Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा चुनौती

\"kanchanpur_district\"२४ असार, कञ्चनपुर । कारागार शाखा कञ्चनपुरमा क्षमता भन्दा दोब्बर कैदीबन्दी थपिएपछि व्यवस्थापन गर्न अप्ठेरो परेको छ । कारागारको क्षमता ७५ जना कैदीबन्दी राख्ने भए पनि कारागारमा १९३ जना कैदीबन्दीलाई राखिएको छ । कारागारमा आठ महिला र १८५ पुरुष कैदीबन्दी रहेका छन् । कैदीबन्दीको सङ्ख्यामा दोब्बरभन्दा बढी भएपछि व्यवस्थापनको कार्य गर्न निकै अप्ठेरो परेको कारागार शाखाका प्रमुख खगेन्द्रप्रसाद भट्टले बताए। क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी मात्रै शौचालय र खानेपानीको धाराको व्यवस्था मिलाइएको छ । उनले भने, ‘क्षमताभन्दा बढी कैदीबन्दी थपिँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।’ शौचालय जान र धारामा पानी थाप्नका लागि कैदीबन्दीले लाइन बस्नुपर्ने अवस्था रहेको छ । ‘कैदीबन्दीको सङ्ख्या अधिक हुँदा सुत्नका लागि ठाउँ नपुग्दा टिन सेट राखेर व्यवस्था गरिएको छ त्यसमा समेत नपुगेर केहीलाई बाटोमै सुत्नका लागि ठाउँ उपलब्ध गराएका छौं’ भट्टले भने । कारागार गृह धेरै पुरानो हुँदा मर्मत सम्भार नहुँदा स्ल्याब खस्ने क्रम जारी रहेकाले कारागार गृह नै भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको कारागारका कर्मचारीले बताएका छन् । कारागारका लागि मर्मत बजेट नहुँदा जीर्ण अवस्थामा रहेको कारागारको रङ्गरोगन, शौचालय, तारबारको मर्मत कार्यसमेत वर्षौंदेखि हुन सकेको छैन । वर्षौं पहिले बनेको कारागारको पर्खालमा लगाइएका इँटासमेत खिएर झर्न थालेका छन् । कारागारका भौतिक संरचना निर्माण विसं २०२३ मा गरिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending