Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दिउँसो कार्यालय, बिहान मौरी व्यवसाय

\"bee१७ असार, इलाम । इलाम नगरपालिका– ६ तिल्केनीका ४२ वर्षीय प्रेम आचार्य बिहान सबेरै उठ्छन् । उठेर नित्य कर्म सकेपछि उनी घरायसी काममा लागिहाल्छन् । यी कार्य भनेको उनको दैनिकी नै हो । बिहान कुन–कुन काम गर्नुपर्छ भनेर उनले डायरी बनाएका छन् । आचार्य जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहायक हुन् । उनी बिहानको समय मौरीपालन व्यवसायमा व्यस्त रहन्छन् । कम परिश्रम धेरै उत्पादन लिने मेसोका साथ उनी आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यवसायमा लागेका हुन् । आचार्यले मौरीपालनसम्बन्धी तालिम प्राप्त उनकी श्रीमती विन्दाको सहयोगमा १४ वटा आधुनिक घारमा मौरी पालेका छन् । बिहानभरि मौरीको हेरचाह, दिनभरि कार्यालयमा व्यस्त रहने आचार्य कार्यालयको काम सकेर साँझको समय पुनः मौरीपालनमै व्यस्त रहन्छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै मौरीपालन व्यवसाय थालेका आचार्यले अहिले सरकारी जागिरभन्दा बढी मह र मौरी गोला बेचेर आम्दानी गर्छन् । ‘मौरीका लागि जति मेहनत ग¥यो त्यति नै फाइदा हुँदोरहेछ’ उनले भने । दक्ष प्राविधिकले दिएको सल्लाह र सुझावलाई कार्यान्वयन गर्दैआएको उनले बताए । जागिरबाट अवकाशपाएपछि जीवनमा मौरीपालनलाई थप गरेर जाने उनको लक्ष्य छ । ‘मह भिटामिन र उच्चतम् गुण भएकाले अहिले मानिसले ताजा र गुणस्तरी शुद्ध मह किन्न खोजिरहेका छन् । मैले मह पनि शुद्ध तरिकाले नै उत्पादन गरिरहेको छु’ उनको भनाइ छ । यो व्यवसाय बढाउन उनले बेलाबला मौरीका विषयमा लेखिएको पुस्तक पढेर ज्ञान लिने गरेका छन् । आचार्यको मौरीपालनमा लाग्ने सानैदेखि इच्छा थियो तर उपयुक्त सीप नहुँदा व्यवसाय गर्न कठिन बन्यो । सामान्य अध्ययय गरेका उनी १८ वर्षअघि सरकारी जागिरमा प्रवेश गरेका हुन् । कृषि क्षेत्रका कार्यक्रम कार्यालयमा आउँदा उनी पनि मोहित हुँदै गए । कृषिकै प्रमुखको सहयोगबाट उनले मौरीपालन सुरु गरेको अनुभव सुनाए । मौरीपालन व्यवसायबाट उनले लगातार चार वर्षदेखि आम्दानी लिन थालेका छन् । यस वर्ष आचार्यले मह बेचेर रु एक लाख आम्दानी लिएका छन् । मौरीको गोला बिक्रीबाट रु एक लाख ५० हजार हात पारेका छन् । महबाट भन्दा पनि मौरीका गोला बिक्रीबाट चाँडो फाइदा हुने उनले बताए । मौरीलाई राम्रो आहाराका लागि मौसमअनुसारको फलफूल चाहिने भएकाले उनले धेरै परिकारका फलफूल खेतीसमेत पनि गरेका छन् । उत्पादन गरेको मह प्रतिकिलो रु एक हजारमा गाउँमै बिक्री हुँदै आएको छ । मह बिक्रीका लागि बजार नचाहिने उनको भनाइ छ । आचार्य अहिले सरकारी कर्मचारी, मौरी व्यवसायीमात्र होइन मौरीपालनसम्बन्धी ज्ञान र सीप पनि साथीभाइलाई बेलाबेलामा दिने गरेको बताउँछन् । बिदाको दिन र फुर्सदको समयमा उनीसँग परामर्श लिनेको घुइँचो लाग्ने गरेको छ । ‘म दक्ष प्रशिक्षक त होइन तर आफूले जानेको सीप सिकाउँदै आएको छु’ आचार्यले भने । उनलाई मह काढ्न, मौरी गोला झिक्ने कार्यमा गाउँघरमा बोलाउने गरेको छन् । यस वर्ष ३५ गोला मौरी बिक्री गरेको उनले बताए । आर्थिक अवस्था सामान्य रहेका आचार्यले सरकारी जागिर र मौरी व्यवसायकै आम्दानीले घर खर्च चलाउनेदेखि दुई छोरालाई पढाउने गरिरहेका छन् । उनले आफूले गरेको मेहनत र श्रमको फल रसिलो हुन्छ भन्ने कथनलाई आत्मसात् गर्दै फुर्सदको समयमा मादक पदार्थ सेवन गर्ने, समाजमा होहल्ला गरेर हिँड्नेजस्ता क्रियाकलापमा साथीभाइलाई नलागी श्रम गर्न सके गाउँमै पैसा फल्ने उदारणसमेत दिने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending