Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शिक्षक महासङ्घले कडा आन्दोलन गर्ने

१३ असार, काठमाडौँ । सरकारले आफूसँग पटकपटक गरेको सहमति र सम्झौतालाई तोडेर धोका दिएको भन्दै नेपाल शिक्षक महासङ्घले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । असार ११ र १२ गते बसेको महासङ्घको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १४ बुँदे निर्णय सार्वजनिक गरेको छ । बैठकले अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण तथा विद्यालय भवनको निर्माणमा अपारदर्शी भएको भन्दै पारदर्शी गर्नुपर्ने, सरकार तथा दातृ निकायलाई शिक्षा क्षेत्रमा लगानी बढाउन पहल गर्नुपर्ने, शिक्षाको नीति निर्माण तहमा महासङ्घलाई प्रतिनिधित्व गर्नुपर्ने, सिटिइभिटीमा दर्ता गर्नुपर्ने बाध्यात्मक स्थिति अन्त्य गर्नुपर्ने माग गरेको छ । सो अवसरमा महासङ्घका अध्यक्ष केशव निरौलाले सरकारसँग महासङ्घले एक वर्षदेखि निरन्तर छलफल र संवाद जारी राख्दै आए पनि सरकार र आफूहरुबीच भएको पटकपटकको सहमति र सम्झौतालाई सरकारले तोडेकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । उहाँले गाउँगाउँमा भूकम्पबाट ध्वस्त विद्यालय संचालन गर्न सरकार मुकदर्शक भएको बताउँदै त्यहाँका स्थानीय समुदाय, स्थानीय बासिन्दा, शिक्षक तथा विद्यार्थीले टिएलसी निर्माण गरिरहेको जानकारी दिए । कार्यक्रममा हालैको भूकम्पमा परी ६४ शिक्षक र ६०० भन्दा बढी विद्यार्थीको मृत्यु हुनुका साथै देशभरका ३० हजार कक्षा कोठा ध्वस्त भएको जानकारी दिइयो । यसबाट १० लाख बालबालिका कक्षा कोठाविहीन भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending