काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग गर्न अस्वीकार गरेका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरीरहँदा ट्रम्पले भने मास्क प्रयोग नगर्ने बताएका छन्।
उनी कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा मास्कबिनै प्रस्तुत भएका थिए। आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म नगरेको ट्रम्पले बताएका छन्।
राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वेच्छामा आधारित रहेको बताएका छन्। ‘तपाईंहरुले पनि यसको पालना गर्नु पर्दैन। मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्नेछु,’ ट्रम्पले भने, ‘ मास्क लगाउने सुझावहरु मेरा लागि होइनन्।’
कतिपयले राष्ट्रपति ट्रम्पको लापर्वाहीका कारण अमेरिकामा कोरोना महामारी भयावह भएको विश्लेषण गरेका छन्। ट्रम्पले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिँदा स्थिति भयावह बन्दै गएको उनीहरुले चेतावनी दिएका छन्। जनस्वास्थ्य विज्ञका अनुसार कोरोनाबाट सबैभन्दा ठूलो क्षति अमेरिकाले बेहोर्नुपर्ने स्थिति देखिएको छ।
विश्वकै सबैभन्दा शक्तिशाली भनिने अमेरिकामा कोरोना संक्रमितको संख्या अन्य देशमा भन्दा बढि छ र तीब्र गतिमा फैलिइरहेको छ। अमेरिकाको तथ्याङ्क देखेर अन्य देश डराइरहेका छन्। कोभिड–१९ को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या छ हजार ८ सय नाघेको छ। चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७३३ संक्रमितको ज्यान गएको छ।
तर पनि अमेरिकी सरकारले मुलुक लकडाउन गरेको छैन। केवल कोरोना परीक्षणलाई तीब्र बनाएको छ। यसका साथै अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्धको औषधि वा खोपको आविष्कार गर्ने प्रयास गरिरहेका छन्। वैज्ञानिकहरुको रातदिनको प्रयास सफल हुन सकेको छैन।
हरेक पक्षमा शक्तिशाली र सक्षम ठानिने अमेरिकाले कोरोना नियन्त्रणका लागि कुनै चमत्कार गर्छ कि भनेर विश्व समुदाय नै प्रतीक्षा गरिरहेको छ। तर अमेरिका भने आफ्नै देशका नागरिक जोगाउन सकिरहेको छैन। राष्ट्रपतिको कोरोनालाई गम्भीर रुपमा नलिएको कतिपयको टिप्पणी छ।
बरु त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प विचारै नगरी विवादास्पद अभिव्यक्ति दिइरहेका छन्। वास्तवमै कोरोना नियन्त्रणको असफल प्रयासले अमेरिकालगायत आफुलाई शक्तिशाली र सक्षम भन्ने राष्ट्रहरु निरीह देखिएका छन्। आफूले मास्क लगाउन जरुरी नरहेको उनको अभिव्यक्ति फेरि विवादमा परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: