Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उद्योग दर्ता ३४ प्रतिशतले वृद्धि

\"industry\"२६ असार, इलाम। इलाममा उद्योग दर्ताको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार गत वर्ष २२५ उद्योग दर्ता भएकामा चालु आव २०७१÷७२ को हालसम्ममा ३४० उद्योग दर्ता भएका छन् ।

त्यसमध्ये सेवामूलक, उत्पादनमूलक र कृषि तथा वनजन्य उद्योग बढी रहेको कार्यालयका शाखा अधिकृत सुनिल आचार्यले बताए । \'कृषिअन्तर्गत अदुवा, अलैँची, किबी, डेरी, राइस मिल, पोल्ट्री फार्म र व्यवसाय बढी छन्,\' आचार्यले भने ।

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले लघु उद्यमीलाई उद्योग सञ्चालनका लागि अनुदान दिने भएपछि उद्योग दर्तामा वृद्धि भएको समेत उनले बताए । लघु उद्योगका रूपमा दर्ता भएका फर्म तथा उद्यमीलाई प्याक्टले रु १० लाखसम्म बिनाधितो अनुदान दिनका लागि गत वर्षनै प्रस्ताव आह्वान गरेपछि घरेलुमा उद्योग दर्ता गर्नेको भीड लागेको थियो ।

कार्यालयले उद्योग र वाणिज्य फर्म दर्ता गरेर रु ४० लाख राजस्वसमेत सङ्कलन गरेको जनाएको छ । रु एकदेखि एक लाखसम्म कारोबार गर्ने उद्योग दर्ता गर्न रु एक हजार १००, रु एक लाखदेखि तीन लाखसम्म रु तीन हजार १००, रु तीन लाखदेखि पाँच लाखसम्म रु छ हजार १५० र रु पाँच लाखदेखि २० लाखसम्मको कारोबार गर्ने उद्योगलाई रु १२ हजार १०० राजस्व लाग्ने घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

इलाममा हालसम्ममा दुई हजार ७९१ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये अधिकांश उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नवराज राउतले बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending