Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

रौतहटका किसान मर्न लागेको धानको बिउ हेरेर चित्त बुझाउँदै

\"ropain\"१६ असार, रौतहट । रौतहटमा यो वर्ष असार पन्ध्र बितिसक्दा पनि वर्षाको अभावमा अझै धान रोपाइँ सुरु हुनसकेको छैन । सिँचाइको अभावमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता रहेका कारण यो वर्ष समयमा वर्षा नभएपछि मर्न लागेको बीउ हेरेर चित्त बुझाउनुपर्ने बाध्यता रहेको छ । गत वर्ष खडेरीको मार खेपेका जिल्लाका किसान यसवर्ष पनि पर्याप्त वर्षा नभएपछि चिन्तित बनेका छन् । असार १५ गतेदेखि नै धानको रोपाइँ सुरु हुनु पर्नेमा अहिलेसम्म एक प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ हुनसकेको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ । असार दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नभएकाले यसवर्ष पनि खडेरीको चपेटामा परिन्छ कि भने चिन्ता किसानले गरेका छन् । असारको दोस्रो सातातिर थोरै वर्षा भएयता वर्षा हुने क्रम ठप्पै रोकिएपछि अधिकांश खेतीयोग्य जग्गामा धानबाली रोपाइँ गर्न नपाएको किसानले गुनासो गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा ५८ हजार ४४० हेक्टर कुल खेतीयोग्य जग्गा रहेता पनि ३९ हजार ३०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । पानी नपर्दा अधिकांश कृषकले यो वर्ष धूले ब्याड राखेका थिए । पर्याप्त मात्रामा पानी नपर्दा धूले ब्याडलाई समेत असर गरेको बताइएको छ । यो वर्ष बागमती सिँचाई आयोजनाले नहर प्रणालीमा पानी सूचारु नगरेका कारण कृषक मर्कामा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending