Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भीआइपीको भ्रमणः कसको खर्च कति ?

\"vip-visit-expenditure-in-Nepal\"२५ असार, काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरुले सरकाी खर्चमा विदेश भ्रमण गरेका छन् । उनीहरु अन्तर्राष्ट्रिय सम्मेलन, निमन्त्रण, सेमिनारलगायत विदेश गएका हुन्  । आजको नयाँ पत्रिकामा सचेन गौतम लेख्छन् – भ्रमण खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई निकासा दिएको छ । गत साउनबाट जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी गर्न निकासा दिएको छ । गत साउनबाट जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी गर्न निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारी भ्रमण खर्च नियमावलीले स्वीकृत गराएर भ्रमणमा गएका पादाधिकारी र कर्मतारीले मात्रै भत्ता पाउने व्यवस्था गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाँदा दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च, टोली नेता भत्ता तथा भैपरी आउने खर्चलगायतका सुविधा पाउने व्यवस्था छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले बिजेनस क्लासको हवाई टिकटको खर्च पाउने व्यवस्था नियमावलीमा छ । उनीहरुलाई अति विशिष्ट तहमा राखिएको छ । उनीहरुले दुई सय अमेरिकी डलर दैनिक भ्रमण भत्ता पाउँछन् । भ्रमण टोलीमा रहेका सदस्यले पनि हवाई टिकट, दैनिक भ्रमण खर्च पाउने व्यवस्था नियमावलीमा छ । अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, तालिम, वार्ता वा बैठकमा जाँदा कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट खान बस्नको प्रबन्ध भई पकेट खर्चबापत रकम दिने व्यवस्था नभएमा पकेट खर्चबापत दैनिक २५ डलर दिने व्यवस्था छ  । विशिष्ट तह वा सोभन्दा माथिका पदाधिकारी भए होटल खर्चको अलग्गै बिल पेस गर्न सक्ने व्यवस्था नियमावलीमा छ । होटल खर्च बिलअनुसार दुई सय ५० डलरसम्म र दैनिका भत्ताको ४० प्रतिशत रकम खाना खर्च पाउने नियमावलीमा व्यवस्था छ । डा. रामवरण यादव, राष्ट्रपति चीन भ्रमण खर्चः ८९ लाख २५ हजार परमानन्द  झा, उपराष्ट्रपति भारत र चीन भ्रमण खर्च ५ लाख ७० हजार सुशील कोइराला, प्रधानमन्त्री अमेरिका र इन्डाेनेसिया खर्चः २ करोड ५५ लाख वामदेव गौतम, उपप्रधानमन्त्री एवं गृहमन्त्री चीन भ्रमण खर्चः ७ लाख ४७ हजार प्रकाशमान सिंह, उपप्रधानमन्त्री अष्ट्रिय र जापान खर्चः २२ लाख १३ हजार महेन्द्रबहादुर पाण्डे, परराष्ट्रमन्त्री जापान, स्विटजरल्याण्ड, चीन खर्चः ७६ लाख डा. रामशरण महत, अर्थमन्त्री अमेरिका खर्चः ४ लाख ९४ हजार डा. मिनेन्द्र रिजाल, सञ्चारमन्त्री चीन, कोरिया, ब्रुनाई, बंगलादेश खर्चः १८ लाख ३२ हजार राधाकुमारी ज्ञवाली, ऊर्जामन्त्री भारत र चीन खर्चः ५ लाख ७० हजार नारायण खड्का, सहरी विकासमन्त्री श्रीलङ्का, हङकङ, कोरिया खर्चः ९ लाख ४४ हजार हरिप्रसाद पराजुली, पूर्व कृषिमन्त्री जर्मनी, भारत खर्चः ८ लाख ५६ हजार नरहरी आचार्य, कानुनमन्त्री चीन, इरान खर्चः १५ लाख ३१ हजार सुनीलबहादुर थापा, वाणिज्यमन्त्री भारत, बंगलादेश खर्चः ९ लाख ४४ हजार चित्रलेखा यादव, शिक्षामन्त्री जापान, भारत, थाइल्याण्ड खर्चः ७ लाख ३० हजार नीलम केसी, समाजकल्याणमन्त्री चीन, थाइल्याण्ड खर्चः ६ लाख २३ हजार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending