Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सुत्ने तरिकाबाट थाहा पाऔं स्वभाव र यसले निम्त्याउने समस्याहरु

खबरडबली संवाददाता

१९ असार, काठमाडौं । बेलायतको बडी ल्याङ्वेज विशेषज्ञ र स्लिप असेस्मेन्ट एण्ड एड्भाइजरी सर्भिसका निर्देशक र शोधकर्ता क्रिस इड्जिकोवस्कीका अनुसार व्यक्तिको सुत्ने तरिकाले स्वास्थ्य र समस्या दर्साउने गर्दछ । हामी तीन तरिकाले सुत्छौं । घोप्टो परेर ,उत्तानो परेर र दायाँ–बाँया ढल्किएर हामी सुत्ने गरेका छौं । हरेक व्यक्तिको आफ्नो मनपर्ने तरिका हुन्छ जसमा आफूले आराम महसुस गर्नसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं । गर्भको शिशु जस्तैः यदि तपाईं गर्भावस्थामा रहेको शिशु जस्तै गरि सुत्नुहुन्छ भने तपाईं योद्धा हुनुहुन्छ । टाउको छातीमा पुर्याएर सुत्नुहुन्छ भने तपाईं कुनै पनि स्थितीलाई आफ्नो नियन्त्रणमा ल्याउन सक्नुहुन्न । यदि तपाईं उत्तानो परेर सुत्नुहुन्छ र टाउको वरिपरि हातको घेरा हालेर सुत्नुहुन्छ भने तपाईं राम्रो श्रोता हुनुहुन्छ । तपाईंमा राम्रो साथी बन्ने विशेषता छ । कोल्टे परेर सुत्नुः जो मानिस कोल्टे परेर गर्भको शिशुजस्तै घुँडा घुमाउँछ, त्यस्ता व्यक्तिहरु सजिलै हार मान्दैनन् । यी व्यक्तिहरु फिट देखिन्छन् तर संवेदनशील हुन्छन् । उनीहरुको मनमस्तिष्क निकै खुल्ला किसिमको हुन्छ । कोल्टे परेर सत्नुको पनि दुष्परिणाम हुन्छन् । यसरी सुत्दा हात र खुट्टाको नसा दबिने भएका कारण दुखाई हुनसक्छ । कोल्टो परेर सुत्ने मानिसहरुको एसिडिटि प्रवाह बढ्ने खतरा हुन्छ । यस्ता मानिसहरुको पिठ्युँ र गर्दन मा तकिया राख्नुपर्ने हुन्छ । उत्तानो परेर सुत्नेः जो मानिसहरु उत्तानो परेर आफ्नो दुबै हात फैलाएर सुत्छन् त्यस्ता मानिसहरु सम्झौता परस्त हुन्छन् । परिस्थितीमा उनीहरुको नियन्त्रण हुँदैन । यस्ता मानिसहरु निराशा र हतास अथवा चिन्तित मुद्रामा उठेर आफ्नो दिनको सुत्ने गर्दछन् । हामीले आफ्नो खाटलाई मसाज टेबल सम्झनुहुँदैन । यो स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो होइन । घोप्टो परेर सुत्नुः जो मानिस घोप्टो परेर आफ्नो हात तानेर सिधा राखेर सुत्छन्, त्यस्ता व्यक्तिहरु जिद्दी हुने गर्दछन् । कसैलाई नियन्त्रणमा राख्नु उनीहरुको स्वभाव हुन्छ । सहि तरिकाः हुन त सुत्ने सहि तरिका बाँया तर्फ कोल्टे परेर सुत्नु हो । यसले पेटसम्बन्धी समस्या हुन दिँदैन भने यसो गर्दा तपाईं गहिरो निन्द्रामा सुत्न सक्नुहुन्छ । यसरी सुत्दा रक्त संचार पनि राम्रो हुने गर्दछ । यसले मृगौलालाई आफ्नो काम गर्न मद्दत गर्दछ र खुट्टाहरु सुन्निन रोकिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending