Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिकी परमाणु हतियार स्थल र सैन्य केन्द्रमा फैलियो कोरोना, ३ हजार सैनिक संक्रमित

वाशिङटन डिसी । कोरोना महामारीको केन्द्र बनेको अमेरिकाका लागि नयाँ चिन्ता थपिएको छ । देशका ५ लाख बढी जनतालाई संक्रमण गरिसकेको कोरोना भाइरस अमेरिकाका न्यूक्लियर बम रहेको स्थानमा समेत फैलिन पुगेपछि चिन्ता बढेको हो ।

अमेरिकी पत्रिका न्यूजविकका अनुसार, अमेरिकाको ४१ वटा राज्यमा रहेका १ सय ५० वटा सैन्यस्थलमा कोरोना संक्रमण पुगेको हो । यति मात्रै होइन, अमेरिकाको नौसैनिक शक्तिको प्रतिक मानिने ४ वटा परमाणु उर्जाचालित विमानवाहक पोत पनि कोरोनाको संक्रमणमा आएको छ ।

संसारभरिका हतियारमाथि निगरानी गर्ने संस्था सिप्रीका वैज्ञानिक ह्यान्स क्रिस्टेन्सनका अनुसार, अमेरिकाका अधिकांश परमाणु हतियार रहेका स्थलहरुमा कोरोना संक्रमण पुगेको छ । रक्षा विशेषज्ञहरुका अनुसार, परमाणु हतियार रहेका स्थानमा कोरोना प्रसार हुनु संसारका लागि खतरनाक लक्षण हो ।

यसबाट परमाणु बमहरुको सुरक्षासँग सम्झौता हुनसक्छ । त्यसो त अमेरिकी परमाणु बमको सुरक्षा संसारमा सबैभन्दा उत्कृष्ट मानिन्छ ।

हालैमात्र अमेरिकी विमानवाहक युएसएस थियोडोर रुजबेल्टका करिब ४ हजार नौसैनिकहरुलाई गुआम लगेर जाँच गरिएको थियो । यसमा ठूलो संख्यामा सैनिकहरु संक्रमित पाइएका छन् ।

समाचारमा उल्लेख छ– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार, उसका तीन हजार सेना कोरोनाबाट संक्रमित छन् । एक हप्तामा यो संख्या दोब्बर भएको हो । तीब्र गतिमा संक्रमण फैलिएपछि अमेरिकी सेनाका सबै गैरजरुरी गतिविधिहरु रोकिएका छन् । यसअतिरिक्त सैनिकहरुको प्रशिक्षण र भर्ना पनि भइरहेको छैन ।

भाइरसले सबैभन्दा धेरै अमेरिकी नौसेनालाई प्रभावित पारेको छ । त्यसपछि सेना र अनि एयरफोर्समा असर परेको छ ।

अमेरिकाको ४१ वटा राज्यमा रहेको सैनिक स्थानहरुमध्ये सबैभन्दा बढी संकट स्यान डियागो, नोरफोक, भर्जि्निया र ज्याक्सनभिल्ला फ्लोरिडा तथा टेक्सासका नौसैनिक स्थलमा परेको छ । सेनाको साउथ कोरोलिनामा पनि संक्रमित देखिएका छन् ।

अमेरिकासँग ३८ सय परमाणु हतियार रहेका छन् । यी परमाणु हतियारले संसारले कैयनपटक नष्ट गर्न सक्छन् । यी परमाणु हतियार ओसार गर्न अमेरिकासँग ८ सय मिसाइल रहेका छन् ।

सिप्रीका अनुसार, अमेरिकाले १७५० परमाणु बमलाई मिसाईल र बमवर्षक विमानमा तैनाथ गरेको छ । यसमा १५० परमाणु बम यूरोपमा रहेका छन् ।

नवभारत टाइम्सबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies