Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राहत दुरुपयोग भए प्रधानमन्त्रीलाई खबर गर्नुहोस्

\"Sushil_Koirala\"काठमाडौं, १३ आषाढ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको निमित्त स्वदेश तथा विदेशबाट आएको राहत रकम र सामग्रीको दुरुपयोग भएको जानकारी पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न दाताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्प पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग बताएका हुन् । उनले हरेक व्यक्ति र संस्थाले आफ्नो भाग काटेर पीडितहरुलाई मानवीय सहयोगको लागि दिएको रकम र राहत सामग्री हिनामिना र दुरुपयोग हुन नदिने पनि स्पष्ट पारे । सो अवसरमा उनले दाताहरुले पनि आफूले दिएको रकम सदुपयोग भए नभएको हेर्नपर्ने बताएका थिए । नागरिक उड्डयन प्राधिकरणले दियो ३ करोड भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैया प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्राधिकरणका नवनियुक्त महानिर्देशक संजीव गौतमले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्राधिकरणका उपमहानिर्देशक सहित कर्मचारी यूनियनका अध्यक्ष सहित अन्य कर्मचारीहरु पनि उपस्थित थिए ।  यस अगाडि पनि प्राधिकरणका कर्मचारीहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेका थिए । काठमाडौं,जिल्ला शिक्षा कार्यालयबाट १ करोड ३० लाख सहयोग भूकम्प पीडित नेपालीहरुलाई राहत र पुनस्थापनामा सहयोग पु¥याउन जिल्ला शिक्षा कार्यालय काठमाण्डौंले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३० लाख ८० हजार ८ सय ७२ रुपैया ३६ पैसा सहयोग गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा काठमाण्डौंका जिल्ला शिक्षा अधिकारी दिनेश कुमार श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । सो रकम जिल्ला शिक्षा कार्यालयमा कार्यरत कर्मचारी र काठमाण्डौंका सम्पूर्र्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुबाट संकलन गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन, नेवाः स्वनामी दवू,एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु उपस्थित थिए । लुम्बिनी बैंकले दियो १ करोड २ लाख भूकम्प पीडित नेपालीहरुको सहयोगार्र्थ लुम्बिनी बैक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख २२ हजार २ सय २२ रुपैया प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष प्रकाश श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण थिए । सो अवसरमा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपाल र बैकका सञ्चालक रामकाजी कोने र कार्यकारी प्रमुख शोभनदेव पन्त पनि उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा परेको विपदाको समयमा सहृदयतापूर्वक सहयोग गरेकोमा धन्यवाद दिदै राहत रकम वितरणमा गडबडी भए सरकारलाई सूचित गर्न पनि आग्रह गर्नुभएके थियो । नेपाल जेसुइट सोसाइटीको ३५ लाख भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापनाका लागि नेपाल जेसुइट सोसाइटी सानेपा ललितपुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैया सहयोग प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष फादर बबीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध भएको बताउनु भएको थियो । सो अवसरमा फादर अगस्टिन,फादर अमृत राई रवी थापा र दीपजंग पाण्डेको पनि उपस्थिति रहेको थियो । अनुरुपता सहकारीको २ लाख ५० हजार भूकम्प पीडितहरुको सहयोगको लागि अनुरुपता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ लाख ५०हजार रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशवराज न्यौपानेले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सोअवसरमा सहकारीका विजयदर्शन श्रेष्ठ, निमप्रसाद अधिकारी, ज्योतिलाल न्यौपाने र दीपक भट्टराईको पनि उपस्थिति रहेको थियो । के एण्ड के कलेज र नेपाल क्यानडा मैत्री संघको सहयोग भूकम्प पीडितहरुको राहत र पुनस्थापना कार्यमा सघाउन के एण्ड के इन्टरनेशल कलेज र नेपाल क्यानडा मैत्री संघले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा के एण्ड केका अध्यक्ष र कलेजका प्रमुखले प्रधानमन्त्री कोइरालालाई २ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै नेपाल क्यानडा मैत्री संघले भूकम्प पीडितको सहयोगार्र्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार रुपैया प्रदान गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएके थियो । सो अवसरमा संघका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending