काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुक्रबार मध्यरातिसम्ममा १ लाख नाघेको छ ।
विश्वका २ सय ८ मुलुकमा फैलिएको कोरोनाका कारण १ लाख २ हजार ६८४ जनाको मृत्यु भएको हो । वर्ल्डोमिटरका अनुसार सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटलीमा छ । इटलीमा हालसम्म १८ हजार ८४९ जना छन् भने अमेरिकामा दोस्रो ठुलो ज्यान गुमाउने मुलुकमा परेको छ । अमेरिकामा पनि १८ हजार ७४७ जनाले ज्यान गुमाएका छन् ।
युरोपका मुलुकहरुमा इटलीपछि स्पेनमा सबैभन्दा बढी मानिसहरुको ज्यान गएको छ । स्पेनमा १६ हजार ८१, फ्रान्समा १३ हजार १९७ जनाले ज्यान गुमाईसकेका छन् ।
विश्वभर कोरोना संक्रमणको संख्या १६ लाख ९८ हजार ८३५ पुगेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ५ लाख २ हजार ८७६ पुगेको छ ।
नेपालमा ९ जनाबाट संक्रमितको संख्या बढेको छैन । भारतमा भने शुक्रबार पनि ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा दिनहुँ ७ सय बढीको संख्यामा थपिईरहेका छन् ।
विषेशज्ञहरुले भारत अबको नयाँ कोरोना संक्रमणको इपिसेन्टर हुने अड्कलबाजी काटिरहेका छन् ।
विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –
यो पनि पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: