Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत अनुमोदन

\"kalyana-shrestha\"१४ असार,काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका कल्याण श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिले आज अनुमोदन गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश बनाउन हुन्न भन्ने कोही पनि सभासद् नभएकाले सर्वसम्मत रुपमा श्रेष्ठको नाम समितिका सभापति कुलबहादुर गुरुङले अनुमोदन भएको घोषणा गरे । सुनुवाइका क्रममा श्रेष्ठले न्यायालयलाई चुस्त र छिटोछरितो बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै भने, “आफ्नो कार्यकालमा न्यायालयलाई वैरागी बनाएर जाने अवस्था छैन, न्यायपालिकाको छवि उँचो बनाउने काममा लाग्नेछु ।” अदालतजस्तो न्यायको निकायलाई सरकारले ०।५ प्रतिशत बजेट दिएर कसरी न्यायलयको काम चुस्त, दुरुस्त छिटो छरितो तरिकाले गर्न सकिन्छ भन्ने प्रश्न गर्दै उनले भने, “अदालत जनमैत्री संस्था हुनुपर्छ, थोत्रो कानुन विरोधाभास छ, देवानी र फौजदारीसंहिता संशोधनका क्रममा पनि छ ।” उनले जनशक्ति घट्दो र मुद्दा सङ्ख्या बढ्ने क्रम जारी भएको अवस्था रहेको र ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्नुपरेको हुँदा न्याय सम्पादनमा ढिला भएको यथार्थ राखे । उनले थपे, “सम्पूर्ण न्याय प्रणालीको काम घरबाट चल्ने होइन, सरकारले दिएको बजेटबाटै चल्ने हो, न्यायालयले राजनीति गर्न खोजेको होइन, न्यायिक काम गर्दा राजनीतिक विषय पनि जोडिएर आउँछ ।” अदालत भ्रष्टाचारी नभएको र भ्रष्टाचारी हो भनेर सोच्नु पनि गलत भएको भन्दै उहाँले भन्नुभयो , “भ्रष्टाचार गर्ने न्यायाधीशलाई क्षमा दिनू म भन्दिन, तर भ्रष्टाचारी अदालत हुँदैन, त्यसो भएमा समूल नष्ट गर्नुपर्छ ।” न्याय सम्पादन गर्दाका कमजोरीप्रति आलोचना गरेपनि अदालतको विकल्प नखोज्न आग्रह गर्दै उनले जोडे, “यदि न्यायालय आवश्यक छैन भने विघटन गरिदिनुस्, नत्र सहयोग गर्नुस् ।” सभासद्ले राजनीतिक दलबीच भएको १६बुँदे सम्झौतालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर संविधान लेखनको कामकारबाही रोक्ने आदेश दिएको र अदालतले राजनीति गर्न खोजेको भनी लगाएको आरोपप्रति उनले भने,  “संविधान त नयाँ बनाउन सकिन्छ भने १६ बुँदेमा भएका अन्तरिम आदेश हो, फैसला होइन ।” दलीय स्वार्थ भएको संविधान नलेख्न आग्रह गर्दै श्रेष्ठले जोडे, “न्यायशील संविधान लेख्नुस् ।” सुनुवाइका क्रममा सभासद्ले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका श्रेष्ठलाई न्यायालयलाई छिटो–छरितो, सहज पहुँच, कम खर्चिलो र सबैले भरोसा गर्नलायक बनाउने योजनाका बारेमा जिसाज्ञा राखेका थिए । सभासद् अष्टलक्ष्मी शाक्यले भरोसायोग्य र महिलामैत्री न्यायालय बनाउन आगामी योजनाका बारेमा जिज्ञासा थिइन् भने आरजु देउवाले न्यायमाथि महिलाको पहुँच र उत्पीडित वर्गका लागि न्याय योजनाका बारेमा प्रश्न गरेकी थिइन् । सभासद् युवराज ज्ञवाली, सुशीलकुमार श्रेष्ठ, जयन्त चन्द, अग्नि खरेल, डा राजन भट्टराई र अग्नि सापकोटाले सर्वसाधारणले न्यायमा सुनिश्चिता हुने खालको न्याय प्रणाली हुनपर्ने सुझाव राखेका थिए । “म कानुन पढ्दैछु, मलाई तपाईंको पालामा न्याय सेवामा प्रवेश गराउनुहुन्छ कि हुन्छ”– सभासद् हरिचरण साहले श्रेष्ठलाई प्रश्न गरे । सभासद् रामकुमार भट्टराईले श्रेष्ठका पालामा दुईचार भ्रष्टाचारी न्यायाधीशलाई कारबाही गरेर देखाउन आग्रह गरे । यस्ता थिए श्रेष्ठविद्धका उजुरी श्रेष्ठविरुद्ध पाँच उजुरी परेको थियो । तीमध्ये तीन जना उजुरीकर्ताले आफ्नो कुरा राख्नुभएको थियो भने दुई उजुरीकर्ता उपस्थित भएनन् । उजुरीकर्तामध्येक होमबहादुर बगालले श्रेष्ठले गरेको फैसला आफूलाई चित्त नबुझेको र उहाँले मुद्दाको गाम्भीर्य नबुझीकन फैसला गरेकाले संसदीय सुनुवाइ विशेष समितिमा उहाँविरुद्ध उजुरी गरेको बताए । श्रेष्ठविरुद्ध मधेसविरोधी फैसला गरेको पनि आरोप थियो । सो उजुरीप्रति प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका श्रेष्ठले भन्नुभयो, “जीवनभर मधेसमा रहेर काम गरेँ, अहिले कसरी मधेस विरोधी भएँ, पहाड र मधेस भनेर छुटयाएर फरक फरक निर्णय गर्न मिल्छ ?” श्रेष्ठलाई मङ्गलबार बिहान संसदीय सुनुवाइका लागि बोलाउने तय भए पनि आज बस्ने भनिएको संविधानसभाको बैठकको कार्यतालिका परिवर्तन भएपछि उजुरीकर्ताको सुनुवाइ लगत्तै उहाँको सुनुवाइ भएको थियो । श्रेष्ठलाई गत जेठ २६ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीश रामकुमारप्रसाद साह यही असार २३ गते सेवानिवृत्त हुनुहुँदैछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending