Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आँखाको रङबाट थाहा पाउनुस् आफ्नो व्यक्तित्व बारे

\"1आँखाले सबैकुरा बताउँछ, यो कुरा भनाईमा मात्र सिमित छैन, यो वास्तविक पनि हो । तपाईं कसैको आँखाको रङ हेरेर उनको स्वभावको बारेमा बताउन सक्नुहुन्छ । कुनै पनि मानिसको आँखाले उसको बारेमा सबै कुरा बताउँछ । कुनै पनि मानिसको आँखामा हेरेर तपाईंले उक्त व्यक्तिको बिचारधारा कस्तो हो भन्ने बारे थाहा पाउन सक्नुहुन्छ । अर्थात कुनै मानिसहरुको उदासिनता, प्रेम, अपनत्व, द्वेष आदि भावनाहरुको बारेमा उसको आँखाको रंग हेरेर अन्दाज लगाउन सकिन्छ । आउनुहोस्, आज हामी तपाईंलाई मानिसहरुको आँखाको रङबाट मानिसको व्यक्तित्व बारे जानकारी लिऔंः \"2१. खैरो आँखाः अन्य रंगको तुलनामा सबैभन्दा सामान्य रुपमा पाइने रङ हो यो । खैरो रङ भएका मानिसहरुको स्वभाव निकै राम्रो हुन्छ भने उनीहरु स्नेही हुने गर्दछन् । यस्ता मानिसहरु आकर्षित गर्ने किसिमका र घरभन्दा बाहिर रमाउने हुन्छन्  । यी व्यक्तिहरु आफूले जे चाहन्छन् त्यो कुरा पाएरै छाड्छन् अर्थात् उनीहरु दृढ निश्चयी हुन्छन् । यस्ता व्यक्तिहरु पैसाको पछाडि लाग्दैनन् र साथीहरु बनाउनु पर्ने कुरामा विश्वास राख्छन् ।   \"3२. खरानी रङको आँखाः यस प्रकारका मानिस शान्त, बुद्धिमान र संगठित व्यक्तित्वका हुने गर्दछन् । उनीहरु आफैंमा हराउने किसिमका हुन्छन् तर निकै बफादार हुन्छन् । सादा बिचारधाराका यी व्यक्तिहरु भित्रैबाट बलियो र तर्कसंगत बिचार भएका हुन्छन् भने कुशल नेतृत्व गर्ने क्षमता राख्दछन् ।     \"4३. कालो आँखाः कालो आँखा भएका मानिसहरु भेट्न निकै कठिन हुन्छ । यस्ता मानिसहरु रहस्य राख्ने किसिमका र भावुक हुने गर्दछन् । यी मानिसहरुले अरुलाई झट्ट विश्वास गर्दैनन् तर साथीहरुका लागि आफ्नो ज्यान नै दिन तयार हुन्छन् । उनीहरु थोरै धैर्यहीन हुन्छन् तर निकै आशावादी हुने गर्दछन् । यस्ता मानिसहरु सबैभन्दा विश्वासीला मानिन्छन् । \"5४. हरियो आँखाः आँखाको रङमा सबैभन्दा रुचाइने रङ हो यो । यस्ता मानिसहरु वुद्धिमान र स्वचालित हुन्छन् । सम्बन्धको विषयमा उनीहरु निकै भावुक हुने गर्दछन् । साथीहरुमाझ उनीहरुलाई हाँस्न र बोल्न मनपर्छ । उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ । उनीहरु आफ्नो जीवन निकै निष्फिक्री रुपमा व्यतित गर्न चाहन्छन् तर उनीहरु थोरै इष्र्यालु स्वभावका हुन्छन् । \"6५. निलो आँखाः निसन्देह संसारभरी अत्यधिक रुचाइने आँखाको रङ निलो हो । निलो आँखा भएका मानिसहरु सुन्दर, दयालु र स्मार्ट हुन्छन् । मानिसहरुलाई आवश्यक परेको बेला सहयोग गर्न उनीहरु सधैं तत्पर हुने गर्दछन् । उनीहरु आकर्षक र फ्रेन्डली नभएपनि मानिसहरु उनीहरुलाई निकै रुचाउँछन् ।   \"7६. हल्का खैरो आँखाः आँखाको नानी हल्का खैरो भएका मानिसहरु रहस्मयी र स्वतन्त्र बिचारधाराका हुन्छन् । यस्ता मानिसहरु शिष्ट, दयालु, मृदुभाषी, आनन्दित र अनेक चरित्र विशेषता भएका हुन्छन् । उनीहरु आफैंलाई निकै हराइरहेका हुन्छन् । यस्ता मानिसहरुसँगै बस्नु निकै कष्टकर हुने गर्दछ ।   \"8७. आँखा भेदभाव गर्दैनः कुनै पनि व्यक्तिको आँखामा नियालेर हेरेको खण्डमा तपाईंले उक्त व्यक्तिको इमोसन र मुड थाहा पाउन सक्नुहुन्छ । हाम्रो रिस, प्रेम, उदासिनता र घुणाजस्ता भावहरु आँखाबाट पत्ता लाग्छ । आँखाले नै विपरित सेक्सका मानिसहरुलाई एक–अर्काप्रति आकर्षित गराउँछ । आँखाले नै हामीलाई भीडबाट अलग गराउँछ । तपाईं जुनसुकै देशबाट भएपनि तपाईंका आँखा जुनसुकै रङको होस् यसको विशेषता समान हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies