दैलेख । जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आधारमा दैलेख जिल्ला अस्पताल ९२ प्रतिशत अङ्क ल्याएर उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालमा परेको हो ।
चौरानब्बे प्रतिशत अङ्क ल्याएर सिन्धुली अस्पताल पहिलो भएको छ । ९० प्रतिशत हाराहारीमा अङ्क ल्याएर गुलरिया अस्पताल र मातृ शिशु मितेरी अस्पताल उत्कृष्ट अस्पतालमा परेका छन् । ८४ अस्पतालमध्ये दैलेख दोस्रो उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा परेको हो ।
जिल्ला अस्पताल दैलेखमा विगत तीन वर्षअघिदेखि प्रमुखको जिम्मेवारी पाएसँगै अस्पताल क्षेत्रमा देखिएका धेरै समस्याको समाधानमा लागेका डा नीरञ्जन पन्तले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औजार, उपकरण, बिरामी बस्ने श्यया थप्नेदेखि धेरै सुधारका काम गरेको बताए ।
पन्ध्र श्ययाको स्वीकृति पाएको जिल्ला अस्पताल दैलेखलाई प्रदेश सरकारले यो वर्षबाट ५० श्ययाको बनाएको भए पनि घोषणा गर्नु अगाडि विगत दुई वर्षदेखि दैलेखमा ५२ श्ययामा उपचार सेवा प्रदान हुँदै आएको छ । अस्पतालबाट बालबालिकाका लागि छुट्टै सेवा प्रदान हुँदै आएको छ । अक्सिजन सेवा र आकस्मिक सेवा निरन्तर सञ्चालनमा छ । अस्पतालमा नियमितरुपमा विशेषज्ञ सुत्केरी सेवा सञ्चालन हुँदै आएको छ । डा पन्त आफैँ विशेषज्ञ भएकाले पनि काममा धेरै सहजता देखिएको छ । हरेक वर्ष १०० बढी हर्निया, हाइड्रोसिलजस्ता बिरामीको प्रमुख शल्यक्रिया गर्ने गरेको डा नीरञ्जन पन्तले जानकारी दिए । प्रयोगशालामा उत्कृष्ट सेवा प्रदान गरिएको छ । डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, हाई केयर युनिट, दाँत सेवालगायतका सेवा जिल्ला अस्पताल दैलेखबाट प्रदान गरिँदै आएको छ । बिरामीका लागि दुई वटा एम्बुलेन्स पनि सञ्चालन गरिएको छ ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन सामाजिक स्वास्थ्य एकाइ गठन गरिएको छ । असहाय, गरिब, विपन्न समुदायका नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । यसका लागि रु १५ लाख रकम विनियोजन गरिएको दैलेख जिल्ला अस्पतालका अध्यक्ष लोमन शर्माले जानकारी दिए । बिरामीका लागि यातायात, उपचार खर्चबारेमा जिल्ला अस्पतालले सेवा प्रदान गरेको छ ।
विभिन्न खाले महिला हिंसा र विपतमा परेका नागरिकका लागि पनि छुट्टै सेवा प्रवाह गरेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा नीरञ्जन पन्तले जानकारी दिए । नेपालका ठूला अस्पतालमा प्रदान गरिने ल्याब सेवा दैलेखमा शुरु गरिएको छ । उनले भने, “प्यारालाइसिस भएका बिरामीसँगै अन्य हाडजोर्नी र नशासम्बन्धी समस्या भएका नागरिकका लागि फिजियो थेरापीको शुरुआत गरिने भएको छ । बिरामीलाई प्रदान गर्ने खानाको दैनिकरुपमा निरीक्षण गर्दै अझै प्रभावकारी बनाउने अभियान थालिएको छ ।” अब केही महिनाभित्रै इलेक्ट्रोनिक मेडिकल रिपोर्ट निकाल्ने तयारी थालिएको छ ।
जिल्ला अस्पताल कार्यालयले स्वास्थ्य तथा सरसफाइलाई समेत प्राथमिकताका साथ अगाडि बढाएको र इमरजेन्सी सेवालाई समेत प्रभावकारी बनाउँदै उपचारका लागि सबै डाक्टर एकजुट भएर उपचार गर्ने गरेको अहेव नमराज सुवेदीले बताए । पचास श्ययाको अस्पताल निर्माणका लागि प्रदेश सरकारले यो वर्ष रु दुई करोड रकम विनियोजन गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: