Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

विकास बजेट एघार महिनामा एकाउन्न प्रतिशतमात्र खर्च

१३ असार, म्याग्दी । चालु आर्थिक वर्ष २०७१/७२ को ११ महिनाको अवधिमा म्याग्दीमा भित्रिएको विकास बजेटको ५१ प्रतिशतमात्र खर्च भएको छ । जिल्लास्थित विभिन्न २७ वटा सरकारी कार्यालयले सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि रु २३ करोड २९ लाख लाख ३९ हजार ८८० पुँजीगत बजेट विनियोजन भएकामा आर्थिक वर्ष सकिन एक महिना बाँकी छँदा जम्मा ५१।२५ प्रतिशतमात्र खर्च भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार ११ महिनाको अवधिमा रु ११ करोड ९३ लाख ९६ हजार ३४९ खर्च भएको छ । जेठ मसान्तसम्म ८० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । बजेट खर्च गर्ने अख्तियारी ढिला आउने, योजनाको समयमै काम नहुने, काम भएपनि पेस्कि नलगेको र भइरहेको कामको भुक्तानी हुन बाँकी रहेकाले पनि पँजीगत खर्च कम देखिएको कोष तथा लेखा नियन्त्रक पौडेलले बताए । पौडेलका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा म्याग्दीका कार्यालयले रु छ करोड २२ लाख ३७ हजार ४९७ राजस्व सङ्कलन गरेका छन् । यस वर्ष सबैभन्दा बढी बजेट भित्रिएको बेनी पाखापानी सडक स्तरोन्नतिको काम गरिरहेको विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) परियोजनाको ठूलो रकम काम हुन नसकेपछि फ्रिज हुने देखिएको छ । रु नौ करोड ६२ लाख बजेट रहेको ड्रिलिप परियोजनाको जेठ मसान्तसम्म रु दुई करोड ७० लाखमात्र खर्च भएको छ । आर्थिक वर्ष सकिँनै लाग्दा विशेष गरेर स्थानीय निकायमा बजेट सिध्याउन तालिम, गोष्ठी, भ्रमणका कार्यक्रमले तीव्रता पाएका छन् । वैशाख अगावै सम्झौता भएका कतिपय योजना असार सुरु भएपछि काम सुरु भएका छन् । असार महिनामा हतारमा हुने काम गुणस्तरीय टिकाउ तथा प्रभावकारी देखिँदैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy