काठमाडौं । विवादमा तानिएकी गायिका आस्था राउतले आफ्नो मात्रै गल्ती नभएको भन्दै फेसबुकमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आफ्नो बारे धेरै टिकाटिप्पणी भएको भन्दै घटनामा आफ्नो मात्रै गल्ती नभएको बताएकी छिन् ।
शुक्रबार दिउसो फेसबुक लाईभमार्फत आफ्नो भनाई राख्दै राउतले भनेकी छिन्, ‘कसैलाई मन दुखाउने मनोबल घटाउने मेरो सोंच होइन् । मैंले बिराएको छैन्, दुई–चार वटा शब्दको लागि म दुई हात जोडेर माफी माग्न चाहन्छु । ममाथि दुव्र्यवहार भएको हो ।’
उनले आफ्ना शुभचिन्तकलाई आफ्नो बचाउ गर्न पनि आग्रह गरेकी छिन् । ‘हो मैंले दुईचार वटा शब्द गलत बोलें, त्यतिसम्म नभनेको भए हुन्थ्यो, त्यो भयो तर, त्यो मेरो कारणले मात्रै होइन्’ राउतले भनेकी छिन् ।
उनले तँ-तँ र म-म नगरिदिएको भए हुन्थ्यो भन्दै प्रहरीलाई आग्रह गरेकी छिन् । राउतले भनेकी छिन्, ‘प्रशासनमा तँ-तँ र म-म गरेर प्रस्तुत नभईदिनुस्, हामी तँ-तँ र म-म सहँदैनौं ।’
उनले सामाजिक सञ्जालमा आफ्नो प्रति नकारात्मक प्रतिक्रिया मात्रै आएको भन्दै आक्रोश पनि पोखेकी छिन् । उनले रुँदै भनेकी छिन्, ‘तँपाईलाई सत्य तथ्य थाहा छैन् । बुझ्दै नबुझि मलाई आरोप लगाउनु भयो । म यतिकै रोएको होइन ।’
आस्था राउतले आफुँलाई साह्रै चित्त दुखेको बताएकी छिन् । उनले प्रशासनको नियम साह्रै भद्रगोल भएको कारण पनि समस्या देखिएको बताएकी छिन् । उनले संगीत क्षेत्रबाट आफुँले गरेको योगदानलाई कसैले मुल्यांकन नगरेको भन्दै दुखेसाे पाेखेकी छिन् ।
हेर्नुहोस् राउतले घटनाबारे दिएको बयान
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: