आज मुलुक विश्वव्यापी फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको जोखीमबाट गुज्रीरहेको छ । गत, २०७६ चैत्र ११ बाट सरकारले देशब्यापीरुपमा गरेको लकडाउन इमान्दार रुपमा नेपाली जनताले पालना गरिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्ने भ्याक्सिन अहिलेसम्म बनेको छैन् । आधारभुत श्रमीक वर्ग भोक, प्यास, बाधा अडचन, कठिनाइहरु सहेर लकडाउनको पालना गरी रहेका छन् । कतिपय, सिमा समस्याका बाबजुत, नेपालमा कोरना भाईरस संक्रमण फैलिन नदिन, समयमानै रोकथामका लागि विश्व स्वास्थ्य संगठन डब्लुओको उच्च जोखिमको खतराको घोषणा र नीति तथा निर्देशनहरुलाई समयमा नै महसुसगरि सरकारले छिमेकी देशहरुको सीमा नाकाहरु र अन्तराष्ट्रिय हवाईउडानहरु बन्दगरी लकडाउन गर्ने निर्णय गर्यो । समयमानै सरकारले अपनाएको सर्तकताको परिणाम आजका मितिसम्म सापेक्षीत रुपमा पश्चिमा तथा छिमेकी मुलुकहरुको तुलनामा नेपालमा कोरोनाको संक्रमण फैलिन सकेको छैन् ।
नेपालको मौलिक खानपान, मौलिक परम्पराका कारणले पनि संक्रमणको जोखिम कम भएको मानिन्छ । संकट टरेको छैन, संक्रमण फैलने जोखिम पनि घटेको छैन्, हाम्रो सापेक्षतामा अझ, बढ्दै गईरहेको छ । संक्रमणको जोखिम रोकथामकालागि मुलुकको सम्पुर्ण स्रोत, साधन, क्षमता र शक्ती एकिकृत पार्न जरुरी छ । कोरोना महामारीका विरुद्व सबै राजनीतिक शक्तिहरुलाई समेटेर राष्ट्रिय एकता कायम गर्दै अगाडि बढ्न जरुरी छ ।
कोरोना महामारीको राष्ट्रिय संकटको अलबा, आज पार्टी र सरकारका सामु, यावत समस्याहरु उपस्थित छन् । प्रथमत, नेकपाको नेतृत्वमा सरकार सञ्चालन देख्न र सहन गर्न नसक्ने प्रतिक्रियावादी, निरंकुश र अतिवादी सरकार र नेकपालाई बदनाम गराउन विभिन्न षडयन्त्रमा लागि रहेका छन् । सरकार स्वयं नेतृत्वकै सिमा समस्या र कमिकमजोरीका कारण पार्टी र सरकारले चौतर्फी आलोचनाको सामना गर्न परिरहेको छ । सरकारले फिर्ता लिएको अध्यादेशकै सन्दर्भमा जोडीएर आएका समाजवादी पार्टी फुटाउन डा. सुरेन्द्र यादवको राजनीतिक अपहरण शैलीका अपरिपक्व केटाकेटी कामले नेतृत्वको सर्वत्र आलोचना भइरहेएको छ । सरकारको बदनाम भइरहेको छ । प्रेश खरिद र चीनसँग स्वास्थ्य सामाग्री खरिद प्रकृयामा व्यापक अनियमिता भएको विषय उठेको छ । यि, यावत अनेकौं प्रश्नहरुको सहि र तथ्यपुर्ण जवाफ जनतालाई दिनु दिनै पर्छ ।
लकडाउनमा दैनिक ज्यालादारी श्रमीकहरुले अझै पनि राहत पाउन सकेका छैनन् । राहत वितरणमा मनोपोली भएको छ । टाठाबाठाले मात्रै राहत पाउनेस्थिति बनेको खबरहरु आईरहेकै छन् । सिमानामा अलपत्र परेका मजदुरहरको अझै उद्धार हुन सकेको छैन् । उनिहरुलाई घरसम्म जाने बातावरण सरकारले बनाउनु पर्छ । यि, यावत प्रश्नहरुवाट सरकारको नैतिकता र कार्यशैलीका बारेमा सर्वत्र आलोचना भईरहेको छ ।
मुलुकमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र नहुनुका कारण परनिर्भरतामा आसा, र भरोसामा बाँच्नपर्ने हाम्रो आजको नियती छ । कोरोना महामारीले विश्वअर्थतन्त्रमा परेको प्रभाव, अन्तराष्ट्रिय आर्थीक संकटको प्रभाव हाम्रो देशमा नपर्ने कुरै भएन । कृषिमा आधारित भनिएता पनि रेमिटयन्स, कर, बैदेशिक ऋण र अनुदानमा टिकेको हाम्रो अर्थतन्त्र, कोरोना महामारीको विपत्तीसँगै रेमिट्यान्स रोकिने, पर्यटन उद्योग धराशाही बन्ने, अन्य आर्थिक संरचना संकटतिर जाने स्थिति बनेको छ । राष्ट्रिय विपदको लडाईँसंगैं जोडीएर आउने अर्थतन्त्रको चुंनौंती, राष्ट्रीय महत्वका समस्याहरुसँग सामना गर्न पार्टी र सरकारले आन्तरिक एकतालाई सुदृढ र एकतावद्ध पार्न जरुरी छ ।
अहिल्यैकै स्थितिमा कोरोना भाईस संक्रमणको जोखिमवाट मुक्त हुन अझ समय कति लाग्छ रु भ्याक्सीन बनेर नआइपुग्दासम्म एकिन गर्न सक्ने अवस्था छैन् । कोरना कहरसँगै राष्ट्रकासामु उत्पन्न हुने आर्थिक असन्तुलन, बेरोजगारलगायतका जनजीविकाका समस्याहरु हल गर्न योजनावद्ध तयारीमा लाग्नु प्रमुख प्राथमिकताको बिषय हो । कोरोनाले निम्त्याएको संकटकै कारण विश्वमा २ करोड ५० लाख मानिसले रोजगार गुुमाई सकेको अवस्था छ । सवा अर्ब मानिस बेरोजगारतिर धकेलींदै गएको तथ्यांक आएको छ । अरबीय मुलुक, एसिया, युरोप र अमेरिकी मलुकहरुमा श्रम र व्यवसायतिर लागेका लाखौं नेपालीहरु स्वदेश फर्कने प्रक्रियामा छन् । आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि राष्ट्रीय उत्पादनको सामुहिक योजना र व्यवस्थापन भएन भने मुलुकमा थप अन्योल र अस्थिरता बढ्ने खतरा हुन्छ । अस्थिरताको मौका ढुकिरहेको देशी तथा विदेशी प्रतिकृयावाद र दक्षिणपन्थी अतिवादले टाउको उठाएर अराजकता पैदा गरि निरंकुसता तिर मुलक धकेल्न प्रयास गर्छ । जसले राष्ट्रीय सुरक्षा र संघीय लोकतान्त्रिकगणतन्त्रमाथि नै खतराको घन्टी बज्न सक्छ ।
भ्रष्टचार निवारणको समस्या आज हाम्रो सामु अत्यन्तै ठुलो समस्याको बिषय बनेको छ । मुलुकका सामु यावत समस्या र चुनौंतीहरुको कुसलतापूर्वक समाधानगरि शुसाशन, सदाचार, शान्ति, स्थिरताको सुव्यवस्थालाई कायम राख्न र विकास र समृद्धी हाँसिल गर्दै समाजवादको यात्रामा अगाडि बढ्न नेतृत्वको रुपान्तरणसहित पार्टीको एकता अपरिहार्य छ । पार्टीका कार्यकारिणी अध्यक्ष कमरेड प्रचण्डले प्रस्ताव गर्नु भएको राजनीतिक दलहरुलाई समेटेर राष्ट्रिय एकता मजबुत पार्नु आजको ठोष आवश्यकता हो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्व तथा यसको नेतृत्वको सरकारका सामु अहिले निकै प्रश्नहरु खडा छन्, जसलाई बुद्धिमतापूर्णं रुपबाट नै हल गर्दै पार्टी र सरकारको ओजलाई माथि उठाउन सकिन्छ ।
मुलभुतरुपमा मुलुकको ऐतिहासिक आवश्यकता बिचार, लक्ष, नीति, कार्यक्रम समान बुझाईमा दुईठुला कम्युनिष्ट पार्टीबिचमा पार्टी एकता सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कम्युनिष्ट आन्दोलनका ७० बर्षका सकारात्मक उपलब्दीहरूको रक्षा गर्ने र ७० बर्षका नकारात्मक कमीकमजोरीहरूबाटमाथि उठेर नेपालबाट विश्वलाई नयाँ सन्देश दिने अर्थमा ऐतिहासिक एकता भएको हो । नेपाल कम्युनिष्ट पार्टीको घोषीत, विचार, नीतिकार्यक्रम, विधान, राजनीतिक प्रतिबेदनले पनि यसबारे स्पष्ट गरेको बिषय छ । पार्टीको संस्थागत, बिचार, लाईन, मार्क्सवाद लेनिनवाद, जनताको जनवाद, समाजवाद र साम्यवाद हो । पार्टी नेतृत्व दुई अध्यक्षात्मक प्रणाली अन्तर्गत सञ्चालन हुन्छ । बहुदलिय जनवाद, माओवाद र एक्काइसौं सताब्दीको जनवाद, विचार, राजनीतिक कार्यदिशाको विकासएकता महाधिवेशनमा छलफलगरि परिमार्जन र विकासगर्ने भनेको हो । जहाँ एकता महाधिवेशनसम्म पार्टी सहमतिय प्रणालिमा सञ्चान गर्ने सम्झौता छ ।पार्टीको कार्यनीतिक कार्यदिशा, बिधान, विधि,अन्तरपार्टी नियमावलीमा टेकेर पार्टी र सरकार सहमतीय बिधिमा सञ्चालन गर्ने भनिएको हो । विचार, दृष्टिकोण कार्यपद्धतिका हिसाबले घोषित रुपमा अबलम्बन गरेको आधारभुत नीति र यही हो । रुमलिनु र दुविधामा पर्न जरुरी छैन् । एक अर्कोमा बिलय, पलायन, प्रवेश भएका होईनन्, विचार, नीति, लक्ष्य र उद्देश्यका आधारमा पार्टी एकता भएको हो ।
पार्टी र सरकार सामु विद्यमान समस्या, पार्टी र सरकार सञ्चालनका वर्तमान सन्दर्भमा मुल नेतृत्वको काम गर्ने तौरतरिका र कार्यशैलीबाट जन्मिएका प्रश्नहरु सन्तोषजनक हुनसकेको छैन । पार्टीको घोषीत नीति, कार्यक्रम, विधि, बिधान, मूल्य मान्यताको आत्मसाथ जसरी हुन आवश्यक थियो त्यसरी हुन सकेको छैन् । पार्टीभित्र खुल्ला र स्पष्ट जनवादी छलफल, सामुहिक निर्णय कार्यान्वयनमा केन्द्रिकृत अभिव्यक्ति हुनपर्नेमा स्वेच्छाचारी केन्द्रियताको एकमना र एकाधिकारवादी सोंचले काम गरेको छ । पार्टी सञ्चालनमा जारी गरिएका विधान, विधि, अन्तरपार्टी नियावलीहरु देखाउनका लागि सीमित गरिएका छन् । सामुहिकता, हार्दीकता, आत्मियताको कमरेडली भावना छैन् । कमजोरीको आत्म स्वीकार्यता देखिँदैन् । एकता प्रकियाका धेरैकामहरुले पुर्णता पाउन अझै बाँकी छन् । भएका कमीटिहरुले पनि पुर्णता पाउन सकेको छैन् । नेता कार्यकर्ता अझै कमीटि प्रणालीभित्र बाँधिन पाएका छैनन् ।
पार्टीको घोषित नीति, मुल्य मान्यताका आधारमा सरकार सञ्चालन भएको छैन् । गत केन्द्रीय समितिको बैठकमा ब्रिहंगम छलफलद्वारा पार्टीको कमाण्डमा सरकार सञ्चालन गर्ने, जरूरी राष्ट्रीय महत्वका बिषयहरू पार्टिमा छलफल गरेर मात्र सरकारले निर्णय प्रकृयामा लाने, निर्णय र पार्टी निर्णयअनुसार विधि र पद्धतिमा सरकार सन्चालन गर्ने कुरा कार्यान्वयन भएको देखिदैन। केन्द्रीय समिति बैठकका निर्णयहरूको मसिसुक्न नपाउँदै, पार्टीमा छलफल नै नगरि भुमिसुधार विधेयकदेखी, अहिलेको दल बिभाजन खुकुलो पार्ने विवादास्पद अध्यादेश ल्याउने प्रकृयाले पार्टी र सरकारको छबि गिराउने काम भएको छ । अहिले सरकारको नेतृत्वमा एकमना, एकाधिकारवादी सोंचको पराकाष्टाले काम गरेको छ । राजदुत फिर्तादेखि डिआजी बढुवासम्मको प्रकृया हेर्दा निर्णयमा मनोपोली देखिन्छ । एउटा अध्यक्षमा एकाधिकारको भुत सवार भएर मनोपोली ढंगले एकाङ्की निर्णय गर्दै जाने, अर्को अध्यक्ष निरिह्य भएर टुलुटुलु हेर्ने अवस्था सिर्जना भएको देखिन्छ ।
भावनात्मकरुपमा पार्टी एकतासुदृढ हुनकालागि नेतृत्वमा एकमना, एकाधिकारवाद र युपयोगवादी सोंचमा परिवर्तन आउन जरुरी छ । नेतृत्व जनताले अपेक्षागरेअनुसारको भुमिका पुरागर्न सकेको छ त ? केहि, स्वार्थ झुण्डहरुको घेराभित्रबाट बाहिर आएर नेतृत्वले समग्रतामा बिषयलाई हेर्न सक्नुपर्छ । आफ्नो स्वार्थ समूह, गुटको स्यानो झुण्ड प्रतिको अघात विश्वास, भरोसा र अरुप्रती शंका र अविश्वास गर्ने संकुचित सोंचवाट नेतृत्व ग्रस्त हुनु आम पार्टीका लागि दुःखद कुरा हो । नेतृत्वले गरेका गल्तीहरुको, अपजसको भारी सिंगो पार्टीले बोकीदिरहनु पर्छ भन्ने अहंकारपुर्ण सोंचको विकास भएको देखिन्छ । रचनात्मक सुझाव र आलोचनाहरू आफुविरुद्धको षडयन्त्रका रूपमा बुझ्ने गरेको देखिन्छ ।
नेतृत्वमा समयमै आफुँलाई सच्याउँने बदल्ने सच हुनुपर्छ । जनता र पार्टीले अपेक्षागरेअनुसारको नेतृत्वको तौरतरिका र कार्यशैलीमा बदलाव आउनु पर्छ । आत्म आलोचनावाट सुद्धिकृत हुने, आलोचना सुन्ने, आलोचना पचाउँने, कमिकमजोरिहरूलाई इमान्दारीतापुर्क सच्याउने गरि आफुँलाई बदल्नु पर्छ । राष्ट्र र जनताको हितमा आफ्ना स्वार्थलाई कुर्वानी गर्न सक्ने, व्यक्तिस्वार्थ, गुट स्वार्थभन्दा माथी उठेको वचन र व्यवहारको पक्का नेतृत्व होस् भन्ने जनता चाहान्छन् । आजको घटना तथा परिस्थितिले माग गरेको नेतृत्व, जनताका दुःख, पिरमर्का सुन्ने, जनताका समस्यामा मलमपट्टी लगाउने, अहिलेको विपत्तीमा सबै दलहरूलाई समेटेर लिएर हिड्न सक्ने होस् । राष्ट्र र जनता सबैको अभिभावकिय भुमिका खेल्न सक्ने होस् ।
कोरोना कहर र पछि आउने राष्ट्रको अर्थतन्त्रमा आउने संकट र चुनौति सामना गर्न पार्टीभित्र र बाहिर सबैलाइ एकतावद्ध पारेर राष्ट्रिय एकता कायम गर्दै अगाडि बढ्ने सामुहिक तरिकावाट सोंच्ने नेतृत्व वर्तमानको खाँचो हो । जनताले महसुस गरेको कुरा पनि यहि हो । समयको मागअनुसार, सामुहिकतामा सोंच्ने, विधि, प्रकृया र पद्धतिमा पार्टीमैत्री जवाफदेही नेतृत्व होस् । सरकारको नेतृत्वको सोंच र कार्यशैलीमा देखिएका दुर्वलताहरू हटाउँदै, नेकपाको पार्टी र सरकारको नेतृत्व रूपान्तरण हुनुपर्छ । वर्तमान भएका सीमा, समस्या, सुधारका लागि पार्टीमा छलफल हुनुपर्छ । पार्टी एकता सुदृढहोस, जनताको चाहाना र भावनाअनुसार सरकारको नेतृत्व सबल बनोस् नेतृत्वको पुरै ध्यान जानुपर्छ । आगामी दिनहरुमा पहिलेकै कमीकमजोरी, सिमा समस्या र आचरण र शैली नदोह¥याउने प्रतिबद्धता आउनुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: