भक्तपुर । लागूऔषध मुद्दामा दुई वर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने दोषी सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले बिहीबार डिल्लीबजार कारागार चलान गरेको अदालतका तहसिलदार हिरालाल भुसालले जानकारी दिए ।
लागू औषध नाइट्रोजाम मुद्दामा २०७६ भदौ ५ गते जिल्ला अदालत भक्तपुरले दोषी ठहर गर्दै गरेको फैसला भुक्तान नगरी फरार तचामोलाई अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुर बुझाएको थियो ।
त्यसै गरी फरार भएका ओखलढुङ्गा सिंहदेवी–७ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ५६ वर्षीय पूर्णबहादुर खड्कालाई प्रहरीले घटनाको चार वर्षपछि गिरफ्तार गरेको छ । विसं २०७२ फागुन २१ गते उनलाई १० रुपैयाँ दिएर फकाई आफ्नै कोठामा लगेर बलात्कार गरी फरार भएका खड्कालाई सूर्यविनायकबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरलाई बुझाएको थियो ।
अदालतले २०७५ कात्तिक २६ गते खड्कालाई दुई वर्ष ६ महिना कैद फैसला सुनाएकामा फरार खड्कालाई भक्तपुर जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको तहसिलदार भुसालले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: