Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

बालुवाटार बैठकमा भारतको धम्की

[caption id=\"attachment_26362\" align=\"alignleft\" width=\"480\"]\"Aig\" एआइजी बज्राचार्यबारे भारतीय छापामा आएको समाचार[/caption] १३ असार काठमाडौं । भारतीय जालिनोट कारोबारमा नेपालको सुरक्षा निकाय समेतको समलग्ना देखिएपछि भारतीय पक्षले नेपालका राजनीतिक दलमाथि धम्की दिएकाे छ । शनिबार विहान चार दलको बैठक बस्नु अघि सत्तारुढ दल नेपाली काँग्रेस र एमालेको बैठकमै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जाली नोट कारोबारमा सुरक्षा निकाय समेत समलग्न रहेको भन्दै कार्वाही गर्न दबाब दिएको बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक अगाडी नै काँग्रेस र एमालेका शिर्ष नेताको बैठकमा यस्तो धम्कि दिएको जनाइएको छ । स्रोतका अनुसार स्वराजले सत्तारुढ दल एमालेका शिर्ष नेतालाई यस अघि नै भेटको क्रममा समेत ध्यानाकर्षण गराएकी थिइन् । केही दिन अघि भारतको छापा माध्यममा नेपालमा जाली नोट कारोबारमा नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्यको समलग्नता रहेको खबर छापिएको थियो । सोही खबर पछि स्वराजले एमाले अध्यक्ष केपी ओलीलाई फोनबाटै कार्बाही गर्न दबाब दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् । ‘तपाईंहरुले कार्वाही गर्नेकी नगर्ने ? यदि तपाईंहरुबाट कार्वाही हुन्न भने हामी आफैले कार्वाही गर्नुपर्ने अवस्था आउन सक्छ ।’ सुष्माको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार भारतले गृहमन्त्री वामदेव गौतमले कार्वाही गर्न नमानेपछि शिर्ष नेतालाई नै कार्वाही गर्न दबाब दिएको छ । एमाले अध्यक्ष ओली समेत एआइजी बज्राचार्यलाई कार्वाही गर्ने पक्षमा नदेखिएपछि धम्कीपूर्ण भाषा प्रयोग गरेको स्रोतको भनाई छ । किन धम्कायो भारतले ? भारतको चर्चित दैनिक हिन्दुस्तान दैनिकमा एक महिना अघि जाली नोट कारोबारमा नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्यको प्रत्यक्ष सहयोग रहेको समाचार प्रकाशित भएको थियो । २३ लाख भारतीय नक्कली नोट सहित पक्राउ परेका शिख जाभेद इग्बालले प्रहरीको वयानको क्रममा एआइजी बज्राचार्यको प्रत्यक्ष सहयोगमा आफूले भारतीय नक्कली नोट कारोबार गर्ने गरेको खुलाएका थिए । सन् २००७ मा नेपाल भारतको प्रमुख नाका बिरगंजमा कार्यरत रहेको बेला तत्कालीन एसएसपी बज्राचार्यको सहयोगमा उनकै सरकारी गाडी इग्बालले नक्कली नोट बोकेर गएको स्विकार गरेका थिए । सोहि विषयलाई लिएर भारतीय पक्ष नेपाल सरकार देखि क्रुद्ध बन्दै आएको छ । उनीहरुले एआइजी बज्राचार्यलाई कार्वाहीको माग गर्दै आएका छन् । भारतीय मिडियामा समाचार आएपछि नेपालबाट प्रकाशीत एक दैनिकले समेत यस विषयलाई समाचार छापेपछि एआइजी श्रेष्ठले खण्डन गरेका थिए । उनले हिन्दुस्तान टाइम्सको समाचारलाई पनि आधारहिन समाचार भन्दै खण्डन गरेका थिए । हिन्दुस्तान टाइम्सले एआइजी बज्राचार्यले जाली नोट कारोबारको लागि प्रहरी भित्रै सेटिङ् मिलाउने गरेको खुलाएको थियो । भारतको आतंकवाद विरोधी प्रहरी संगठनले नेपालमा जाली नोट कारोबारमा प्रहरीको उच्च अधिकारी समलग्न भएको निष्कर्ष निकालेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending