Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘नुन बिनाको तरकारी’ जस्तो र्दुगमको कम्प्युटर शिक्षा

\"Computer२४ असार, प्यूठान । जिल्लाका सबै विद्यालयले निम्नमाध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गराएपछि विद्यार्थीहरु खुशि त भए तर कम्पयुटर भने देख्न पाएनन । विद्युतीकरण नभएका यहाँका दुर्गम भेगका विद्यार्थी का लागि कम्प्युटर नै नदेखी कम्प्युटर शिक्षा पढ्नुे नुन बिनाको तरकारी जस्तै भएको छ । जिल्लामा दुई वर्ष पहिले कक्षा ६ देखि कम्प्युटर शिक्षा अनिवार्य लागू भएपनि लिघा, डामृ, खवाङ, स्वाउलिवाङ, कोचिवाङ, अर्खा र रजवाराका विद्यार्थीहरु कम्प्युटर नै नदेखी कम्प्युटर शिक्षा पढ्न बाध्य भएका हुन् । जिल्ला शिक्षा कार्यालयले विद्यालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेपछि कम्प्युटर खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ । अहिले दुर्गम क्षेत्रहरुमा ऊर्जाको राम्रो व्यवस्था नहुँदा शिक्षा कार्यालय र दातृ निकायले विद्यालयमा दिएका कम्प्युटर प्रयोगविहीन भएका छन् । कम्प्युटर प्रयोगमा नआएपछि विद्यार्थी कम्प्युटरबिना नै कम्प्युटर शिक्षा पढ्न बाध्य भएको अन्धानसक मावि, लिघाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनहादुर बुढाले बताए । ‘दुर्गम क्षेत्रको जिल्लामा पहुँच नहुँदा हालसम्म विद्युतीकरण भएको छैन,’ अध्यक्ष बुढाले भने –‘विद्युत् पनि नहुनु र वैकल्पिक ऊर्जा पनि नहुँदा विद्यालयमा रहेका कम्प्युटर प्रयोग हुन सकेका छैनन् ।’ व्यावसायिक शिक्षा भन्दै दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा पढाउन सुरु गरे पनि ऊर्जाको राम्रो व्यवस्था नहुँदा विद्यालयमा रहेका सबै कम्प्युटर प्रयोगविहीन भएको विद्यालयका प्रधानाध्यापक नेपालसिंह पुरीले बताए । ‘विद्यालयको कक्षा ६, ७ र ८ मा अहिले अनिवार्यरुपमा कम्प्युटर शिक्षा पढाइ हुने गरेको छ ।’ प्रअ पुरीले भने – ‘हामीले चाहेर पनि कम्प्युटर प्रयोग गर्न सकेका छैनौँ ।’ विद्यालयको आर्थिकस्रोत राम्रो नहुँदा विद्यालयले वैकल्पिक ऊर्जाको व्यवस्था गर्न नसकेको विद्यालयले जनाएको छ । विद्यालयमा कक्षा ६ मा ४०, ७ मा ५८ र ८ मा ४५ जना विद्यार्थीले कम्प्युटर शिक्षा पढ्ने गरेपनि ५० प्रतिशतसम्म पनि विद्यार्थी कम्प्युटर विषयमा पास नहुने गरेको विद्यालयमा कम्प्युटर शिक्षा पढाउँदै आएका विषय शिक्षक हर्कमान केसीले बताए । ‘प्रयोग गर्दै, पढ्दै गर्नुपर्ने विषय भएपनि कम्प्युटर प्रयोग नगरी पढ्दा विद्यार्थीले पढाएको कुरा चाँडो भुल्ने गरेका छन् ।’ विषय शिक्षक केसीले भने – ‘केही विद्यार्थीले त हालसम्म कम्प्युटरसम्म पनि देखेका छैनन् । त्यस्तो अवस्थामा कसरी बुझ्छन्,’ विद्यार्थीहरु अन्य विषयमा राम्रो भए पनि कम्प्युटर विषयमा कमजोर हुने गरेको विद्यालयले जनाएको छ । अहिले कक्षा ६ बाट ७ तथा ७ बाट ८ मा पास भएर गएका अधिकांश विद्यार्थी कम्प्युटर विषयमा फेल भएको विद्यालयका विद्यार्थी केशुलाल बुढाले बताए । दुई वर्ष पहिला जिल्लाका निम्नमाध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू भएपछि जिल्ला शिक्षा कार्यालयले लगातार जिल्लाका विद्यालयलाई कम्प्युटरमा अनुदान दिने गरेको छ । शिक्षा कार्यालयले कम्प्युटर ल्याब कक्षा, ऊर्जाको व्यवस्था भएपछि मात्रै कम्प्युटर दिने गरेको भन्दै जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले विद्युतीकरण नभएका र ऊर्जा अभाव रहेका विद्यालयलाई प्रत्यक्ष सहयोग गर्ने कार्यक्रमहरु नभएको बताए । कम्प्युटरबिना विद्यार्थीले कम्प्युटर शिक्षा अध्ययन गर्दा नतिजा कमजोर आउने र विद्यार्थीले भुल्ने समस्या अत्यधिक रहेको छ । विद्यालयमा वैकल्पिक ऊर्जाका लागि शिक्षाले विभिन्न निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने शिक्षा अधिकारी भट्टराईले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending