Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

झापामा बाढी गाउँ पस्दा एकको मृत्यु, पाँच सय विस्थापित

१६ असार, उर्लाबारी । अविरल वर्षाका कारण नुनसरी खोलामा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । बाढीबाट करिब १६० परिवारका पाँच सय व्यक्ति विस्थापित भएका छन् । मङ्गलबार मध्यराति सबैजना सुतिरहेको अवस्थामा नुनसरी खोलाको बाढी गाउँ पस्दा मोरङ, मधुमल्ला–५ कसेनीका दुर्गाबहादुर थापाको चार वर्षीय छोरा शिशिर थापाको मृत्यु भएको हो । बाढीले बगाएर शिशिरलाई बेपत्ता बनाएको थियो । घरदेखि एक सय मिटर दक्षिणमा रहेको आँपको रुखमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । मङ्गलबार राति ९ बजेदेखि नै महाभारत पर्वत र चुरे पर्वतमा भीषण वर्षा हुदा नुनसरी खोलामा बाढी आएको हो । नुनसरी खोलाको दुई अलग–अलग स्थानबाट बाँध फुटाएर बाढी गाउँ पस्दा मधुमल्ला–५ र ६ कसेनी तथा मधुमल्ला–८ को मेचेडाँगीको बासिन्दा विस्थापित भएका हुन् । गाउँले निद्रामा रहेका बेला राति साढे ११ बजेतिर बाढी पसेर मृतक बालकको बुबा दुर्गाबहादुर थापा, हजुरबुबा वीरबहादुर थापा, स्थानीय वृद्धा ७० वर्षीया देउमाया विश्वकर्मा र अन्य एकजना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । बाढीको जानकारी प्राप्त हुनासाथ उर्लाबारी र मधुमल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । बुधबार बिहान जिल्लाका सरकारी अधिकारी, राजनीतिक दलका नेता–कार्यकर्ता, सञ्चारकर्मीलगायतले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । विस्थापित परिवारलाई स्थानीय विद्यालय, प्लटिङ गरिएका खाली जग्गा र आफन्तको घरमा राख्ने काम गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । बाढीले भत्काएको मधुमल्ला–४ को बाँध नेपाली प्रहरी र सशस्त्र प्रहरीले पुनःनिर्माण गरी बाढी रोकेको छ । बाँध पुनःनिर्माणका लागि स्काभेटर परिचालन गरिएको थियो । बुधबार बिहानदेखि बाढी सुक्दै गएपछि स्थानीय बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending