काठमाडौं । चीनमा पछिल्लो महिना घट्दो क्रममा रहेको संक्रमण शुक्रबार एक्कासी बढेको छ ।
दैनिक १ सयको हारहारीमा (त्यो पनि बाहिरि मुलुकबाट आएका) देखिएको संक्रमण शुक्रबार ३ सय २५ जनालाई देखिएको छ ।
यसले चीनमा कतै फेरी संक्रमणको जोखिम बढाएको त होइन भनेर आशंका बढाएको छ ।
उता अमेरिकामा भने एकैदिन २ हजार ५३५ जनाको मृत्यु भएको छ । ३७ हजार १५४ जनाले ज्यान गुमाईसकेको अमेरिकामा ७ लाख ९ हजार ३५ जनामा संक्रमण देखिएको छ भने १३ हजारभन्दा बढी मानिसहरु गम्भिर छन् ।
विश्वभर शनिबार विहानसम्म संक्रमितको संख्या २२ लाख ५० हजार ६८३ पुगेको छ भने १ लाख ५४ हजार २५६ जनाले ज्यान गुमाईसकेका छन् । ५ लाख ७२ हजार ७६ जना निको भएर घर फर्किएका छन् भने १५ लाख २४ हजार ३५१ जना उपचाररत छन् । ५६ हजार ९९९ मानिसहरु गम्भिर अवस्थामा उपचार गराईरहेको वल्र्डोमिटरले बताएको छ ।
विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –
यो पनि पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: