Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पुर्वआइजीपि सर्बेन्द्र कसरी मुछिए सांसद अपहरण काण्डमा ?

काठमाडौं । समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौंसम्म ल्याउनका लागी नाम मुछिएका पूर्व आइजिपी सर्बेन्द्र खनालले आफुले ल्याएको स्विकार गरेका छन् ।

विभिन्न संचारमाध्यमसँग कुरा गर्दै उनले यादवलाई जनकपुरबाट ल्याएको स्विकार गरेपनि आफुले अपहरण भने नगरेको बताएका हुन् ।

तर समाजवादी पार्टीका नेताहरुले खनाल, नेकपका सांसद तथा मन्त्री महेश बस्नेत, प्रदेश सांसद किसान श्रेष्ठ यादवलाई अपहरण गरेको बताएका छन् ।

किन भयो यस्तो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि तातिएको राजनीतिक बजारमा त्यतिबेला झन हलचल मच्चियो जतिबेला स्वंयम ओलीले नै राजपा र समाजवादी पार्टी विभाजनलाई लक्षित गरि अध्यादेश ल्याएको बताए ।

हुनपनि ओली समाजवादीलाई फुटाउने तयारीमा थिए । स्रोतहरुका अनुसार समाजवादीमा ४० प्रतिशत सांसद पुर्याउनका लागी १ सांसद पुगेन र ओलीले यादवलाई रोजे । सोही अनुसार यादवलाई काठमाडौं झिकाउनका लागी खनाल, बस्नेत र श्रेष्ठ जनकपुर पुगेका थिए ।

खनाल किन मिसिए

पछिल्लो समय आइजीपि खनाल र ओलीबिच अपत्यारिलो सम्बन्ध छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निगाहामा आइजिपि भएका खनालले गृहमन्त्रि राम बहादुर थापा र प्रधानमन्त्रीलाई समेत अटेर गर्न थालेपछि ओली खनाललाई हटाउने तयारीमा पुगेका थिए ।

कांग्रेस पृष्ठभुमिका खनालले पछिल्लो समय ओली सरकार विरोधी काम गरिरहेका थिए । उनलाई प्रहरीका कपडालगायत बन्दोबस्तीका सामान खरिदमा अनियमितता आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने तयारी समेत गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक खनाललाई विभूषणको सिफारिस गरेको भएपनि प्रधानमन्त्री कार्यालय उक्त विभुषण दिन अस्विकार गरेको थियो ।

मुद्दा चलाउने तयारी स्वरुप तात्कालिन अवस्थामा खनालको अमेरिका भ्रमण समेत अस्विकृत गरेको थियो ।

प्रधानमन्त्री तथा गृहमन्त्रीसँग सम्बन्ध राम्रो नभएइराखेको अवस्था खरिद प्रकरणले खनाललाई झस्कायो । चतुर खनालले प्रधानमन्त्रीसम्म पुग्ने माध्यमका रुपमा तात्कालिन गृहसचिव प्रेम राईलाई बनाए र भित्रभित्रै अख्तियारको मुद्दा सल्टाए ।

राईले ओलीसँगको सम्बन्ध सुधारेपश्चात बनेको सम्बन्धकै आधारमा यादव प्रकरणमा खनाल जोडिएको हुनसक्ने स्रोतले बतायो ।

अख्तियारदेखि डराएका खनाललाई पछिल्लो समय बालुवाटारले यस्तै काण्डहरुमा प्रयोग गरिरहेको स्रोतको दावी छ ।

खनालबारे विस्तृत अर्को अंकमा …

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending