Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

नगरपालिकाको आम्दानी लक्ष्यभन्दा डेढ करोड बढी

\"chitwan_20140109115903\"२५ असार, चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले आफ्नो आयमा लक्ष्यभन्दा करिब एक करोड ६५ लाख वृद्धि गरेको छ । नगरपालिकाले १० करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिएकामा कुल १२ करोड ५८ लाख ८६ हजार आम्दानी गर्न सफल भएको छ । यो लक्ष्यभन्दा करिब एक करोड ६५ लाख बढी हो । यो वर्ष नगरपालिकामा पिठ्वा र बछौली गाविस गाभिएकाले पनि आय व्ययमा उतारचढाव आएको नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिइन् । नगरपालिकाको उक्त बजेटमा इएफएलजी कार्यक्रममार्फत एक करोड ६४ लाख र दुई गाविसबाट २२ लाख, बजेट थप भएको छ । नगरपालिकाले आन्तरिक आयमा समेत वृद्धि गर्न सफल भएको लेखा प्रमुख सीताराम पोखरेलले जानकारी दिए । आन्तरिक आयमा दुई करोड २५ लाख अनुमान गरिएकामा दुई करोड ४१ लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । जसमा पुँजीगत खर्चतर्फ ५० प्रतिशत, चालु खर्चतर्फ २४ र सामाजिक कार्यक्रमतर्फ २६ प्रतिशत खर्च भएको छ । यो वर्ष विकास योजनातर्फ साढे चार करोड खर्च भएको योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले बताए । हाल चितवनमा भरतपुर नगरपालिका उपमहानगरपालिका बनेको छ । रत्ननगरसहित अहिले जिल्लामा पाँच नगरपालिका छन् । आगामी वर्षको बजेट सोह्र करोड बीस लाख अार्थिक वर्ष २०७२/७३ का लागि रत्ननगर नगरपालिकाले १६ करोड २० लाख ८५ हजारको बजेट अनुमान गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा तीन करोड ६२ लाखले बढी हो । जसमा बाह्य स्रोतबाट १२ करोड ४९ लाख र आन्तरिक स्रोतबाट तीन करोड ७१ लाख वित्तीय स्रोत परिचालन गर्ने लक्ष्य लिएको छ । पुँजीगततर्फ १३ करोड ७८ लाख र प्रशासनिक खर्च दुई करोड ४२ लाख बजेट प्रस्ताव गरिएको छ । जसमा नगरस्तरीय कार्यक्रमतर्फ सबैभन्दा बढी एक करोड ६९ लाख परिचालन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । रत्ननगरमा जोडिएका साविक दुई गाविसका करदातालाई विशेष छुटको व्यवस्थासमेत नगरपालिकाले गरेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies