आषाढ़ १५ गते, २०७२ मगलवार 30th June, 2015 Tue१५:०८:१६ मा प्रकाशित
१५ असार । पेट कम गर्नका लागि खान खान छोड्नु वा कम खाना खानुको सट्टा स्वस्थ र पौष्टिक आहारको सेवन गर्नुहोस् । नियमित व्यायाम सन्तुलित आहारले पेटको बोसोलाई कम गर्न मद्दत गर्दछ ।
पेटको बोसोले हरेक मानिसलाई तनाबमा पारेको हुन्छ । यो समस्या निकै सामान्य भइसकेको हो । यसका लागि आफ्नो नियमित दिनचर्या बनाउनुहोस् र गम्भीरतासँग यसको अनुसरण गर्नुहोस् । आउनुहोस्, पेटको बोसोलाई दुई हप्तामा नै कम गर्ने तरिकाः
जौ–चनाको रोटीः
खानामा गहुँको आँटाको रोटीभन्दा जौ–चनाको आँटाको रोटीको सेवन गर्नुहोस् । १० किलो चनामा २ किलो जौ मिसाउनुहोस् । यसलाई मिलाएर पिस्नुहोस् र यसैको रोटी खानुहोस् । यसले तपाईंलाई अतिरिक्त कार्बोहाइड्रेट लिनबाट बचाउँछ र शरिरमा अतिरिक्त क्यालोरिी पनि जम्दैन ।
पानीमा साैफः
आधा चम्चा सैफ लिए एक कप उम्लिएको पानीमा हाल्नुहोस् र त्यसलाई १० मिनेटसम्म छोपेर राख्नुहोस् । उक्त पानी चिसो भएपछि पिउनुहोस् । नियमित रुपमा यसको सेवनले तपाईंको पेट चाँडै नै कम हुन्छ ।
नरिवलको पानीः
नरिवलको पानीमा अन्य फलको तुलनामा धेरै इलेक्ट्रोलाइट्स पाइन्छ । यसमा अतिरिक्त सुगर हुँदैन र कुनै कृत्रिम फ्लेभर पनि पाइँदैन । यसमा क्यालोरिको मात्रा शुन्य हुन्छ । यसका साथै यसले शरिरलाई पनि ताजा राख्छ ।
पानीमा महः
महले मोटोपना कम गर्नको लागि धेरै हदसम्म मद्दत गर्छ । तातो पानीमा एक चम्चा मह प्रत्येक दिन बिहान खाली पेटमा खाँदाको परिणाम केही दिनमा नै देख्न सकिन्छ । यदि तपाईं चाहनुहुन्छ भने यसमा एक चम्चा कागतीको रस पनि हाल्नसक्नुहुन्छ ।
पुदीनाको अचारः
पुदीनाको ताजा हरियो पत्तीको अचार बनाएर सेवन गर्दा पनि यसले पेट कम गर्न निकै सहयोग गर्नेछ ।
खानाको बिचमा पानी नपिउनुहोस्ः
खाना खाँदा बिचमा कहिले पनि पानी नपिउनुहोस् र खाना पछि पनि पानी पिउनबाट बच्नुहोस् । खाना खाएको कम्तीमा पनि १०–१५ मिनेट पछि मनतातो पानी पिउनुहोस् । केही दिनसम्म यो तरिका अपनाउनुहोस्, असर आफैंले देख्नुहुन्छ ।
लेमन टि वा ग्रिन टि पिउनुहोस्ः
दिउँसो अथवा रातको बिचमा भोक लाग्दा फ्राइ गरेको चिल्लो खाना खानु सट्टा ग्रीन अथवा ब्ल्याक टि पिउनुहोस् । यसमा थायनाइन नामक अमिनो एसिड पाइन्छ जसले मस्तिष्कलाई रिल्याक्स गर्दछ र तपाईंको भोकलाई कम गर्नेछ ।
जगिङ अथवा मर्निङ वाकः
पेट कम गर्नका लागि बिहान–बिहान जगिङ अथवा मर्निङ वाक राम्रो मानिन्छ । यदि तपाईंलाई जगिङको समस्या छ भने तिब्र गतीमा हिँड्न पनि सक्नुहुन्छ । नियमित रुपमा मर्निङ वाकले तपाईंको बढिरहेको पेटबाट चाँडै नै छुटकारा पाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: