Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सहयोगी हात फैलाउँदै चीन, अकर्मन्यता र अन्योलमा युरोप अमेरिका

काठमाडौं । कोरोना भाईरसको रोकथामका लागी चीनले निर्मम कदम चाल्दै गर्दा जिस्क्याइरहेका जस्ता लाग्ने युरोपियनहरु आजकाल उहि भाईरसको भयंकर चपेटामा परेका छन् ।

खासगरी चीनले भाईरसका विरुद्ध चालेका कदमहरुलाई कतिपय पश्चिमि मिडियाले त तानाशाही सत्तामात्रै भनेनन् कहिले चीनियाँ नेता माओलाई मास्क लगायर खिसिट्युरी गरे कहिले सि जिङ्पिङलाई मास्क लगाएर । उनीहरुले सायद ठानेका थिए– भाईरसले चीनियाँ मुलका मानिसहरुलाई मात्रै सताउँछ ।

आज अवस्था फरक छ , उनै चीनियाँहरु भाईरस रोकथाम गर्न सफल भएको घोषणा गरिरहेका मात्रै छैनन् युरोपमा सहयोग सामाग्रीसहित विशेषज्ञसहित पुगेका छन् भने युरोपियन र अमेरिकनहरु के गर्ने भनेर सोच्न समेत सकिरहेका छैनन् । अत्तालिएका अमेरिकन राष्ट्रपति डोनाल्ट ट्रम्प कोरोना भाईरसलाई ‘चीनीयाँ भाईरस’ भन्दै आफ्नो अक्षमता प्रकट गरिरहेका छन् ।

दैनिक ५० हजारको संख्यामा नयाँ संक्रमित भेटिईरहँदा पश्चिमका शाषकहरु अत्तालिएका मात्रै छैनन् उनीहरु अकर्मन्यजस्ता पनि छन् । चीनपछि संक्रमणले लपेटिएको इटलीले बृदबृदालाई उपचार गर्न नसक्ने र प्रथामिकतामा नपर्ने बताईरहँदा चीन उपचार टोलीसहित इटली पुगेको छ । यो रिपोर्ट तयार पार्दासम्म ६३ हजार ९ सय २७ मध्य ६ हजार ७७ जनाले ज्यान गुमाईसकेका छन् भने ३ हजार २ सय ४ जना निकै गम्भिर अवस्थामा छन् ।

भाईरसको चपेटाले गाँजेको तेस्रो मुलुकमा अमेरिका पर्दछ । ४६ हजार १ सय ४५ संक्रमित भेटिएको अमेरिकाका सबै राज्यहरुमा भाईरस फैलिईसकेको छ भने न्युयोर्कका मेयरले औषधी लगायत स्वास्थ्य उपकरणहरुको अभाव हुन थालेको बताईरहेका छन् । अमेरिकामा ज्यान जानेको संख्या ५ सय ८२ मात्रै भएपनि विशेषज्ञहरुले खबरदारी गरिरहेका छन् कि कोरोनाले विश्वका शक्तिराष्ट्रहरुको शक्ति समिकरण नै बदलिदिन सक्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending