Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८२ बुधबार | 7th May, 2025 Wed
Investment bank

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे।

आफ्नो \'आविष्कार\' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

डा. ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले हात अनुहारनजिक पुर्‍याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए। तर उनले सोचे जस्तो भएन।

\"मेरो आविष्कारको उल्टो प्रभाव भयो। चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो,\" उनले भने, \"मैले आफू समस्यामा परेको थाहा पाएँ।\"

\"म हाँसे र केही बेर काम गरिनँ,\" उनले बीबीसीलाई भने।

\"अनि मैले केही नसोचीकन अनुहारमा चुम्बकहरू राख्न थालेँ। पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र - चुम्बकका मुन्द्राजसरी।\"

\"नाकको अर्को प्वालमा चुम्बकहरू राखेपछि समस्या भयो। ती सँगै टाँसिए र नाकेहाडमा चुम्बकहरू अड्किए!\"

\"पहिला दुख्यो तर म धेरै आत्तिइनँ,\" उनले भने, \"तर ती (चुम्बक) हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ।\"

\"बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो।\"

तर आफैँ त्यस परिस्थितिबाट मुक्त हुने उनले प्रयास गरे। तार च्याप्ने औजार पनि उपयोगी भएन।

\"त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो। अनि नाक तानिँदाको बल पीडादायी थियो।\"

त्यति बेला बल्ल उनलाई अस्पताल गएको भयो हुन्थ्यो भन्ने लाग्यो। उनी मेल्बर्नस्थित एउटा स्थानीय अस्पताल गए।

\"उनीहरू (चिकित्सकहरू) लाई यो गजब हो भन्ने लाग्यो,\" उनले भने, \"हाँसेर उनीहरूले सोधे - नाकमा किन त्यति धेरै चुम्बक हालेको?\"

चिकित्सकहरूले उनको नाकबाट सबै चुम्बक निकालिदिए।

अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ।

हाँस्दै उनले भने, \"म यो काम कोही क्षमतावान् व्यक्तिलाई गर्न दिन्छु।\"

-बीबीसीबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending