Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भक्तपुरमा भ्रमण वर्ष २०२० भव्य रूपमा शुरु हुँदै

भक्तपर । सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० शुरु हुन तीन दिन मात्रै बाँकी छ । यो समयमा भक्तपुरले पनि भ्रमण वर्षको भव्य स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष सफल पार्न जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो योजना अघि सारेका छन् भने निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन् । भ्रमण वर्षलाई स्वागत गर्दै सफल पार्न विभिन्न कार्यक्रको शुरुआत भइसकेको छ । ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ जनवरी १ अर्थात् आगामी बुधबार १६ गते नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा रहेको भक्तपुरमा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले विभिन्न कार्यक्रम तय गरेको छ । भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न सन् २०१९ को अन्तिम साँझ भक्तपुर नगरपालिकाले पाँचतले मन्दिरमा दीप प्रज्वलन गर्ने भएको छ । त्यसैगरी ‘सन् २०२० को पहिलो सूर्योदयलाई नगरकोट’ भन्ने नाराका साथ नगरकोटमा स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।

सन् २०२० मा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पाहुनालाई विशेष स्वागत एवं सम्मानको गरिने भएको छ । समितिले पर्यटकीय गन्तव्यको पहिचान गर्ने र बढीभन्दा बढी पर्यटक भित्र्याउन कार्यक्रम गर्ने तय गरेको जिजस प्रमुख एवं समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए ।

यता भक्तपुर नगरपालिकाले जनवरी १ का दिन भक्तपुर नगरपालिकाको नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने जानकारी दिँदै उनले रात्रिकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदास्थलमा सोलार र बिजुली बत्तीको व्यवस्था गरेको, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटकका लागि स्तरीय शौचालय निर्माण गरिसकेको बताए । नगरपालिकाले भ्रमण वर्षको पूर्वसन्ध्यामा रात्रिकालीन सम्पदा भ्रमणसमेत गर्ने भएको छ ।

त्यसैगरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिबार भक्तपुरको चाँगुनारायण मन्दिरबाट नगरकोटसम्म पदयात्रा गरेको छ । भ्रमण वर्षको प्रचारप्रसार स्वरूप समितिले पदयात्रा गरेको हो भने पर्यटन वर्षलाई लक्षित गरी तीनदिने नगरकोट महोत्सवसमेत आयोजना गर्ने भएको छ ।

यता सूर्यविनायक नगरपालिकाले शिव परिपथ पदमार्ग निर्माण गर्ने भएको छ भने गुण्डु, अनन्तलिङ्गेश्वर, रानीकोट, घ्याम्पेडाँडा, सिपाडोल, नैचाल, आशापुरी हुँदै चित्तपोलको कैलाश महादेवसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अभियान सञ्चालन गर्ने भएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । साथै रानीकोट क्षेत्रमा दृश्यावलोकन स्तम्भसमेत बनाउने भएको छ । यहाँ पदमार्ग निर्माणका साथै निजी क्षेत्रबाट जीप राइडिङ, बञ्जीजम्प, प्याराग्लाइलिङ सञ्चालन गर्ने र होटलमा छुटको व्यवस्था गर्ने भएको व्यवसायी विज्ञान राईले जानकारी दिए ।

यता मध्यपुरथिमि नगरपालिकाले सम्पदा संरक्षण गर्दै पर्यटकलाई सम्पदा अवलोकन र परम्परागत विभिन्न पेशाहरुको प्रवद्र्धन तथा अवलोकन गराउने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाले चाँगुनारायणबाट नगरसम्म सम्पदा एवं प्राकृतिक सौन्दर्यको अवलोकन गराउने, पदयात्रा गराउने, पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउने गरी तयारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । भक्तपुरमा स्थानीय तहदेखि निजी क्षेत्रसमेत सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष सफल पार्न कार्यक्रम तय गर्दै सार्वजनिक गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending