एजेन्सी । तलिमनाडुको त्रिचीमा ५० वर्षीया किसान पी. शंकरले आफ्नो खेतमा प्रधानमन्त्री नरेन्द्र मोदीको मन्दिर बनाएका छन् । उनले मन्दिरको नाम ‘नमो’ दिएका छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार मोदीको मन्दिरमा दिनमा चार पटकसम्म आरती हुने गर्दछ ।
किसानले मन्दिरको उद्घाटन मोदीबाट गराउने इच्छा दर्शाएका छन् । मन्दिरमा उनले मोदीको प्रतिमा सँगसँगै अन्य केहि नेताहरुको तस्बिर पनि लगाएका छन् । उनले तमिलनाडुका सीएम पलानीस्वामीको पनि फोटो लगाएका छन् । किसानले मोदी भगवान जस्तो भएको र उनी विकास गर्न धर्तीमा आएको बताएका छन् ।
पी. शंकर आफ्नो गाउँ इराकुडीका किसान संघका अध्यक्ष हुन् । उनले सञ्चारमाध्यमलाई बताएअनुसार २०१४ मा नै उनले मोदीको मन्दिर बनाउने सोंच बनाएका थिए । उनले मन्दिरमा राख्नका लागि धातुबाट निर्मित मूर्ति बनाउने कोशिश गरेका थिए तर खर्च धेरै आउने भएपछि उनले पथ्थर र सीमेन्टबाट मुर्ती बनाएका छन् । मुर्ति बनाउन १० हजार भारु खर्चिएको उनले बताएका छन् । उनले मन्दिर बनाउँदै गर्दा राज्यका कुनैपनि निकायबाट सहयोग नपाएको पनि दुःखेसो पोखे ।
मोदीको प्यारको लागि मन्दिर : किसान
किसान पी.शंकरले मन्दिर मोदीको प्यारको मिसाल भएको बताएका छन् । उनले मन्दिर बनाउनुको पछाडि उनको छोरीले मेडिकल पढ्न नपाएको विषय जोडिएको खुलाएका छन् ।
नीट परीक्षामा उनको छोरीले थोरै नम्बर कम ल्याउँदा पढ्न नपाएको दुखेसो उनिसँग छ । उनकी छोरी पैसाको अभावमा मेडिकल पढ्न पाएकी थिइनन् । अहिले उनकी छोरी अन्ना यूनिभर्सिटीमा इन्जीनियरिङ्ग कम्प्यूटर साइन्स पढ्दैछिन् । मोदी सरकारले नीट परीक्षा बन्द गरेसँगै मेडिकल शिक्षामा भएको अवैध खेलो बन्द भएको भन्दै उनले मोदीको मन्दिर बनाउने सोंच बनाएको सञ्चारमाध्यमसँग बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: