Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोनाविरुद्धकाे भ्याक्सिन बनाउने दौडमा अमेरिका र चीन, को कहाँसम्म पुगे ?

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वभर आक्रामक रुपमा बढ्दो छ । हालसम्म १२ लाखभन्दा बढि मानिस यस भाइरसबाट संक्रमित बनेका छन् । कोरोनाकै कारण हालसम्म ६४ हजारभन्दा बढि मानिसले ज्यान गुमाएका छन् ।

चीनको बुहानमा डिसेम्बरको अन्तिम साता देखिएको कोरोनाले अहिले युरोपेली देश र अमेरिकामा निकै ठूलो संकट निम्त्याएको छ । जहाँ हजारौं मानिसले ज्यान गुमाएका छन् ।

चीनमा देखिएको कोरोनाले युरोप र अमेरिकासँगै विश्वभर नै समस्या निम्त्याउँदै गएपछि यसको समाधान पनि खोजिन थालेको छ । अहिले विश्वभरका वैज्ञानिकहरु यसको उपचारको खोजीमा निकै सक्रियताका साथ लागेका छन् ।

चीन र अमेरिका दुवैले गरे भ्याक्सिनको परिक्षण

यस भाइरसबाट सबैभन्दा पहिला शिकार बनेको चीन पनि यसको औषधी खोज्नमा निकै प्रर्यत्न गरिरहेको छ । पछिल्लो समय कोरोनाबाट निकै संकटतिर पुगेको अमेरिका पनि पुरै शक्ति लगाएर यसको उपचार खोजीरहेको छ । अहिले चीन र अमेरिका कोरोनाको उपचारको खोजीमा निकै आक्रामक रुपमा अघि बढेका छन् ।

दुवै देशले कोरोनाविरुद्वको भ्याक्सिनको समेत एक स्तरमा परिक्षण गरिसकेका छन् । गत १७ मार्चमा दुवै देशले आफुँ–आफुँले बनाएको भ्याक्सिन मानिसमा परिक्षण गरेका थिए । जनाइएअनुसार दुवै देशले फरक–फरक खालमा जनावरमा पनि यसको असरबारे यसअघि नै परिक्षण गरिसकेका छन् ।

अमेरिकाले भन्दा चीनले छिटो ल्याउने सम्भावना

अमेरिकाले कोरोना भाइरसलाई काबुमा लिन निकै समय लाग्ने बताइरहेको छ । अमेरिकाले मानिसमा गरिएको कोरोनाविरुद्वको भ्याक्सिनको परिक्षण सफल भएको दाबी गरेको छ । उसले डेढ दुई वर्षको बीचमा भ्याक्सिन बजारमा ल्याउन सक्नेसमेत दाबी गरेको छ । तर अमेरिकाले ट्रायल गरेको क्लिनिकल ट्रायल रिपोर्ट भने सार्वजनिक गरेको छैन् ।

यहीबीच चिनियाँ वैज्ञानिकहरुले कोरोनाविरुद्वको उपचारको खोजीमा आफुँहरुले सफलता पाएको दाबी गरेका छन् । मिडिया रिपोर्टअनुसार चीनले बनाएको भ्याक्सिनको परिक्षण सफल भएको छ । रिपोर्टअनुसार जसलाई परिक्षण गरिएको थियो उनिहरुमध्ये केहिलाई पूर्णं निको बनाएर घरसमेत पठाइएको छ । जनाइएअनुसार भ्याक्सिन लगाएका व्यक्ति निको मात्रै होइन पूर्णं रुपमा कोरोना मुक्त भएका छन् । अहिले यी सबै व्यक्ति वैज्ञानिकहरुको विशेष निगरानीमा छन् ।

\"\"/
चीनले ट्रायल गरेको भ्याक्सिन Ad5-nCoV । तस्बिर : fiercepharma

चीनको अखबार चाइना डेलीले एकेडेमी अफ मिलिट्री साइन्सको सदस्य एंव शोधकर्ता चेन वीलाई उद्धत गर्दै चीनमा क्लीनिकल ट्रायल सफल भएको र चीन अन्य देशमा टेस्ट गर्न गईरहेको बताएको छ । जनाइएअनुसार चीनले ट्रायल गरेको भ्याक्सिनको नाम Ad5-nCoV दिइएको छ ।

वैज्ञानिकहरुका अनुसार Ad5-nCoV भ्याक्सिनको ट्रायल १०८ जनामा गरिएको थियो । ट्रायल गरिएका व्यक्तिहरुलाई बुहानको तोंग्जी अस्पतालमा राखिएको छ । रिपोर्टअनुसार भ्याक्सिनको परिक्षण १८ देखि ६० उमेरका व्यक्तिमा गरिएको थियो ।

रिपाेर्टअनुसार हालसम्म १४ जना व्यक्तिलाई पूर्णं निको भएपछि घर पठाइएको छ । पूर्णं रोगमुक्त भएका १४ जनालाई घरमा पठाइएको भएपनि पूर्णं चिकित्सकीय निगरानीमा राखिएको उल्लेख छ । जनाइएअनुसार यदि सबै परिक्षण गरिएका व्यक्तिमा सफल देखिएमा चीनले छिट्टै नै बजारमा पठाउने उल्लेख छ ।

भ्याक्सिनले शरिरमा कोरोना भाइरसविरुद्व लड्ने क्षमताको विकास गर्नेछ र शरिरमा एन्टीबडिको निर्माण गर्नेछ । चाइना डेलीले जनाएअनुसार कोरोनाविरुद्व भ्याक्सिन निर्माणबाट चिकित्सकहरु पनि निकै उत्साहित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले निरन्तर दिईरहेको चेतावनी

विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई हेर्दै निरन्तर चेतावनी दिइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसको उपचार नखोजिए विश्वभर मानविय संकटसमेत आउनसक्ने सम्भाव्यता औंल्याएको छ । विश्व स्वास्थ्य संगठनले यस भाइरसबाट जोगिन प्रोटेक्टिव इक्यूपमेन्ट (पिपिई) धेरैभन्दा धेरै बनाउन आग्रह गरिरहेको छ ।

अहिले विश्वभर कोरोनाबाट जोगिन प्रयोग हुने सामाग्रीहरुको आक्रामक विकास भईरहेको छ । विभिन्न उद्योगहरुले आफ्नो साबिक उत्पादनलाई छोड्दै कोरोनाको संक्रमणबाट जोगिने माक्सलगायतका सामाग्रीहरु बनाईरहेका छन् । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies