Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जन्मिएको सत्र वर्षपछि थर र नागरिकता

\"nagarikta\"२१ असार, खोटाङ । जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमायाँ नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएको हो । वि. सं. २०५५ असार २९ गते जन्मिएका दुर्गाराजको थर वंशजका आधारमा ‘भट्टराई’ कायम गरेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए । सहायक महिला विकास निरीक्षक भुवन राई र बालअधिकार अधिकृत रविन राईले सनाखत गरी दिएपछि दुर्गाराजलाई प्रशासनले आइतबार नागरिकता दिएको हो । प्रेम सम्बन्धलाई २०५४ असोज ३ गते भागी विवाहमा परिणत गरेका बुबा विद्यापतिको मृत्यु भएको र उनीहरुको विवाह दर्ता प्रमाणपत्र नभएका कारण दुर्गाराजको हालसम्म थर कायम हुन सकेको थिएन । जिल्ला प्रशासनले भट्टराई थर कायम गरेर नागरिकता प्रदान गरेपछि दुर्गाराजलाई ‘भट्टराई’ मान्ने की ‘नेपाली’ मान्ने भन्ने लामो समयसम्मको अन्योल टुङ्गिएको छ । दुर्गाराजको थर कायम गर्न जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयले लामो समयसम्म कसरत गरेको थियो । छोरा जन्मिएको केही समयपछि २०६४ सालमै विद्यापतिको मृत्यु भएका कारण दुर्गाराजको थर कायम हुन नसकेको स्थानीयको भनाइ छ । कालिका निमावि दुवेकोलको कक्षा ८ मा अध्ययनरत दुर्गाराजले विद्यालयमा आफ्नो बिना थर ‘दुर्गाराज’ मात्रै लेख्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending