काठमाडौ । वरिष्ठ प्रहरी अधिकारीमाथि परेको गम्भीर उजुरीउपर प्रहरी प्रधान कार्यालयले छानबिन नगरेपछि गृह मन्त्रालयले आफैँ छानबिन थालेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेर गृह मन्त्रालयले छानबिन थालेको हो । उनीमाथि महिला प्रहरीमाथि यौन शोषण गरेको गम्भीर आरोप छ । उनीमाथि छानबिन गरेर कारबाही गर्न दुई महिनाअघि नै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरी प्रधान कार्यालयले छानबिन नगरेपछि गृह मन्त्रालयले आफैँ छानबिन थालेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको प्रस्तावविना नै गृहले उनलाई निलम्बनको निर्णय गरेको हो । सामान्यतया प्रहरी प्रधान कार्यालयको सिफारिसमा सिनियर तहका प्रहरीको निलम्बन हुने गर्दछ । एसएसपी राणालाई बिहीबारदेखि ६ महिनाका लागि निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
एसएसपी राणाविरुद्ध गत कात्तिकमै गृह मन्त्रालयमा उजुरी परेको थियो । उनीबाट पीडित एक महिलाले उजुरी गरेकी थिइन् । आफूलाई धम्क्याएको तथा एक महिला प्रहरीलाई यौन शोषण गरेको उजुरी थियो । प्रारम्भिक रूपमा छानबिन गर्दा उनको कमजोरी देखिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानमा चासो नदिई उल्टो राणालाई संरक्षण गरेको सूचना पाएपछि आफैँ छानबिन गर्नुपरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
राणालाई पक्राउ गर्न अदालतसँग आदेश माग
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले राणाविरुद्ध जबर्जस्ती करणी कसुरमा किटानी जाहेरी दर्ता भएको बताए । शुक्रबार अदालत बन्द भएका कारण प्रक्रिया नपुगेको उनको भनाइ छ । ‘हामीले प्रतिवेदन अदालतमा पेस गरेका छौँ । अदालतले पक्राउ आदेश जारी गरे मात्र हाम्रो काम सुरु हुन्छ,’ डिएसपी शर्माले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: