Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन

काठमाडौ । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने छिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्ष सचिवालयका अनुसार राजधानीमा दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्न छन्। त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुनुपर्नेछ । मार्चपास तथा ¥यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो ३ बजे शुरु हुनेछ ।

भ्रमण वर्षलाई भव्य बनाउने सन्दर्भमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई अहोरात्र खटिनुभएको छ । भ्रमण वर्षकै सन्दर्भमा पछिल्ला दिनमा मन्त्री भट्टराईले १०० भन्दाबढी सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरी अभियानलाई सफल पार्न सक्रियता जनाइदिन आग्रह गरेका छन् । पर्यटनमन्त्रीले यही पुस ६ देखि ९ गतेसम्म दैनिक छलफल गरे । यो अवधिमा मन्त्रीले कुनै दिन दैनिक नौदेखि १० वटा सङ्गठनसँग पनि छलफल गरे। दिनमा छलफल तथा विमानस्थल अवलोकनदेखि पर्यटकीय पूर्वाधारका धेरै कामप्रति चासो राख्दै मन्त्रीले आफ्नो सक्रियता बढाएका छन् ।

उनले सरकारी, सार्वजनिक निकाय तथा निजी क्षेत्रका सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, स्काउट, लायन्स, रेडक्रसजस्ता संस्थासँग अन्तक्र्रिया गरेका हुन् । नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकाङ्क्षी लक्ष्यलाई सार्थक तुल्याउन विशेष जिम्मेवारी रहेको पर्यटन मन्त्रालय र त्यसको नेतृत्व गर्ने पर्यटनमन्त्री तथा मातहत निकायका प्रमुख लागि पर्नुभएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको जानकारी दिए । उनले भने, “भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो । हामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौँ, उक्त अवधिमा पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिन्छौँ ।”

भ्रमण वर्ष सचिवालयलाई यतिखेर भ्याइनभ्याइ छ । भ्रमण वर्षको तयारीका लागि सचिवालयका सबै जनशक्ति सक्रियरुपमा लागेको सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा देशभित्र १६ हजारलाई निमन्त्रणा गरिएको छ ।

भ्रमण वर्ष नजिकिँदै जाँदा पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र बोर्ड यसको उद्घाटन कार्यक्रमलाई भव्य बनाउने तयारीमा जुटेको सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिए। उनले उद्घाटन कार्यक्रमदेखि भ्रमण वर्ष अवधिभर गरिने काम, विदेशमा गरिने प्रवद्र्धनलगायतका काममा आफूहरु व्यस्त भएको बताए । सचिवालयमा संयोजक, सदस्यसचिव, उपसचिवलगायत ३० कर्मचारी छन् ।

चालिस देशका सञ्चारकर्मी आउने

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा ४० भन्दाबढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता रहनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकबाट प्रतिष्ठित सञ्चारमाध्यमको प्रतिनिधित्व रहनेछ । विदेशी पत्रकारलाई देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा तीनदेखि पाँच दिनसम्मको भ्रमणको व्यवस्था मिलाइएको व्यवस्थापनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

भ्रमण वर्षको भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गरिने भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रियस्तरको कार्यक्रम हुने उनको भनाइ थियो । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको उनले जानकारी दिए । स्वदेश तथा विदेशी राजदूतावासमा हुने उद्घाटन कार्यक्रमको अन्तिम तयारी सकिएको संयोजक वैद्यको भनाइ थियो ।

उद्घाटनमा दुई करोड खर्च

भ्रमण वर्ष उद्घाटनका लागि जम्मा रु दुई करोड खर्च हुने संयोजक वैद्यले बताए । उद्घाटन समारोह हुने स्थल दशरथ रङ्गशाला सरकारले निःशुल्क उपलब्ध गराउने भएकाले उद्घाटन खर्च घट्नेछ । रङ्गशाला भाडामा लिनुपर्दा दैनिक रु १५ लाख पर्नेछ । दुई तीन दिनअघि नै तयारी गर्नुपर्ने जनाइएको छ । स्वीकृत बजेट बाहेक आवश्यक खर्चको कुनै समस्या नहुने सचिवालयले जनाएको छ । सरकारले हालै भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending