लम्की । यहाँ परिवार नियोजनको जिम्मा महिलाकै कांँधमा रहेको छ । कैलालीमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा सबै महिला छन् । कैलालीका छ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् ।
उदासीपुर स्वास्थ्यचौकी, पहलमानपुर स्वास्थ्यचौकी, दरख स्वास्थ्यचौकी,, बर्दगोरियाको दोदोधारा स्वास्थ्यचौकी, बलिया स्वास्थ्यचौकी लम्की र टीकापुर अस्पतालमा शिविर सम्पन्न भएको हो । शिविरमा बन्ध्याकरण गर्न धेरैजसो महिला नै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईँले परिवार नियोजन गर्न कैलालीमा महिला अग्रसर देखिएको बताए । ‘‘पहाडी जिल्ला बझाङबाट कैलाली सरुवा भएर आएको हुंँ । त्यहांँ पुरुष मात्रै बन्ध्याकरण गर्छन् । यहांँ त सबै महिला आए । यहांँका पुरुष त बन्ध्याकरण गर्नै मान्दैनन् ”, चापागाईँले भने, ‘‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भनेको, आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनी फर्कन्छन् ।’’
यही पुस ८ र ९ गते टीकापुर अस्पतालमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा ७५ जनाले बन्ध्याकरण गरेका छन् । बन्ध्याकरण गर्नेमा सबै महिला छन् । ‘‘बन्ध्याकरण शिविरमा सबै महिलाले मात्रै सेवा लिए । पुरुषलाई आग्रह गर्दा पनि मानेनन् ’’, स्वयंसेविका चन्द्रावती शर्माले भिनन्, “बन्ध्याकरणका लागि गाउंँगाउंँबाट सेवाग्राही ल्याउने काम स्वास्थ्यकर्मी र हामीले गर्यौ । दुई वा दुईभन्दा बढी सन्तान जन्माएका धेरै दम्पतीलाई अनुरोध गरेंँ तर पुरुष कसैले मानेनन् ।’’
स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताउनुभयो । ‘‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्टाउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’’, शर्माले भनिन् ‘‘पुरुषले परिवार नियोजन महिलाकै ठेक्का जस्तो गरेका छन् ।’’
जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक चापागाईँ अस्थायी साधन प्रयोग गर्नेमा पनि महिलाको सङ्ख्या धेरै रहेको बताउछन् । कैलालीका भजनी र जोशीपुरमा शिविर सञ्चालन भइरहेको छ । ‘‘पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्’’, टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले भनिन् ‘‘परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउंँदैनन् ।’’ पुरुषहरूको शुक्रवाहिनी नली आवश्यकता परे फेरि जोडेर सन्तान जन्माउन सकिन्छ । महिलाले भने मिनील्याप गरिसकेपछि सन्तान जन्माउनै सक्दैनन् ।
गर्भवती, पाठेघर खस्ने समस्या भएका र पहिले सघन शल्यक्रिया गरेका महिलाले मिनील्याप गर्न मिल्दैन । मिनील्याप गरेपछि महिला हिंँडेर घर जान नसक्ने र बोकेर लैजानुपर्ने हुनाले पहाडी क्षेत्रमा भने पुरुष भ्यासेक्टोमी गर्न तयार हुने तर तराईमा यातायात सुविधा भएकाले स्थायी बन्ध्याकरण महिलाकै ठेक्काजस्तो भएको पुरुषले गर्ने व्यवहारको अनुभव आफूहरुले पाएको स्वयम् स्वास्थ्यकर्मी सुनाउँछन् । महिलाले मिनील्याप गर्दा शल्यक्रिया नै गर्नुपर्छ तर पनि महिलाले यो सेवा बढी लिएका छन् । ‘‘आफू सानो झन्झट नखेप्ने तर महिलालाई जटिलता पनि व्यहोर्न लगाउने
पुरुषहरूको प्रवृत्ति छ’’, सिनियर अनमी तारा खरेल भन्छिन्, ‘‘पुरुषले वास्ता नगरेपछि महिलाले परिवार नियोजन गर्नुपर्ने बाध्यता छ । विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरु परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: