Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

संविधानसभाको बैठकमा मस्यौदामा छलफल जारी

\"BICC-Nepal\"२१ असार, काठमाडौँ  । संविधानसभाको आजको बैठकमा पनि ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाको सैद्धान्तिक पक्षमा छलफल जारी छ । ‘विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस्’ भन्ने प्रस्तावको छलफलमा भाग लिँदै नेकपा ९एमाले०का माधवकुमार नेपालले जसरी भए पनि संविधानसभाबाटै संविधान जारी गरेर संविधानसभालाई सफल पार्नुपर्नेमा जोड दिए । उनले सहमतिको यात्रा कठिन भएको तथा पूर्ण सहमति कायम गर्न असम्भव भए पनि न्यूनतम सहमति कायम गर्नैपर्नेमा जोड दिँदै सबै पक्षलाई समेटेर सर्वस्वीकार्य संविधान जारी गर्नु श्रेयस्कर हुने विचार व्यक्त गरे । मस्यौदामा सुधार गर्नुपर्ने विषय रहेका, त्यसलाई जनतामा पु¥याएर उनीहरूको सुझाव समेटेर चाँडोभन्दा चाँडो संविधान बनाउनुपर्ने काम चुनौतीपूर्ण भएको भन्दै सभासद् नेपालले संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको व्यवस्था कायम राख्नुपर्नेमा जोड दिए । उहाँले संसदीय सुनुवाइ समितिलाई सशक्त बनाउनुपर्ने, अपाङ्गता भएकालाई राजनीतिक रुपमै संविधानमा स्थान दिनुपर्ने बताए । एनेकपा (माओवादी) का अग्निप्रसाद सापकोटाले ६५ वर्षदेखिको नेपाली जनताको संविधान प्राप्तिको आकाङ्क्षा पूरा हुने अवस्था आएको उल्लेख गर्दै त्यसले सार्वभौमसत्ता मुखरित र राष्ट्रिय स्वाभिमान स्थापित भएको बताए । राष्ट्रपतीय प्रणाली मुलुकका निम्ति उपयुक्त भएको भन्दै उहाँले नेपाली जनताको परिवर्तनको चाहनालाई आत्मसात् गर्नैपर्ने र उक्त प्रणालीलाई अङ्गीकार गर्नुपर्ने बताए । नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले मस्यौदाको प्रस्तावना लामो भएकोे, मुलुकको मौलिकता लोप हुने गरी नागरिकता वितरण गर्न नहुने, राष्ट्रको अस्तित्व मेटिने गरी हचुवाको भरमा नागरिकता दिन नहुने तथा दलितलाई आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीयतासम्बन्धी समस्या पनि संविधानसभाबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै सभालाई बहिष्कार गरेर नभई संवाद र सहमतिमा मस्यौदालाई पूर्णता दिनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका (नेपाल) का दिलनाथ गिरिले जनतालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने, गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयताजस्ता विषय जनमत सङ्ग्रहबाट निरुपण गर्नुपर्ने माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले सङ्घीयतामा जाने कबुल गरियो तर सीमाङ्कन र नामबिनै अवैज्ञानिक ढङ्गले आठ प्रदेश भनियो त्यसको स्वरुप कस्तो हुने भन्ने निक्र्यौल गरिएन भन्दै धर्म निरपेक्षता लाद्न नपाइने धारणा राखे । सामाजिक सद्भाव बढाउन तथा देशलाई समृद्धिको बाटोमा अग्रसर गराउन त्यसो गर्नुपर्ने तर्क गर्दै उनले भने, “धर्म निरेपक्षताको निर्णय गर्न जनताका बीचमा जानैपर्छ ।” राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सङ्घीयतालाई थाती राखेर ल्याइएको संविधानको मस्यौदा सकारात्मक भए पनि नागरिकतासम्बन्धी नीति कठोर हुनुपर्ने माग गरे । उनले नागरिकताका सम्बन्धमा मस्यौदामा गरिएको व्यवस्था अपर्याप्त भएको भन्दै लिखितरुपमा फरक मत सभाध्यक्षसमक्ष प्रस्तुत गर्नुभयो । आफ्ना अभिमत मस्यौदामा समावेश गर्न पनि उनले माग गर्नुभयो । मस्यौदाका सैद्धान्तिक पक्षमा सभासद् ध्यानगोविन्द रञ्जित, महालक्ष्मी उपाध्याय (डीना, भीष्मराज आङदेम्बे, डिल्लीप्रसाद काफ्ले, किरण यादव, अमृतलाल राजवंशी, रामकृष्ण यादव र कृष्णकुमार राईले आ– आफ्ना अभिमत प्रस्तुत गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending