Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

६० प्रतिशत तरकारी भारतबाट आयात

\"vegetable\"२४ असार, भीमदत्तनगर  । कञ्चनपुरको भीमदत्तनगरमा ६० प्रतिशत तरकारी भारतबाट आयात गरेर उपभोग गर्नुपरेको छ ।

स्थानीय उत्पादनमा गिरावट आएपछि सीमावर्ती भारतीय बजारबाट तरकारी दैनिक आयात गरेर उपभोक्तासम्म पु¥याइरहेको कञ्चनपुर मण्डी व्यवसायी सङ्घले जनाएको छ ।

दैनिक आठ क्विन्टल तरकारी यहाँ खपत हुने गरेको जानकारी दिँदै मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्कराज भट्टले कुल खपतको ६० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको बताए ।

\'आठ क्विन्टलमा ६० प्रतिशत भारतबाट आयात हुँदैछ\' अध्यक्ष भट्टले भने –\'४० प्रतिशत सल्यानबाट तरकारी आउँदैछ ।\' केही समयअघिको वर्षाले कञ्चनपुरमा लगाएको तरकारीखेती प्रभावित बनेको भट्टले बताए । यहाँ पानीका कारण लगाएको तरकारीखेतीसमेत कुहिएको छ । अब साउनको दोस्रो सातापछि मात्रै स्थानीय उत्पादन बजारमा आउने सम्भावना छ ।

मण्डीमा हाल प्याज, आलु, लौका, सिमला, चिचिन्डोलगायतका तरकारी भारतबाट आयाता गरिँदै आएको छ । बन्दागोभी, गोलभेँडा, काँक्रा र हरियो खुर्सानी सल्यानबाट आयात भइरहेको छ । अन्य समयमा मण्डीमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन गरेको हुने गर्दछ ।

\'विभिन्न मौसममा काठमाडौँसम्म पनि यहाँबाट तरकारी निर्यात गर्छौं\' अध्यक्ष भट्टले भने –\'विगतको तुलनामा भारतबाट तरकारी कमै मात्रामा आयात हुन्छ ।\' पछिल्लो समय यहाँ नगदेबालीका रुपमा किसानले तरकारी उत्पादनलाई बढी जोड दिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

\'उत्पादित तरकारी खपतको कुनै समस्या यहाँ छैन\' वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भने – \'किसान पनि राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायतर्फ आकर्षित भएका छन् ।\' रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending