Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

माओवादी जनयुद्धमा सेक्स : शारीरिक आवश्यकता कि सांस्कृतिक विचलन ?

\"Narendra-Jung-Peter-edited\"नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धकालमा यौन विचलनलाई सांस्कृतिक अपराध भनिन्थ्यो भने अर्कातर्फ अति शुद्धता देखाएर महान् क्रान्तिकारी बन्ने रोग पनि त्यत्तिकै थियो । सनातन चिन्तन जस्तै यौन विषयलाई हेर्ने, बुझने र ग्रहण गर्नेमा बर्लिनको पर्खालै लागेको थियो । यसबारे कुरा गर्नु, लेख्नु र बहस गर्नुलाई प्रतिक्रान्तिकारी र  फ्रायडवादी चिन्तन हिजो पनि ठानिन्थ्यो र आज पनि । निजी विषय, वासना, लोभ, मोह, माया र अहंकारको संसारबाट माथि उठेर त्यागी देखाउन वा कहलाउन यस्तो गरिन्थ्यो र गरिन्छ । जनयुद्धका यौन विचलन, कमजोरी  वा यौन अपराधलाई ‘सांस्कृतिक’ शब्द प्रयोग गरिन्छ । सांस्कृतिक विचलनको कारबाही नखेप्ने उच्च तहमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल र कृष्णबहादुर महरालगायत थोरै मात्र नेता रहे । जनयुद्धकालमा नेताले मात्रै होइन, आम जनताले पनि ‘सांस्कृतिक कमजोरी’का आरोपीले कडा कारबाही, अनुशासन र पदीय भूमिकाबाट समेत वञ्चित हुनुपथ्र्या ।  अन्य अपराधको चर्चा त्यति नभए पनि ‘सांस्कृतिक कारबाही’को चर्चा भने पतकरमा लागेको आगोझैँ फैलिन्थ्यो पनि । श्रम शिविरमा रहनुपथ्र्या। यौन कमजोरी संस्कृतिको एउटा पाटो रहे पनि त्यो नै समग्र संस्कृति भने थिएन र होइन । कतिपय अवस्थामा विरोधीलाई सिद्धान्त र राजनीतिमाथि आक्रमण गर्न यस्ता विषय अचुक हतियारै हुन्थ्यो ।
जनयुद्धकालमा नेताले मात्रै होइन, आम जनताले पनि ‘सांस्कृतिक कमजोरी’का आरोपीले कडा कारबाही, अनुशासन र पदीय भूमिकाबाट समेत वञ्चित हुनुपथ्र्या ।  अन्य अपराधको चर्चा त्यति नभए पनि ‘सांस्कृतिक कारबाही’को चर्चा भने पतकरमा लागेको आगोझैँ फैलिन्थ्यो पनि । श्रम शिविरमा रहनुपथ्र्या। यौन कमजोरी संस्कृतिको एउटा पाटो रहे पनि त्यो नै समग्र संस्कृति भने थिएन र होइन ।
सेक्सको चर्चा गर्दा मानिस मनोगामी (एकलनिष्ट) वा पोलिगामी (बहुसमागम) प्राणी  के हो ?  उसको सेक्स आचरणको निर्धारण सामाजिक सम्बन्ध, बन्धन र आदर्शले मात्र गर्छ कि उसका यौनिक ग्रन्थिले ! उसका वासनाजन्य उत्तेजनाका नियन्त्रण उन्नत चेतनाले मात्र गर्छ कि अचेत शारीरिक आवश्यकताले ? के जबरजस्ती शारीरिक आवश्यकतालाई आदर्श र सामाजिक बन्धन र अनुशासनका डण्डाले मात्र नियन्त्रण गर्न सकिन्छ ? सेक्स जैविक आवश्यकता हो । त्यो न रहस्य हो, न त सामाजिक मर्यादा उल्लंघन गर्न पाइने वासनाका रतिक्रीडा ।  त्यो कोरा आदर्शले मात्र पनि ढाक्न सकिँदैन । सेक्स मनोविज्ञानले जन्माएका समस्यालाई कसरी हल गर्ने भन्ने विषय अन्य क्षेत्रमा भन्दा हरेक आदर्श अभियन्ता वा छापामार युद्ध लडिरहेका पार्टीका समस्या हुन् । त्यसैलाई उछालेर छापामार युद्धको आवश्यकता, औचित्यमाथि शिकार खेल्ने अरु मनोवैज्ञानिक युद्ध पनि छेडिएका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण अहिले भारतीय कर्पारेट मिडियाले चलाइरहेको त्यहाँको माओवादी प्रतिकार अभियानलाई लिन सकिन्छ भने माओको राजनीतिक जीवन, उनले दिएको विश्व योगदान, साम्राज्यवादविरोधी जनवादी नेतृत्व र नवचीन भन्दा पनि उनको यौनिक जीवनलाई पश्चिमाहरूले उरालेको देख्न सकिन्छ ।   गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पुँजीले नलोभिएका ‘बहादुर’ पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र होइन, अहिले नाफाका जिन्दगी बिताइरहेका उनीहरू महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिको सहवास एउटै हो ? यो प्रश्न जनयुद्धकाल र त्यसपछि पनि बारम्बार उठिरह्यो ।
गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पुँजीले नलोभिएका ‘बहादुर’ पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र होइन, अहिले नाफाका जिन्दगी बिताइरहेका उनीहरू महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिको सहवास एउटै हो ? यो प्रश्न जनयुद्धकाल र त्यसपछि पनि बारम्बार उठिरह्यो ।
अझ महान छापामार आदर्श चे ग्वेभारालाई पनि तनियासँग जोडेर मिथक रचिएका थिए । त्यस्तै जनयुद्धका बीभत्स चित्रण गर्नेहरूले अझ यसलाई कुरुप तरिकाले उछालेर स्वयौनिक सन्तुष्टि पनि लिइरहेका देखिन्छन् । गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पुँजीले नलोभिएका ‘बहादुर’ पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र होइन, अहिले नाफाका जिन्दगी बिताइरहेका उनीहरू महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिको सहवास एउटै हो ? यो प्रश्न जनयुद्धकाल र त्यसपछि पनि बारम्बार उठिरह्यो । सुरुवाती समयमै रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाल ‘विद्युत’ बीचको ‘सांस्कृतिक’ समस्याले पार्टीमै ठूलो समस्या आइलाग्यो । बादल जनयुद्धको ज्वालामुखी केन्द्रका ग्रामीण वर्गसंघषर््ाका नायक र अगुवा थिए । उनको बोली गोली बन्थ्यो र कार्यकर्तालाई कासन पनि । उनका समस्याले आदर्शका कोरा कल्पनाबाट मात्र प्रशिक्षित नेता र कार्यकर्ता तब मर्माहत बन्न पुगे, त्यसको तुष जब पार्टीले बादललाई लिन प्याओवादी भनेर संश्लेषण गर्न पुग्यो । अन्तरपार्टी संघर्षमा त्यसलाई इखको रुपमा लिइयो । परिस्थितिले पोष्टबहादुर बोगटीलाई पश्चिम कमाण्ड नेतृत्व सुम्पियो । जनयुद्धको उत्तराद्र्धमा मात्र चुनवाङ बैठकमा पुग्दा प्रचण्ड र बादलले आत्मानुभूति गरे । तर, त्यो इख निमिट्यान्न नभएर कालान्तरमा माओवादी विभाजनको एउटा मनोवैज्ञानिक कारण बन्यो पनि । जनयुद्धको उद्गम थलो रुकुमको नेतृत्वमा रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई जब ‘सांस्कृतिक विचलन’को आरोपमा दण्डित भएर कारबाही गर्नुपर्ने भयो, तब कमान्ड इन्चार्ज दिवाकरसँग छलफल भएर जनयुद्धको भर्जिनल्यान्ड बझाङ पठाइने भए । त्यसबेलासम्म सेती–महाकाली माथिल्लो भेगमा माओवादी आन्दोलनको खासै प्रभाव थिएन । युद्ध र शान्तिकालमा दार्शनिक अध्येताका रुपमा चर्चित रहे पनि ‘सांस्कृतिक विचलन’ले भने उनलाई छाडेन । यसै विषयमा मिडियाले पनि उनलाई पछ्याइरह्यो । अहिले फेरि उनी त्यस्तै ‘सांस्कृतिक विचलन’कै कारण चर्चामा छन् । पूर्वी कमान्डबाट सिपी गजुरेल भारत जानु र  शीतलकुमारलाई पनि ‘सांस्कृतिक’ कारबाही’ भोगेपछि तेस्रो तहका यानप्रसाद गौतम ‘आलोक’ सो जिम्मेवारी सम्हाल्न पुगे । शीतलकुमार कुनै दिन डा. बाबुराम भट्टराईका पनि नेता थिए, एकता केन्द्र बन्दा । तर, राजनीतिमा उनलाई ‘सांस्कृतिक घटना’ले पछि धकेल्यो । परिस्थितिले कमान्ड नेतृत्वमा एकाएक तेस्रो तहको नेतृत्वले पहिलो जिम्मेवारी लिनुपर्दा आलोकमा अहंकार र युद्ध सरदारपना देखिनु स्वभाविकै भयो । त्यसले उनलाई पनि जनयुद्धले ‘सांस्कृतिक कमजोरी’बाट जोगाउन सकेन । हक्की स्वभावका आलोकको कडा तर्कपूर्ण भूमिकाले पार्टीभित्रै पनि सैद्धान्तिक वैरी तयार गरिसकेका थिए । निराश बन्दै गएको छापामार युद्धमा स्वयं आलोकले एसाल्ट बनेर भट्टेडाँडामा कमान्ड गरेपछि विद्रोहले एकाएक मनोवैज्ञानिक ऊर्जा देशैभरि फैलाएको थियो । तर, उनको अति आत्मविश्वास, अहंकारले उत्तेजनालाई जित्न सकेन ।  अन्यलाई भन्दा उनलाई कडा कारबाही भयो र कारबाही थलो रोल्पा बनाइयो । आपूmलाई प्रचण्डका दाहिने हात र उत्तराधिकारी समेत सोच्ने गौतम त्यत्रो कारबाही होला भन्ने चिताएकै थिएनन् । सेनाले उनका टाउकोमा ३५ लाख रुपियाँको इनाम राखेको थियो भने सेनाको कारबाहीमा आपूm पार्टीभित्रै कारबाही परेकाले मारिन्छु भन्ने अनुमान नै गर्न सकेनन् । उनी रक्षकसँगै शाही सेनाद्वारा रोल्पामा मारिए । जनयुद्धको तुफानी बेग चलिरहेको थियो, जबरजस्ती आदर्शबादी देखिने ढोंगीहरू पनि कम थिएनन् । एकातर्फ प्रगतिशील कहिनु, देखिनु, भनी माग्नु, अर्कातर्फ सामन्ती चिन्तनको ठालु सोच पनि राखिरहनु नै प्रगतिशील रुढिवादको चरित्र हुन्छ । त्यसैले उनीहरूका जीवन र जगत्प्रतिका दृष्टिकोण र दैनिक व्यवहारबीच असन्तुलन देखिएका थिए । हुनु, कहिनु, गर्नु र देखिनुबीचको भिन्नताले भोलिका संकेत प्रष्स्टै झल्किन्थे ।  त्यसैबेला एक दिनको छलफलमा भनेँ, ‘म नक्कली आदर्शको कुरा गरेर आत्मरति लिन चाहन्नँ । पाइन्जेल सुख, सुबिस्तामै बस्नु, मीठो चोखै खानु, रामै र, सुग्घर, सफा ओछयानमै सुत्न चाहन्छु । सेक्सलाई पनि घृणाका रुपमा हेर्दिनँ । जाँड, रक्सी निषेध होइन, नियमनको पक्षधर हुँ, आफैँ पनि लिन्छु । अझ आदर्श खोक्नी र सिरक ओढेर रक्सी तन्काउने चिन्तनको म सदा विरोधी नै रहेँ ।’ कुनै दिनको एउटा घटनाले जीवन फेरिदिएर विद्रोही पार्टी खोज्दै माओवादी बनेको होइन । वर्गविद्रोहले तानेर पु¥याएको एउटा सफल व्यवसायी थिएँ । त्यो मेरा कुरा नक्कली आदर्शको घेरामा त चट्याङ परेझैँ भएछ । त्यो कुरा हल्ला बन्दै सौन्र्दयशास्त्री २४ क्यारेटका शुद्धतावादी कम्युनिस्ट डा. ऋषिराज बरालको कानमा पुगेछ । डा. बराललाई ‘त्यसै त तिते करेली त्यसमा पनि रुख चढेकी’ झैँ बनेर बाँकेका साथीहरू प्रकाश सुवेदी र अशोक रोकायलाई भारतीय सीमा काट्ने क्रममा भनेछन्, ‘पिटर त रक्सी नभई रातै काट्न नसक्ने, केटी हरदम चाहिने र मीठोचोखै नभई भागै नबस्ने रहेछ ।’ त्यो कुराको खुलासा अशोक रोकायले गरे । डा.बरालको त्यो आरोप धेरैपछि मात्रै सुन्न पाएँ । त्यो बेला मेरो सेल्टर सल्यानमा थियो । कमान्ड इन्चार्ज देव गुरुङ थिए । भेट्न अछाम जानुपर्ने भयो ।  १३ दिनको यात्रापछि रामारोशन, अछाममा पुग्दा रुटगाइडले त डा. बरालको सेल्टरमा पो पु¥याएछन् । थकित थिएँ तर उनलाई देखेपछि आवेगमय पो भएछु । सामान्य भलाकुसारीपछि  डाक्टरसाबसँग भनेँ, ‘थाकेर आएको छु । तपाईंलाई मेरो स्वभाव थाहा नै छ । बिजुलीपानीको व्यवस्था त गर्नु नै होला । अर्को  एउटी सुन्दरीको व्यवस्था पनि गर्नुहुन्छ होला नि  !’ मेरा कुरा सुनेपछि उनको अनुहार एकाएक फेरियो । ‘के भनेको यस्तो ?’ भनेँ । मैले बाँकेमा प्रकाश र अशोकसँग गरेको कुरा सम्झाएँ । पहिला उनले स्वीकारेनन्, पछि आत्मालोचित भए । युद्ध लम्बिँदै थियो, अनेक प्रकारका मनोचिन्तन र विकार जनमुक्ति सेना र कार्यकर्तामा मानसिक समस्याका रुपमा देखा पर्दै थिए । अन्ततः के कसरी बुझियो, उपचारका कोसिस भए वा भएनन्, थाहा भएन ।  भेरी–कर्णालीका ब्युरो इन्चार्ज थिए, शक्ति बस्नेत ।  उनलाई एकपटक भनेको थिएँ– आगोको सामु नौनी पग्लन्छ नै । सेक्स जीव वैज्ञानिक आवश्यकता हो भने जोडीहरूको कार्यक्षेत्र पनि सँगसँगै हुनुपर्छ । नत्र उनीहरूलाई आप्mना पार्टनरसँग भेट्ने वातावरण मिलाई दिनुपर्छ । यसलाई अनुशासनको डरले मात्र काबुमा राख्न सकिँदैन । जुन समय अवस्था, जमघट, जिम्मेवारी र यौन मनोविज्ञानलाई हेर्ने हो भने त्यसको केही दिनमै आन्तरिक राजनीतिको खेल र प्रतिक्रियाको उपजमा उनीलाई पनि परिबन्दले ‘सांस्कृतिक विचलन’को आरोपमा लाग्यो नै । त्यहाँ जीवन थियो, मान्छे थिए । मान्छेका भौतिक र मानसिक आवश्यकता थिए । विवाह बन्धन र एकनिष्टता यौन पनि थियो । जन्म बालबच्चा पनि थिए । त्योसँगै युद्ध चलायमान थियो । एकातर्फ शाही सेनाले महिला छापामारलाई यौन दासी बनाएको ब्यापक चर्चा गथ्र्यो भने युद्धस्थलमा परिवार नियोजनका अस्थायी साधन छरेर कम्ब्याट पत्रकारद्वारा बीभत्स प्रचार गथ्र्या । त्यसैको अर्को प्रचारमा उत्तेजक औषधि दिएर एसाल्टमा पठाउने भन्ने कुरा पनि हुन्थे । वार जोनमा सँगै मेडिकल टिम पनि हुन्छ र हरेक दर्दका औषपध भनेका एकप्रकारका लागुऔषध नै हुन्छन् । अर्कोतर्फ जनयुद्ध आफँमा चलायमान समाज थियो । त्यो मोक्ष खोज्ने निराश आदर्शवादी जोगीहरूको बथान थिएन । त्यहाँ जीवन थियो, मान्छे थिए । मान्छेका भौतिक र मानसिक आवश्यकता थिए । विवाह बन्धन र एकनिष्टता यौन पनि थियो । जन्म बालबच्चा पनि थिए । त्योसँगै युद्ध चलायमान थियो । नक्कली आदर्श हरेक समाजका लागि वैरी बन्छन नै । कुनै पनि समाजको अध्ययन गर्दा हलोको फालीले उसको अर्थ चिन्तन र अवस्था बताउँछ भने   समाजमा योनि—सुचिता (सेक्स अवधारणा)ले सांस्कृतिक अवस्था जनाउँछ । चाहेर वा नचाहेर पनि नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोविज्ञानका हरेक पाटो र पक्षबाट जनयुद्धलाई अलग्याउन सक्ने कुरै भएन । यौनमा निषेध गरियो । यौन आकांक्षालाई ‘सांस्कृतिक समस्या’ भन्न थालियो । बलात्कार र सहमतिको समागमलाई भिन्न तरिकाले हेर्न सकिएन । आखिर जनयुद्धभित्रको सेक्स पनि स्वस्थ मानवको शारीरिक आवश्यकता त थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy