Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बैङ्किङ कसुरमा सुशील स्थापित पक्राउ

\"hathkadi\"१५ असार,ललितपुर । धेरै जग्गा भएको लालपूर्जाको प्रयोग गरी हिमालयन बैङ्क लिमिटेड पाटन शाखाबाट ऋण लिएका ललितपुर उपमहानगरपालिका–३ पुल्चोक ठेगाना भएको स्थापित एण्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापितलाई सोमबार पक्राउ गरिएको प्रहरीले आज जनाएको छ । उक्त कम्पनीले कर्जा लिनका लागि सैँबु–१ बस्ने सरस्वती लिम्बुका नाममा दर्ता रहेको ललितपुर उपमहानगरपालिका–५ ९म० स्थित कित्ता नम्बर २६६ मा भएको एक रोपनी जग्गा र सोही गाविस–१ बस्ने सुष्मा ठकुरीको नाममा रहेको ५९म० कित्ता नम्बर २६७ मा अवस्थित एक रोपनी जग्गा मञ्जुरीनामा लिएर कर्जा लिएको देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले बताए । उक्त दुबै जग्गाको सेरेन कन्सल्ट प्रा.लि.का कन्सल्टेन्ट सिद्धार्थ सागर श्रेष्ठले गरेको मूल्याङ्कन प्रतिवेदनको आधारमा २०६८ माघ १८ गते धितोसुरक्षण राखी रु ८० लाख कर्जा लिएको थियो । बैङ्कबाट लिएको कर्जाको अवधि समाप्त भएकाले पटक÷पटक कर्जा भुक्तानीका लागि सूचना जारी गर्दा समेत अटेर भएपछि सो जग्गा लिलामीका लागि सूचना प्रकाशित गरिएकोमा लिलामी हुनसकेको थिएन । सो जग्गाको स्थलगत निरीक्षणका क्रममा १२ आना जग्गा मात्र खोलाको डिलमा देखिएको र बाँकी जग्गा खोलामा परेको देखिएको प्रवक्ता थापाले बताए। बैङ्कका प्रबन्धक समिर आचार्यले दिएको जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाई सुशील स्थापित र सुष्मा ठकुरी समेतलाई नियन्त्रणमा लिई बैंकिङ कसुरमा मुद्दाको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending