आषाढ़ २१ गते, २०७२ सोमवार 6th July, 2015 Mon१०:२७:१८ मा प्रकाशित
२१ असार । केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दैनिक एक केरा खानाले तन– मन दुबै ताजा रहन्छ । केरा सुगर र फाइबरको राम्रो स्रोत मानिन्छ । यसमा थाइमिन, नियासिन र फोलिक एसिडको रपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । केरालाई उर्जाको राम्रो स्रोत मानिन्छ । यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिनको १.३ प्रतिशत, काब्रोहाइड्रेट २४.७ प्रतिशत र चिल्लो पदार्थ ८.३ प्रतिशत पाइन्छ । आज हामी तपाईंलाई केरा खानुको फाइदा के के छन्ः
केराको लाभः
– केरामा पोटासियम पाइन्छ जुन रक्तचाप बिरामीका लागि निकै फाइदाजनक मानिन्छ ।
– धेरै रक्सी खाँदाको ‘ह्याङओभर’ लाई उतार्नको लागि केराको मिल्क सेक निकै फाइदाजनक हुने गर्दछ ।
– केराको सेकले पेटलाई चिसो बनाउने गर्दछ ।
– केराले रक्तचाप नियन्त्रण गर्ने गर्दछ ।
– केरामा धेरै मात्रामा फाइबर पाइन्छ ।
– केराले पाचन क्रियालाई सुचारु गर्ने गर्दछ ।
– अल्सर बिरामीका लागि केराको सेवन फाइदाजनक मानिन्छ ।
– केरामा आइरनको मात्रा भरपूर हुने भएकाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने गर्दछ ।
– तनाव कम गर्नमा पनि केराले सहयोगी भूमिका खेल्ने गर्दछ ।
– केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुने गर्दछ जसले मूडलाई रिल्याक्स गर्ने गर्दछ ।
केराका अन्य फाइदाः
मुटुका लागि
मुटु रोगीहरुका लागि केरा निकै फाइदाजनक हुनेछ । हरेक दिन दुईवटा केरालाई महमा मिसाएर खाँदा मुटु बलियो हुन्छ ।
नाथ्री फुट्ने समस्या भए
यदि नाकबाट रगत आउने समस्या छ भने एक हप्तासम्म चिनी मिसिएको दुधसँग केराको सेवन गर्नुहोस् ।
तौल बढाउनका लागि
तौल बढाउन केराले निकै फाइदा पुर्याउने गर्दछ । हरेक दिन केराको शेक पिउँदा पातला मानिसहरु मोटो हुने गर्दछन् ।
गर्भवतीका लागि
गर्भावस्थामा महिलालाई सबैभन्दा बढि भिटामिन र मिनरल्सको आवश्यकता पर्ने गर्दछ त्यसकारण गर्भवतीलाई आफ्नो आहारमा केरालाई संलग्न गर्न डाक्टरहरुले सल्लाह दिन्छन् ।
बच्चाहरुका लागि
बच्चाको विकासका लागि केरा निकै फाइदाजनक मानिन्छ । केरामा मिनरल र भिटामिन पाइन्छ जसको सेवनले बच्चाहरुको राम्रोसँग विकास हुने गर्दछ ।
वृद्धाहरुका लागि फाइदाजनक केरा
केरा वृद्ध/वृद्धाहरुका लागि सबैभन्दा राम्रो फल मानिन्छ । किनभने यसलाई निकै सजिलै बोक्रा छोडाएर खान सकिन्छ । यसमा भिटामिन–सी, बीसिक्स फाइबर हुने गर्दछ जुन बढिरहेको उमेरका लागि आवश्यक मानिन्छ । वृद्धावस्थामा पेटको समस्या हुने गर्दछ र त्यसलाई केराले समाप्त गरिदिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: