Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मुलुकलाई अग्रसर गराउने आधारशीला संविधानबाटै : अर्थमन्त्री

\"mahat_20150325124153\"२१ असार, काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउने आधारशीला भावी संविधानबाटै खडा गर्नुपर्नेमा जोड दिएका छन् । संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाको सैद्धान्तिक पक्षमा भएको छलफलमा भाग लिँदै उनले कम्तीमा १० वर्षसम्म बन्द हडताल गर्न नपाइने प्रावधान संविधानमा नै किटान गर्नुपर्ने बताए । देशको आर्थिक विकासमा अवरोध सिर्जना गर्ने गतिविधि निमिट्यान्न पार्नुपर्ने तथा राष्ट्रप्रतिको कर्तव्यको अपरिहार्यतामा जोड दिँदै उनले भने, \'दश वर्ष बन्द हडताल नगर्ने प्रतिबद्धता पनि संविधानमा उल्लेख हुनुपर्छ ।\' जनताको जीवनस्तर उकास्ने, राज्यको ढुकुटी सुदृढ तुल्याउने, प्रगतिशील कर प्रणालीका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने, स्वदेशी, श्रम, सीप र साधनको अधिकतम उपायोगसहित लगानी वृद्धि, विदेशी पुँजी, प्रविधि र ज्ञान भित्र्याउने विषयमा संविधानमा समावेश गर्नुपर्ने आवश्यकता उनले औँल्याए । सहमतिमा संविधानको मस्यौदा प्रस्तुत हुनु सकारात्मक भए पनि त्यसमा अझै असहमति रहेकाले परिमार्जन गर्नुपर्ने बताउँदै अर्थमन्त्रीले मस्यौदामा ३० वटा मौलिक अधिकार समावेश भएका तर कार्यान्वयनका विषयमा त्यो मौन रहेको टिप्पणी गरे । विदेशी लगानीबिना मुलुक समृद्ध हुँदैन भन्दै उनले राष्ट्र निर्माणमा उपयोग गर्न तथा देशको प्रतिस्पर्धात्मक क्षमता बढाउन वैदेशिक लगानी आवश्यक भएको बताए । राज्यका निर्देशक सिद्धान्तमा ती विषय समेटिनुपर्ने उनले माग गरे । नेकपा (एमाले) का अमृतकुमार बोहराले संविधानको मस्यौदा समावेशी छैन भन्नेहरूप्रति असहमति जनाउँदै त्यसमा सबै आदिवासी, जनजाति, महिलाका आधारभूत समस्यालाई समावेश गरिएको स्पष्ट गरे । मस्यौदामा कतिपय विषय छुटेका छन् तिनलाई पनि विधिसम्मत तरिकाले समावेश गर्नुपर्छ भन्दै उनले स्थानीय निकायको निर्वाचन छ महिनाभित्र गर्नुपर्ने, संसदीय सुनुवाइको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending