काठमाडौं । बुधबार हुने मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुदैछन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ भइरहेको अस्पताल स्रोतले जनाएको छ । १२ बर्ष अघि ओलीको पहिलो मृर्गौला प्रत्यारोपण अपोलो अस्पतालका विशेषज्ञ डाक्टर अनन्त कुमरले गरेका थिए ।
तर, अहिले ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्।
प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय अपरान्ह बस्ने बिशेषज्ञहरुको बैठकले बैठकले टुंगो लगाउने लगाउने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिने र प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राख्ने ब्यवस्था मिलाएको छ ।
आइतबार ओलीले ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीले ‘कोलोनोस्कोपी’ गरेका थिए । चिकित्सकहरुका अनुसार मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउने प्रविधि हो । अहिले प्रधानमन्त्री ओलीको मुटुको अवस्था र भित्रि आन्द्राको अवस्था ठिक रहेकोले प्रत्यारोपण गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।
१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत मंसिरमा अचानक एपेन्डिसाइटिस तथा पेरिटोनाइटिस भएपछि उनलाई माहाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टा«न्सप्लान्ट सेन्टरमा बिशेषज्ञ टोलीले अति सघन उपचार कक्षमा आकस्मिक शल्यक्रिया गरेका थिए । करिब १५ दिन अस्पताल भर्ना भएका ओली स्वास्थ्यमा आएको उतारचडावको कारण मृर्गौला प्रत्यारोपण हुन सकेको थिएन ।
उमेरले ६९ बर्षको उत्तरार्धमा प्रवेश गरेका प्रधानमन्त्री ओली वि.सं. ०६४ साल साउनमा एक्कासी उनको दुवै मृर्गौलाले काम गर्न छोडेपछि भारतको अपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण विशेषज्ञ डाक्टर अनन्त कुमरले मृर्गौला प्रत्यारोपण गरेका थिए । त्यसयता उनी निरन्तर कमजोर प्रतिरक्षा प्रणालीको बाबजुद रोगसँग लडिरहेका छन् ।
प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंह शाहका अनुसार अरुको मृर्गौला प्रत्यारोपण गर्दा प्रतिरक्षा प्रणालीले नसहने हुँदा मृर्गौलालाई बचाउन औषधीको माध्यमबाट प्रतिरक्षा प्रणालीलाई लठ्याएर सन्तुलन गरिन्छ । यसरी प्रतिरक्षा प्रणालीलाई सन्तुलन गर्दा शरिरमा रोग प्रतिरोध क्षमता ह्रास हुदै जान्छ । यस्तो अवस्थामा स्वस्थ व्यक्तिलाई भन्दा खानपिन, हिडडुलमा विशेष ध्यान दिइ नियमितरुपमा चिकित्सको निग्रानीमा बस्नुपर्ने हुन्छ ।
तर, प्रधानमन्त्री ओली यी सबै आचरणलाई प्रवाह नगरी निरन्तर राजनीतिक सक्रियतामा व्यस्त रहे । यसकै परिणाम अहिले उनको शरिर जीर्ण हुँदै गएको छ । उनका सचिवालयका एक सदस्यको अनुसार ओली आफ्नो स्वास्थ्य भन्दा पनि समग्र राजनीति र देशकोबारेमा चिन्तित हुने गर्छन् । उनी बिहान ७ बजेदेखि राति ११ बजेसम्म निरन्तर राजनीतिक भेटघाटमै रहने गरेका छन् ।
गत मंसिरमा ओलीको स्वास्थ्यबारे बाहिर मिडियामा विभिन्न हल्ला आएपछि उनले ठट्टा गर्दै भनेका थिए, ‘धेरै जनताले मेरो अवस्था चिन्ताजन रहेको भनेर प्रचार गरेका रहेछन् । मलाई ठिक छ । तपाईहरु ढुक्क हुनुहोस । अझै मलाई १५ २० बर्ष केहि हुँदैन ।’ उनको यहि आत्मविश्वासले गर्दा नै कमजोर स्वास्थ्यको बाबजुद पनि उनी राजनीतिमा निकै सक्रिय छन् ।
ओलीको आत्मविश्वा कति छ भन्ने विभिन्न राजनीतिक दौडधुपले प्रमाणित गर्दछ । प्रतिकुल शारिरिक अवस्थाको बाबजुद पनि ओलीले पार्टीको कार्यक्रम, बैठक, राजकीय बैठक र अन्तरपार्टी छलफलमा देखाएको सक्रिय जीवनशैली सबैको प्रेरणाको स्रोत बनेको छ । उनकै सहकर्मी मात्र होइन उनमा आएको एकाएक यस्तो आत्मविश्वस देखेर सबै चकित परेका छन् ।
प्रधानमन्त्री ओलीबारे पूर्वसहकर्मी यस्तो भन्छन्
ओलीको यस्तो स्वभाव अहिलेमात्र नभइ युवा अवस्थादेखिनै झाँगिदै आएको उनका समकालिन सहपाठिहरुले बताएका छन् । ०३० सालमा पञ्चायतका प्रहरीले पक्राउ गर्दा सँगै हतकडि लगाएका मोहनचन्द्र अधिकारीले तत्कालिन अवस्थाको स्मरण गर्दै भने, ‘केपी जी पहिलेदेखिनै चलाख थिए । उनी विद्रोही स्वभावका थिए । ०२८ सालमा झापा विद्रोह हुँदा केपी, म, सीपी, आर्के जी लगायत हामी एउटै मोर्चामा थियौं ।
रौतहटबाट पञ्चायती सेनाले ०३० सालमा हामीलाई पक्राउ गरी एउटै हतकडि लगाइ काठमाडौं ल्याएको अधिकारीले बताए । प्रधानमन्त्री ओली ०३० देखि ०४४ सम्म १४ बर्ष निरन्तर जेल जीवन विताएका कारण उनको स्वास्थ्या निकै कमजोर भएको अधिकारीले बताए ।
जेलमा रहदा कडा यातना, खान र बस्नको असुविधाका कारण उनको शरीर जिर्ण बनेको ओलीको अर्का सहकर्मी राधाकृष्ण मैनालीले बताएका । जेलमा रहदाँ प्रधानमन्त्रीको अवस्थाबारे स्मरण गर्दे मैनालीले भने, ‘पञ्चायतकालमा विभिन्न जेल बसाईकोक्रममा ओली जी निकै कमजोर भएका थिए । जेलमा रहदाँ ओलीलाई कडा खालको टिबीको संक्रमणको कारण कसैले पनि बाँच्छ भनेका थिएन । उनलाई हामी तीनचार जनाले समाएर उठाउने गथ्र्यौ । हामीलाई लगेका खानेकुरा कटाएर ओलीलाई दिने गथ्र्यौं । त्यस्तो मान्छे बाँचेर देशकै प्रधानमन्त्री होलान भन्ने हामीलाई विश्वासै थिएन । ओली जीको आत्मविश्वा देखेर म आश्चर्यचकित भएको छु । ओलीलाई मेरो तर्फबाट स्वास्थ्यलाभको कामना छ ।’
यस्तो छ ओलीको विगतको स्वास्थ्य अवस्था
जनआन्दोलन ०६२÷०६३ सफल भएपछि एकाएक प्रधानमन्त्री ओलीको दुवै मृर्गौलाले काम नगरेपछि ०६४ सालमा प्रधानमन्त्री ओलीलाई भारतको अपोले अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालको विशेषज्ञ डाक्टर अनन्त कुमरको नेतृत्वको टोलीले मृर्गौलाको सफल प्रत्यारोपण गरेका थिए । विशेषज्ञ टोलीले मृर्गौलालाई संक्रमण हुनबाट बचाउन नियमित चिकित्सकको परामर्शमा रहन गरेको आग्रहलाई उनले उपेक्षा गर्दै कमजोर स्वास्थको कुनै प्रवाह नगरी पार्टीको नवौं महाधिवेशनमा निनै सक्रिय भएका थिए । उनको अत्याधिक दौडधुपको कारण प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्नानै हुन परेको थियो । उनलाई गम्भिर प्रकृतिको निमुनिया भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गर्नु परेको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि उनलाई भारतको मेदान्त मेडिसिटी अस्पताल रिफर गरिएको थियो ।
पार्टीको सर्वोच्च कमाण्ड समात्नु अघि ०७० सालमा उनी बिरामीबाट निकै थलिएका थिए । उनको हातमा पुरै इन्फेक्सन भएको थियो । युरिक एसिड अत्याधिक बढेको थियो । निमुनियाले छातिमा धेरै असर गरेको थियो । काठमाडौमा उपचार सम्भव नभएपछि ओलीलाई फागुनमा उनलाई थप उपचार गर्न सिङगापुरको नेसनल युनिभर्सिटी अस्पताल लगिएको थियो । त्यस अघि उनलाई थाइल्यण्डको बैकमा डेढ महिना राखेर उपचार गरिएको थियो ।
०७० पछि उनी काठमाडौंको धापासी स्थित ग्राण्डी हस्पिटलमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । प्रधानमन्त्रीको मृगौलाले काम गर्न नसक्ने भएपछि गत भदौ यतामात्रै उनी स्वस्थ्य परिक्षणको लागि तीन पटक सिङगापुर गइसकेका छन् । उनले त्यहाँ नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरिसिस गराएका थिए । प्लाज्माफेरिसिसले शरिरमा उत्पन्न हुने अनावश्य एन्टिबायटिकलाई हटाउने काम गर्छ । यसविधिबाट पनि मृर्गौलाले राम्रोसँग काम नगरेपछि अहिले उनी मृर्गौला प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने तयारी अवस्थामा जुटेका छन् । यसबीचमा ओलीले दर्जर्नौ पटक मृर्गौलाको डायलसिस गरिसकेका छन् ।
प्रतिकृया लेख्नुहोस्: