Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

महोत्तरीमा पानीको हाहाकार

\"water\"२६ असार, बर्दिवास । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जताजतै पानीको छ्यालब्याल हुनुपर्ने बेला जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविस क्षेत्रमा यसअघि उपयोग गरिँदै आएका खानेपानीका स्रोत सुक्दै गएको छ । बर्दिवास नगरपालिका क्षेत्रको बर्दिवास र गौरीवासमा खानेपानीको आपूर्ति गर्दै आएको पानी भण्डारण ट्यांकीबाट धमिलो पानी आउने गरेको बर्दिवास खानेपानी आयोजनाका उपभोक्ताको गुनासो छ । बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गरेको खानेपानी धाराबाट आउने पानीको मुहानमा रातु नदीको बाढी पसेपछि पछिल्लो एक सातादेखि धमिलो पानी खानुपरेको बर्दिवास–३ का उपभोक्ता जङ्गबहादुर श्रेष्ठले बताए । धमिलो पानी खानपिनमा प्रयोग गरिनाले आफ्नो बस्तीमा रुघाखोकी र झाडापखालाका बिरामी बढेका बासिन्दाको भनाइ छ । बर्दिवास नगरक्षेत्रकै किसाननगर र माईस्थान बस्तीमा खानेपानीका परम्परागत स्रोत (इनार र जरुवा कुवा) का मुहान सुकेकाले खानेपानीको जोहो गर्न समस्या परेको यहाँका बासिन्दा बताउँछन् । यता खानेपानीका लागि चापाकल र इनारमा भर पर्दै आएका हाथीलेट, भङ्गाहा, पशुपतिनगर, बिजलपुरा, भरतपुर, बेलगाछी, लक्ष्मीनिंयाँ र भरतपुर गाविस क्षेत्रमा लगातार इनार र चापाकल सुक्दै गएको छ । असारमभै ७०० घर रहेका आफ्नो बस्तीका २० इनार र ४० भन्दा बढी चापाकल सुकेपछि खानेपानीका लागि रातु र बडहरी नदीको पानी ओसारिएको भङ्गाहा गाविसको रामनगर बस्तीका अशोककुमार महतोले बताए । उत्तरवर्ती क्षेत्रमा लामो समयसम्म पानी नपरेर खडेरी पर्दा यसअघिका वर्षमा पनि खानेपानीको हाहाकार खेप्दै आए पनि कुनै निकायले आपूmहरुको समस्या समाधानका लागि पहल नगरिदिएको गुनासो यहाँका बासिन्दाको छ । असार मासमा हिलाम्य खेतमा धान रोप्ने बेला आफूहरु भने खानेपानीकै जोहोमा रुमलिनुपरेको किसान बताउँछन् । यसपालि नै खानेपानीका लागि डिप बोरिङ जडान गरिने आश्वासन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले दिनु भए पनि काम भने केही नभएको पशुपतिनगर–१ का महेन्द्रसिंह कुशवाहाले बताए । जिल्लाको सो क्षेत्रमा बर्सेनिजस्तो मुहान सुकेकाले नै खानेपानीको समस्या व्यहोरिँदै आएकाले स्थायी समाधान खोजिनुपर्ने बिजलपुरा गाविसका पूर्वउपाध्यक्ष विश्वनाथ सिंहको भनाइ छ । यसैबीच जिविस महोत्तरी र सरसफाइ डिभिजन कार्यालय महोत्तरीले यसपालिका वार्षिक योजनामा सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि बनेका योजनाले प्राथमिकता पाएको जनाएका छन् । कार्यालयबाट सञ्चालन गरिने योजना निश्चित प्रक्रिया पूरा गरेर सुरु गरिने हुनाले काम थाल्न ढिलाइ हुँदा जनगुनासो बढेको डिभिजन कार्यालय महोत्तरीका प्रमुख झाको भनाइ छ । आउने वर्षमा भने यस क्षेत्रका खानेपानीका धेरैजसो समस्या समाधान भइ सक्ने आश्वासन सो कार्यालयले दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy