Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

खानेपानी समस्याले छोरी नदिने सराङकोट गाउँमा एक घर एक धारा

कास्की । पोखरा महानगरपालिका–१८ को सराङकोटमा खानेपानीको चरम अभाव विस्तारै हट्दै गएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

हिमशृङ्खला, पोखरा उपत्यका, फेवाताल र सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएको पर्यटकीय गन्तव्य सराङकोटमा निर्माणाधीन तीनवटा खानेपानी आयोजनामध्ये स्याउदे लिफ्टिङ खानेपानी योजना सम्पन्न भएर घरघरै धारा जडानसँगै स्थानीयवासीमा खुशी छाएको हो ।

आर्थिकरुपमा सक्षम हुनेले ट्याङ्करबाट मगाएर पानीको जोहो गरे पनि एक गाग्री पानीका लागि बिहान सबेरै उठेर एक÷डेढ घण्टा समय व्यतीत गर्न बाध्य महिला एक घर एक धाराबाट बढी खुुशी भएका हुन् । यससँगै पानी लिन जान लाग्ने समय अब उनीहरुले तरकारी उत्पादनमा लगाउँदै आयआर्जन गर्ने प्रण गरेका छन् ।

विसं २०७५ माघ २३ गते शिलान्यास भएको योजना एक वर्षमै सम्पन्न भई सराङकोटको ढकालथर टोलका ९२ घरधुरीमा धारा जडान भएर दैलोमा पानी झरेसँगै स्थानीयवासीको मुहार उज्यालिएको हो । यसबाट ४५२ स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।

गण्डकी प्रदेश सरकार गठनको पहिलो वर्षमा सराङकोटमा खानेपानीको चरम अभाव समाधान गर्न तीन योजना परेकामा स्याउदेसँगै बुढीमूल र तोरीपानी खानेपानी योजनासमेत सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताइन्छ ।

स्याउदे खानेपानी योजना प्रदेश सरकारको रु एक करोड तीन लाख २७ हजार ४१७, जनसहभागिता रु १३ लाख नौ हजार ५०० तथा ढकालथर टोल विकास संस्थाले रु एक लाख ६३ हजार गरी रु एक करोड १७ लाख ९९ हजार ९१४ लागतमा सम्पन्न भएको हो ।

गाउँभन्दा दुई किलोमिटर परको स्याउदे मूलबाट लिफ्टिङ प्रविधिबाट पानी माथि डाँडामा तानेर ट्याङ्कीमा जम्मा गरेर आठ किमि वितरण लाइनमार्फत स्थानीयवासीको घरघरमा धारा पुर्याइएको छ । तोरीपानी खानेपानी योजनाका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । त्यस्तै बुढीमूलका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रु ९९ लाख ७० हजार तथा चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन भएको छ ।

शुद्ध पिउने पानीको अभावमा वर्षौंदेखि समस्या झेलिरहेका स्थानीवासी योजना सम्पन्न भएसँगै अत्यन्त खुःशी भएको उपभोक्ता समितिका सचिव बेलबहादुर ढकालले बताए । शिलान्यासको एक वर्षमा विभिन्न बाधा अवरोध एवं कठिनाइसँग जुध्दै योजना सम्पन्न गराउन सफल भएकामा एउटा युद्ध जितेको महसुस भएको उनले उल्लेख गरे ।

उनले भने, “पहिला छोराको विवाह गर्नका लागि केटी माग्न जाँदा खानेपानीको समस्या देखाउँदै छोरी नदिने गाउँमा लिफ्टिङपछि एक घर एक धारा जडान भएर पानीको अभाव हटेको छ । हाम्रो जीवनमा सरल, सहज र हरियाली छाएको छ ।”

कुर्दै, दुःख गर्दै, पर्खदै गरेको लामो समयपछि पानीको सुविधा प्राप्त गरेकाले सबैभन्दा बढी खुशियाली महिलामा छ । एक गाग्री पानीका लागि बिहान ४ बजे उठेर कुवा र पँधेरो जानुपर्ने बाध्यताले महिलाको दैनिकी भान्छामा सीमित भएको अवस्थामा अब तरकारी उत्पादनमा आफूहरुले त्यो समयलाई उपयोग गर्ने तयारी गरेको सम्झौता आमा समूहका अध्यक्ष जानुका ढकालले बताइन् ।

“पिउने पानी घरको आँगनको डिलमा खस्दा सबैभन्दा बढी महिला दिदीबिहिनीमा खुशी र उत्साह छाएको छ”, उनले भने, “बिहान झिसमिसे उज्यालो नहुँदै पँधेरो जान्थ्यौँ । कहिले रातिको १० बजे पनि बज्थ्यो, घरमा पानी झरेपछि हामी खुशी छौँ । हाम्रो थाप्लोबाट नाम्लो टुटाउने सरकारलाई धन्यवाद ।”

वडाध्यक्ष रणबहादुर थापाले प्रदेश सरकार गठनको पहिलो वर्षमा प्रदेशसभा सदस्य रामजीप्रसाद बरालसमक्ष खानेपानीका तीन र सडकका चार योजना पेश गरेकामा सातवटै योजना पर्न सफल भएको उल्लेख गरे ।

दुईवटा पानीको योजना निकट भविष्यमा सम्पन्न हुने चरणमा रहेको तथा थप दुई वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेकाले दुई वर्षमा वडाको कुनै पनि घरमा पानीको असुविधा नहुने स्पष्ट पारे । गत वर्ष माघ २३ गते आयोजना शिलान्यास गरेका गण्डकी प्रदेशसभा सदस्य बरालले एक वर्षपछि सोही दिनमा नै आयोजनाको उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गरे। उहाँले प्रदेश सरकारले नजिकबाट जनताका समस्या पहिचान गर्दै समाधान गर्ने गरेकाले सराङकोटभरिको मूल समस्या रहेको खानेपानी अभाव छिट्टै हट्ने विश्वास दिलाए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE