोबाइललाई भन्दा धेरै गुणा तिमिलाइ प्रेम गर्दछु । यस्ता समाचारहरु प्रती तिमिले पनि त्यति धेरै ध्यान नदिनु जति आफ्ना बाल बच्चा र भविष्यलाई दिनु पर्छ । अब तिमी र म मात्र रहेनौ, हाम्रो सिङ्गो संसार बनेको छ, मलाइ एक रत्ती पनि बिश्वास लाग्दैन कुनै एलियन आउने छ, अनि यसलार्इ ध्वस्त बनाउने छ । मान्छेहरुका आवश्यकता असिमित हुन्छन्, त्यसलार्इ सिमांकन गर्न सक्नु महानता हो । पूरा भएका त्यही सिमित आवश्यकताहरुलाई हेरेर सन्तोष लिन सक्नु कुनै श्रीमान् अथवा श्रीमतीले एक अर्कालाई गर्ने ठूलो सम्मान हो । २ वर्षसम्म अर्काको देशमा निसास्सिएर बस्दा मेरा इच्छाहरु कति मरेका होलान त्यो पक्कै तिमीले अनुभव गरेकि छौ होला । दिनभरी अनलाइन देख्दा तिमिलाइ लाग्दो हो मजा छ मेरो लोग्नेलाई , पल्लोघरे ह्यारी काकाले अन्टीलाई चटक्क छोडेर यतै एउटा गोरी फिले केटीसङ्ग घरजम गरेर बसेको देख्दा तिम्रो मन पनि कुटुक्क खाएको होला, लाग्दो होला मैले हरेक महिना कमाएको पैसाभन्दा तिमिलाइ कम पठाएको छु, र यो पनि लाग्दो होला कि मैले यहाँ मोज मस्ती गरेको छु र यो तिमिलाइ मात्र हैन बिदेशिएका लोग्नेहरुका हरेक श्रीमतीलाई लाग्न सक्छ । किन भने आजकल ती श्रीमतीहरुसंग फेसबुक छ, त्यसमा अपलोड हुने फोटाहरुले तिनिहरुको शंकालाई बल पुर्याएको हुन्छ । मलार्इ लाग्छ तिमी छुट्टै धातुले बनेकी छौ, मुटुमा हात राखेर तिमिले आफैलाई सोध्न सक्छ्यौ, तिम्रो जिन्दगीमा यो कसले धेरै महत्व राख्छ, मैले या अरुको कुरा ले अथवा दिन रात भिडिराख्न पर्ने सामाजिक संजालका नकारात्मक समाचारहरुले, तिमीले आफ्नो प्रश्नको उत्तर आफै पाउने छौ । प्लास्टिकका थैलाहरुमा प्याक गरेको खाना खाँदा तिमीले बनाएर कासको थालमा पस्केको खाना याद आउँछ, अझै पनि खोट लगायो भनेर तिमी ठुस्सिन्थ्यौ । त्यस्तो शीतलमा पनि कही गएर आउँदा पसिनै नआउँदा पनि पछ्यौरीको सप्कोले मेरो निधार पुछ्दा पनि लाग्ने गर्थ्यो, माया अझै कम छ । थाहा छ, छोरो रोएर मेरो निद खल्बलिदा तिमीलाई कराउने म आज ६/७ जना वरीपरी घुर्दा पनि निदाएको बहाना गर्न बाध्य छु, तिम्रो यादमा सिरानी च्यापेर घुटुघुटु आँसु निल्दै अनिदो आँखा लिएर र गर्हुङ्गो मन लिएर भोलिपल्ट बिहानै त्यही प्लास्टिकको थैलोमा बासी भात च्यापेर खिइएको जुत्ताको धुलो पुछेर ५० डिग्री को गर्मी खान दगुर्नुपर्छ । फेरि पनि तिमीलाई गर्ने मायामा माखाको टाउको जत्ती पनि कमी आउन दिएको छैन । घरमा बुबा आमा भाइ बहिनीहरुको खर्च बढेको छ । यता डेरामा तिम्रो र छोरा छोरीहरुको खर्च बढेको छ, तर यहाँ मेरो तलब कहिल्यै बढ्दैन । मेरो लागि मैले नै गर्नु पर्छ भन्ने तिम्रो भावना र कर्मठ हातहरुलाई मैले सम्मान गरेको छु । कमसेकम लोग्नेको पासपोर्ट बन्ने बित्तिकै बजारमा झरेर छोरा छोरी पढाउने नाममा लठारिने श्रीमती भन्दा तिमी धेरै फरक छौ । एक दुई छाक खान नपाएर र एक दुई दिन डेरा भाडा दिन ढिलो भयो भने पनि तिमिले मिलाउने खुबी राख्न पर्छ किनभने यहाँ एक दुई दिन मात्र हैन महिनौ सम्म पनि तलब नआउन सक्छ र उस्तै परे मान्छे नै सग्लो नफर्कन सक्छ । चाहना र आवश्यकतालाई छुट्ट्याउन सक्नेहरुले नै थाहा पाउन सक्छन, चाहना असिमित हुन्छ, यसमाथी बारबन्देज लगाउनु र आवश्यकता सिमित हुनुपर्छ र यसलाइ आफ्नै बलबुताले पनि पूरा गर्नु पर्छ । मलाइ लाग्छ तिमीले मेरो अभाव यिनै जानकारीहरु हासिल गरेर पुर्ती गर्ने गरेकी छौ । लेख्दा लेख्दा चिट्ठी पनि लामो हुन लाग्यो, अब कलम बन्द गर्दछु । घरमा फोन गरेर छोरा सन्चै हुनुहुन्छ भनेर खबर पुर्याइदेउ, भाइले भनेको आइफोन किन्न मेरो यो महिनाको तलबले पुगेन, मिलेछ भने अर्को महिना नत्र आउँदा ल्याइदिनुन्छ रे भन । छोरीले अस्ति कापीमा चिट्ठी लेखेर फोटो खिचेर मेरो वालमा हाल्देकी थिइ, त्यो अलि मिलेको छैन, सच्च्याउन लगाउ । छोराको स्वास्थ्यलाई अलि धेरै ध्यान पुर्याउ । तिमिले पनि आफ्नो बिमारमाथी हेल्चेक्र्याइ नगर, मलाइ केही भै हाल्यो भने पनि छोरा छोरीलाई मेरो पनि कर्तब्य पूरा गरिदिने तिमी नै हौ । पल्लोघरे साइलाले भिजा भिजा भनेर हत्ते गरेको थियो, सके सम्म उसको बुबालाई तिमी घर जादा सम्झाइदेउ, त्यो लठेप्रोले यहाँ आएर गर्ने काम केही छैन भनेर । वरिपरि नमस्कार भन्देउ । हस त अहिलेलाई बिदा भन्न चाहन्छु । उही तिमीलाइ धेरै माया गर्ने तिम्रो परदेशी श्रीमान् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE