Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नगरपालिकाको आम्दानी लक्ष्यभन्दा डेढ करोड बढी

\"chitwan_20140109115903\"२५ असार, चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले आफ्नो आयमा लक्ष्यभन्दा करिब एक करोड ६५ लाख वृद्धि गरेको छ । नगरपालिकाले १० करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिएकामा कुल १२ करोड ५८ लाख ८६ हजार आम्दानी गर्न सफल भएको छ । यो लक्ष्यभन्दा करिब एक करोड ६५ लाख बढी हो । यो वर्ष नगरपालिकामा पिठ्वा र बछौली गाविस गाभिएकाले पनि आय व्ययमा उतारचढाव आएको नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिइन् । नगरपालिकाको उक्त बजेटमा इएफएलजी कार्यक्रममार्फत एक करोड ६४ लाख र दुई गाविसबाट २२ लाख, बजेट थप भएको छ । नगरपालिकाले आन्तरिक आयमा समेत वृद्धि गर्न सफल भएको लेखा प्रमुख सीताराम पोखरेलले जानकारी दिए । आन्तरिक आयमा दुई करोड २५ लाख अनुमान गरिएकामा दुई करोड ४१ लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । जसमा पुँजीगत खर्चतर्फ ५० प्रतिशत, चालु खर्चतर्फ २४ र सामाजिक कार्यक्रमतर्फ २६ प्रतिशत खर्च भएको छ । यो वर्ष विकास योजनातर्फ साढे चार करोड खर्च भएको योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले बताए । हाल चितवनमा भरतपुर नगरपालिका उपमहानगरपालिका बनेको छ । रत्ननगरसहित अहिले जिल्लामा पाँच नगरपालिका छन् । आगामी वर्षको बजेट सोह्र करोड बीस लाख अार्थिक वर्ष २०७२/७३ का लागि रत्ननगर नगरपालिकाले १६ करोड २० लाख ८५ हजारको बजेट अनुमान गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा तीन करोड ६२ लाखले बढी हो । जसमा बाह्य स्रोतबाट १२ करोड ४९ लाख र आन्तरिक स्रोतबाट तीन करोड ७१ लाख वित्तीय स्रोत परिचालन गर्ने लक्ष्य लिएको छ । पुँजीगततर्फ १३ करोड ७८ लाख र प्रशासनिक खर्च दुई करोड ४२ लाख बजेट प्रस्ताव गरिएको छ । जसमा नगरस्तरीय कार्यक्रमतर्फ सबैभन्दा बढी एक करोड ६९ लाख परिचालन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । रत्ननगरमा जोडिएका साविक दुई गाविसका करदातालाई विशेष छुटको व्यवस्थासमेत नगरपालिकाले गरेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending