Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गर्मी मौसममा कोभिड १९ को प्रकोप घट्ला त ? यसो भन्छ अनुसन्धान !

काठमाडौं । संक्रमण हुने थुप्रै रोगको प्रकोप मौसम अनुसार घटीबेसी हुन्छ । फ्लुको प्रकोप विशेषतः चिसो मौसममा आउँछ । टाइफाइड जस्ता रोगको प्रकोप भने गर्मी याममा आउँछ । र गर्मी याममै टाइफाइडको प्रकोप उच्च हुन्छ । दादुराको प्रकोप भने गर्मी मौसममा कमी आउँछ । तर उष्ण क्षेत्रमा भने सुख्खा मौसममा दादुरको प्रकोप बढ्छ ।

सम्भवतः अधिकांश व्यक्तिको जिज्ञासा कोभिड–१९ को संक्रमण फैल्ने पनि कुनै मौसम हुन्छ वा हुन्न भन्ने हुन्छ । पहिलोपटक चीनको वुहान शहरमा मध्य डिसेम्बरमा यसको प्रकोप सुरु भयो र यसको प्रकोप केही दिनभित्रै विश्व महामारीको रुप लियो । यूरोप र अमेरिकामा भने कोभिड–१९ संक्रमितको संख्या उच्च रफ्तारले बढ्दैछ ।

कोभिड–१९ को प्रकोपले महामारीको रुप लिँदा अधिकांश क्षेत्रको मौसम चिसो रहेको छ । र यसले गर्मी मौसमको सुरुसँगै कोभिड–१९ को संक्रमण पातलिदै जाने आशंका र सम्भावना ब्यक्त गरिदैछ । तर प्रायजसो विज्ञले भने गर्मी मौसममा भाइरस मर्ने सम्भावनामाथि आश्रित हुनु जोखिमपूर्ण हुने चेतावनी दिइ सकेकाे छन् । र ती विज्ञको उक्त सचेतना सही रहेको पाइएको छ ।

कोभिड–१९ लाई आधिकारिक रुपमा सार्स–कोभ–२ नामाकरण गरिएको छ । र मौसम अनुसार कोभिड–१९ को संक्रमणमा उतारचढाब आउनेबारे अध्ययन गर्न नयाँ र थोरै मात्रै तथ्याङ्क उपलब्ध छन् । सन् २००३ मा फैलिएको सार्स छिट्टै नै प्रकोपको रुपमा देखियो । र त्यसैकारणले सार्समाथि मौसमको प्रकोपबारे राम्ररी अध्ययन हुन सकेन । तर कोरोना भाइरसको संक्रमण मौसमी प्रकोपको रुपमा मानवमा संक्रमण हुन सक्ने थोरै मात्रै तर्क उपलब्ध छन् ।

इडेनवर्ग विश्वविद्यालयका शोधकत्र्ता केन टेम्प्लेटनले दशवर्ष अघि एक शोध गरेका थिए । उनले आफ्नो शोधमा तीन प्रकारको कोरोना भाइरस फेला पारे । श्वासप्रश्वास सम्बन्धी संक्रमितबाट इडनवर्गको एक अस्पतालबाट बिरामीको नमूना संकलन गरिएको थियो । र उक्त शोधले चिसो मौसममा संक्रमणको जोखिम उच्च रहने देखायो । भाइरसको संक्रमण डिसेम्बरदेखि अप्रिलसम्म बढी हुने देखियो । र यस्तै स्वरुप र स्वभाव इन्फ्लुएन्जामा समेत देखियो ।

तर प्रतिरक्षा क्षमता कमजोर रहेका बिरामीबाट संकलित चौथो नमूनामा भने मौसमको प्रकोप छिटफुट देखियो । कोभिड–१९ को संक्रमण पनि केही हदसम्म मौसम अनुसार फरक पर्ने देखिन्छ । प्रकोपको रुप लिएको कोभिड–१९ चिसो र सुख्खा मौसममा बढी प्राथमिकीरुपले फैल्ने सम्भावना देखिएको छ ।

प्रकाशन हुन नसकेको विश्लेषणसहितको शोधमा विश्वका विभिन्न पाँच सय स्थानबाट नमूना संकलन गरी अध्ययन गरिएको छ । जसले कोभिड–१९ फैलिनुको सम्बन्ध तापक्रम, हावाको गति र सापेक्षिक आद्र्रतामा निर्भर रहने दाबी गरेको छ । अर्को शोधले भने तापक्रमको वृद्धिले कोभिड–१९ को घटना कम हुने सम्बन्ध देखाएको छ । तर उक्त अप्रकाशित शोधले वैश्विक रुपमा तापक्रम मात्रै निर्धारण गर्ने एक मात्रै तत्व हुन नसक्ने प्रष्ट्याएको छ ।

केही अप्रकाशित शोधले भने शितोष्ण तातो र चिसो मौसम प्रकोपको रुपमा हाल देखापरेको कोभिड–१९ को उच्च जोखिममा हुने उल्लेख गरेको छ । विश्वको उष्ण प्रदेशीय क्षेत्रमा भने कोभिड–१९ को संक्रमण कम हुने जनाइएको छ । तर वर्षको प्रत्येक मौसममा संकलन गरिएको वास्तविक तथ्याङ्क नभई उक्त तर्कमा पूर्णरुपले निर्भर हुन नसक्ने जनाइएको छ ।

(उष्ण मौसममा कोभिड–१९ भाइरसको संक्रमण नसर्ने आम बुझाइ छ । विज्ञदेखि शोधकत्र्ताले आ आफ्नै तर्कसहित उक्त संक्रमणमा मौसमको प्रभावबारे विश्लेषण गर्दैछन् । बीबीसीमा रिचर्ड ग्रेले उक्त सम्भावना र आम बुझाइबारे लेखेको आलेखको अनुवादित अशं )

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending