Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै, विहिबार हालसम्मकै उच्च

काठमाडौं । कोरोना संक्रमणको संख्या छिमेकी राष्ट्र भारतमा दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

विज्ञहरुका अनुसार भारतमा संक्रमणको अवस्था तेस्रो स्टेजमा रहेको बताएका छन् । पछिल्लो हप्ताका प्रत्येक दिन ५ सयको हाराहारीमा देखिएपनि पछिल्लो विहिबार भने बढेर ८ सय ९ जनामा देखिएको छ । विहिबार मात्रै ४८ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमण ६ हजार ७२५ जनामा देखिएको छ भने २ सय २७ जनाको मृत्यु भईसकेको छ । खुल्ला सिमाना रहेको भारतमा संक्रमण तिव्र फैलिनुले नेपाल पनि खतराको सुचिमा रहेको देखाउँछ ।

तर नेपालमा ९ जना बाहेक विगत १ हप्तादेखि १ जनामा पनि संक्रमण देखिएको छैन । ९ जनामा पनि १ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ८ जना पनि सामान्य अवस्थामा रहेका छन् ।

विश्वको अवस्था के छ ?

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९०का कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

शुक्रबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ९३ पुगेको छ । बिहीबार विश्वभर ७ हजार २ सय ३५ को मृत्यु भयो ।

इटलीमा १८ हजार २ सय ७९, अमेरिकामा १६ हजार ६ सय ९१, स्पेनमा १५ हजार ४ सय ४७, फ्रान्समा १२ हजार २ सय १०, युकेमा ७ हजार ९ सय ७८, इरानमा ४ हजार, चीनमा ३३ सय, जर्मनीमा २६ सय, बेल्गियममा २५ सय, नेदरल्याण्मा २३ सयको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमितको संख्या १६ लाख ३ हजार पुगेको छ । बिहीबार मात्रै ८५ हजार नयाँ संक्रमित फेला परे ।

सबैभन्दा बढी अमेरिकामा ४ लाख ६८ हजार संक्रमित छन् भने स्पेनमा १ लाख ५३ हजार, इटलीमा १ लाख ४३ हजार, जर्मनीमा १ लाख १८ हजार, फ्रान्समा १ लाख १७ हजार संक्रमित छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending