Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बिकाउन होइन, निर्वाचनलाई व्यवस्थित गर्न प्रतिवेदन लक्षित हुनुपर्छ : निर्वाचन आयुक्त थपलिया

काठमाडौ । निर्वाचन आयोगले अबदेखि हुने निर्वाचनमा परिचालन हुने पर्यवेक्षकको समेत पर्यवेक्षण गर्ने भएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)द्वारा आज यहाँ आयोजित उपनिर्वाचन पर्यवेक्षण प्रतिवेदन समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा पर्यवेक्षणमा खटिने व्यक्ति र संस्थाको पनि पर्यवेक्षण गरिने जानकारी दिए ।

उनले भने, “पर्यवेक्षण गर्न आयोगबाट अधिकार पाएको व्यक्ति वा संस्थाका निम्ति पर्यवेक्षण भनेको उसको अधिकार नभई कर्तव्य, दायित्व र जिम्मेवारी हो, पर्यवेक्षकले देखेर तयार गरेको प्रतिवेदन, सिकाइ, निष्कर्ष र अनुभव समाचार बिकाउनका निम्ति होइन, निर्वाचनलाई व्यवस्थित गर्न लक्षित हुनुपर्दछ ।”

निर्वाचनमा पर्यवेक्षण गर्ने सबै संस्थाका एक–एक जना प्रतिनिधिसहितको आयोगको टोलीले पर्यवेक्षणको पनि पर्यवेक्षण गर्ने समिति बनाइने सो अवसरमा जानकारी दिइयो । निर्वाचनको पर्यवेक्षणमा खटिने कतिपय व्यक्तिबाट मतदान केन्द्र र मतदान स्थलमा आचार संहिताविपरीत कार्य गरेको गुनासा आएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

निर्वाचनका समयमा सञ्चालनमा ल्याइने कल सेन्टरलाई आवश्यक सुविधासहित आयोग परिसरमै स्थापना गरिने उल्लेख गर्दै आयुक्त थपलियाले भने, “उपनिर्वाचनमार्फत आयोगको प्रतिष्ठा र साख बढेको हुँदा उत्साहित भएका छौँ ।”

निर्वाचनका बेला अस्तव्यस्त हुने तथा अघिपछि सुस्त देखिने आयोगको चरित्रमा अनुभूति हुनेगरी सुधार ल्याइने प्रतिबद्धता जनाउँदै उनले अब आयोगले मतदाताको अनलाइन दर्ता, मतदाता शिक्षालाई व्यापक र विस्तार गर्ने तयारी थालिएको बताए । आयोगले यस सन्दर्भमा सङ्घीयसहित सातै वटा लोकसेवा आयोग, सुरक्षा निकाय, प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तालिमका पाठ्यक्रममा मतदाता शिक्षा समावेश गर्न गृहकार्य भइरहेको जनाएको छ ।

उपनिर्वाचनमा ‘मतदाताको मतदानप्रति देखिएको मोहभङ के कारणले हो’ भनी खोजीनीति शुरु गर्ने जनाउँदै उनले भने, “मतदातालाई उत्साह भर्ने कुरा हाम्रा लागि चुनौतीपूर्ण रहेको छ, निर्वाचनसँग सम्बन्धित पात्र र प्रवृत्तिमा सुधारको खाँचो छ ।”

पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संविधानमा उल्लेख भएका अधिकारको प्रयोग गर्ने अधिकार आयोगलाई दिइनुपर्ने माग गर्दै विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा निर्वाचन शिक्षा समावेश गर्न र अब आगामी स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन सुझाव दिए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको पालना र निर्वाचन प्रक्रियामा आँच आउने काम नभएको खण्डमा समग्र निर्वाचन भन्दा सुरक्षा बढी खर्च गर्नुपर्ने अवस्था अन्त्य हुने थियो भने ।

नियोगका महासचिव डा गोपालकृष्ण शिवाकोटीले उपनिर्वाचनमा पनि उम्मेदवारले तोकिएको खर्चको सीमा र बन्दनमा बसेको नदेखिएको पाइएको बताए । नियोगले विदेशमा रहेका मतदातको मतदानको सुश्चित गर्न, निर्वाचनमा खटिने कर्मचारीलाई अग्रिम मतदानको व्यवस्था मिलाउन तथा प्रविधिको प्रयोग गरेर निर्वाचन प्रक्रिया र मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउन सुझाव दिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन गरेको प्रयासका लागि उक्त संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending