Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सचिवालयमा मज्जाक ! के वामदेव मन्दिरमा राखेका घण्ट हुन् ? जसले बजाउँदा नि बजिदिउन ?

काठमाडौं । बहुप्रतिक्षित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक लगत्तै पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बैठकमा भएको छलफल र निर्णयबारे जानकारी गराइरहँदा केही मिडियामा भने तरंगित पार्ने समाचार सार्वजनिक भइसकेको थियो ।

बैठक सकिएको आधा घण्टा नबित्दै यो समाचार बसन्त यामको डढेलो झैं फैलियो । प्रधानमन्त्रीको सरप्राइज प्रस्ताव नामांकरण गरिएको यो प्रस्तावको सार थियो– प्रधानमन्त्रीले कोरोना महामारीको अन्त्यपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । सँगसँगै माधव नेपाललाई समेत अध्यक्ष बनाउने प्रस्ताव गरे । प्रायः सबैजसो मिडियाा प्रकाशित यो समाचारमा थप पुरक सूचना थियो– यो प्रस्ताव सुनेपछि प्रचण्ड र माधव नेपाल चकित भए र केही बोल्न सकेनन् ।

करिब करिब नेपालका सबैजसो मिडियाले यो समाचारलाई प्राथमिकतामा राखे ।

लगत्तै केही मिडियामा वामदेव सँगै जोडिएको अर्को समाचार पनि प्रकाशित भयो । समाचारमा वामदेव गौतमले प्रधानमन्त्रीको प्रस्ताव अत्यन्तै सकारात्मक र स्वागतयोग्य भएको बताए । अनि उनले अब यहीबाट सबै कुराको निर्णय गरौं र स्थायी कमिटीको बैठक नबोलाऔं भन्ने कुरा राखे ।

यी दुबै समाचारसँगै नेकपा समर्थकहरुमाझ एउटा तरंग नै फैलियो । लौ, वामदेवलाई त प्रधानमन्त्रीको कार्ड फालेछन् प्रधानमन्त्रीले । वामेदले पनि ओके गरे रे ।
आदि इत्यादी ।

तर केहीले भने यो सबै प्रकरणलाई प्रहसनको संज्ञा दिँदै वामदेवमाथि भद्दा मजाक गरिएको अर्थमा समेत लिए ।

प्रायजसो बैठकमा छलफलका क्रममा कतिपय कुरा औपचारिकरुपमा प्रस्तुत हुन्छन, कतिपय कुरा रिसको अर्थमा प्रकट हुन्छन्, कतिपय कुरा प्रहसन र हाँसो ठट्टा त कतिपय यस्ता विषय व्यंग्यको रुपमा प्रस्तुत हुन्छ । बैठकमा यस्ता कैयन कुरा हुन्छन् । ती कुराहरु एकलरुपमा निरपेक्ष अर्थ राख्ने हुँदैनन । तिनीहरु बिभिन्न एजेण्डासँग जोडिएका हुन्छन् । तर टुक्रारुपमा मात्रै यसरी हुने छलफलका विषयलाई हेर्ने हो भने बैठकको मूल निर्णय ओझेलमा पर्दछ ।

वास्तविकता के थियो, वामदेव गौतम या प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई थाहा होला, तर आजका टिप्पणी र समाचार हेर्दा प्रवक्ता नारायणकाजीले दिएको समाचार मात्रै आधिकारिक हो । त्यो बाहेक बाहिर ल्याइएका सबै सूचनाका पछाडि ती सूचनाहरु जन्मिंदाको परिस्थिति वर्णन छैन । त्यहाँ आँकलन मात्रै छ । प्रधानमन्त्रीले व्यंग गरेर भनेका हुन कि साँच्चै प्रस्ताव राखेका हुन ? यो विषयमा कुनै पनि सार्वजनिक भएको सूचनाले प्रकाश पार्दैन ।

वामदेवले प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आउला भनेर सोचेकै थिइनँ, अब यहीँबाट निर्णय गरौं, स्थायी समितको बैठक नबोलाऔं भनेर भनेको हो भने त्यो भन्ने परिस्थिति र कुन सन्दर्भममा भनेका थिए भन्ने कुरा पनि कहिं कतै उल्लेख छैन । कान्तिपुरले प्रमकाे प्रस्तावकाे अाशयमाथि वामदेवले प्रश्न गरेकाे र हिम्मत भए यहि बैठकबाट निर्णय गर्न चुनाैति दिएकाे उल्लेख गरेकाे छ । जबकि अधिकांश मिडियामा भने वामदेव खुसी भएकाे अर्थमा व्याख्या भएकाे छ । त्यसैपनि पार्टीमा बारम्बार विधि र पद्दतीको कुरा उठाउँदै आएका वामदेवले त्यो स्तरमा म एकदम खुसी भएँ, अब मेरो बारेमा निर्णय गरौं, अरु पार्टी कमिटिको बैठक नबोलाऔं भनेर सामान्य परिस्थितिमा भनेको कुरा पत्याउने कुनै आधार देखिन्न ।

नेकपाभित्र वामदेव रिस्क लिने प्रवृत्ति भएका नेता हुन । स्पष्टवादी नेताको रुपमा चिनिने वामदेव मनोविज्ञानका हिसाबले प्रचण्ड नजिक मानिन्छन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने मुख्य जस तत्कालिन एमालेभित्र उनैलाई जान्छ । अर्कोतिर संसदवाद भन्दा माथि उठ्नु पर्छ र पार्टीमा विधि र पद्दती बलियो हुनुपर्छ भन्ने मत राख्दै आएका व्यक्ति पनि वामदेव हुन । एक व्यक्ति एक जिम्मेवारीको उनको पुरानो अडान अहिले पनि कायमै छ । र, अहिले नेकपाभित्रको विवादमा यो नै एउटा मुख्य बहसको विषय समेत हो । यस्तो अवस्थामा विधि, पद्दतीगत रुपमा प्रस्तावहरु नआईकन वामदेवले दंग भएँ भनेर के त्यो प्रस्ताव स्वीकार गरेर सामान्य अर्थमा भनेका होलान् भनेर विश्वास गर्न सकिएला ?

यो उधारो कुरा सम्भव छैन भनेर वामदेवले नबुझेका होलान र ?

विगतको कुरा गर्दा वामदेव गौतम पार्टी अध्यक्ष केपी ओलीबाट बारम्बार ठगिएका व्यक्ति हुन । यो भन्दा अघिल्लो सचिवालयको बैठकमा उनले लगातार उठाउँदै आएको बर्दियाको निर्वाचनमा केपी ओली समूहकै नेताहरुको कारण हारेको कुरा पुनः उल्लेख गरेका थिए । वामदेवले आफू हार्नुका पछाडि पार्टी जिम्मेवार छ भन्ने कुरा दशौंपटक भनेका छन् । अर्कोतर्फ यसअघि प्रचण्ड र माधव नेपालले वामदेवलाई राष्ट्रिय सभाका लागि अघि सार्दा त्यसको बिरोध कसले गरेका थिए ? राष्ट्रिय सभा पूर्व डोल्पा र पछि काठमाडौंबाट सीट खाली गराएर वामदेवलाई सदनमा ल्याउने कुरा कसले रोकेका थिए ?

के वामदेव यति कच्चा खेलाडी हुन र ? जसले पार्टीभित्र आउने कुराहरु कुन नियत, कुन उद्देश्य र कुन आशयले आएका छन् भनेर नबुझुन ?

कान्तिपुर दैनिकले लेखेकाे छ: गाैतमले आफूलाई प्रधानमन्त्रीका लागि गरेको अफरभित्रको मनसाय के हो भन्ने बुझ्न खोजेका थिए । उनले पहिले ओलीले राजीनामा दिनुपर्ने, त्यसपछि प्रधानमन्त्री को, कसरी बन्छ भन्ने स्पष्ट हुने धारणा राखेका थिए । आफूलाई प्रधानमन्त्री बनाउने हो भने यही बैठकबाट निर्णय गर्न उनले चुनौती दिएको स्रोतले बतायो । याे भनाईलाई वामदेव दंंग  भनेर बुुुुझ्नेे हाे भने के भन्न सकिन्छ ।

इतिहासले वामदेवमाथि मजाक गर्दै आएको छ । उनले तत्कालिन समयमा पार्टी विभाजन गरे । तर त्यो विभाजनको राजनीतिक कारण थियो । उनको विभाजनको अभियानमा राजनीतिक मुद्दा प्रधान थियो । पछि गएर उनले एउटा ऐतिहासिक आवश्यकतामा पार्टी एकता गरे । पार्टी एकतापछि पनि उनले आफ्नो त्यही अडान कायमै राखिराखे । तर उनलाई भने महाधिवेशनदेखि अरु बेलासम्म धोका मात्रै पाइयो । अनि वामदेवले अहिलेको शक्ति संघर्षलाई के विगतबाट अलग्याएर आजको प्रस्तावलाई मात्रै अति उत्तम भनेर आत्मसात गरे होलान् त ?

संविधान संशोधन गरेर वामदेव प्रधानमन्त्री बन्ने अवस्था छ या छैन भन्ने कुरा वामदेवलाई जानकारी नहोला र ? अहिले समाजवादी पार्टीले समर्थन फिर्ता लिएको अवस्था छ । र, उक्त पार्टीसँग पछिल्लो अध्यादेशले सिर्जना गरेको तिक्तताका कारण कुनै नयाँ समिकरण बन्ने अवस्था समेत छैन । झन राजपा समेत मिलेर नयाँ पार्टी बनेको छ । यस्तो अवस्थामा दुई तिहाई नपुगि वामदेवका लागि संविधान संशोधन कसरी हुन सक्छ ? के यो कुरा वामदेवले नबुझेका होलान ? अर्काे कुरा, यो प्रस्ताव संविधानको संशोधनको माग गर्दछ । व्यक्तिका लागि संविधान संशोधन कुनै पनि दृष्टिकोणले राम्रो होइन भनेर यसअघि नै  बहस भईसकेकाे छ  आवश्यकता पार्टीमा हुर्किएको गैर कम्युनिष्ट चरित्रविरुद्ध लड्दै विधि र पद्दती स्थापित गर्नु हो ।

अर्को, प्रतिनिधि सभाको कुनै सीट खाली गराएर निर्वाचन गराउने उधारो कुरा पनि त्यति सहज छैन भन्ने कुरा यसअघि नै दुईजना सांसदले आफ्नो पद त्याग गरेर वामदेवलाई चुनाव लड्न दिन राजी हुँदा पनि त्यो अघि बढन नदिइएको घटनाले पुष्टि गर्दैन र ? कुन सांसद फिर्ता हुने, कहाँबाट हुने ? त्यहाँ निर्वाचन कहिले हुने ? निर्वाचनमा जितिने भन्ने ग्यारेण्टी के ? अनि जितेर आएपछि पनि त्यो बेला सत्तामा रहेको सरकार फेरिने सम्भावना के ? अनि सरकार फेरिएर वामदेव प्रधानमन्त्री हुने सम्भावना के ? यो उधारो कुरा सम्भव छैन भनेर वामदेवले नबुझेका होलान र ?

अहिले जुन मनोविज्ञान निर्माण गर्न खोजिएको छ, त्यो पार्टीलाई विधि र पद्दतीबाट अगाडि बढाउनु पर्छ भन्न जनमतलाई कमजोर पार्ने र प्राविधिक विषयमा अल्झ्याउने कोशिस मात्र हो । प्रधानमन्त्रीले समेत त्यति हलुका र यी सबै विषय नबुझेर त्यो कुरा भनेका थिएनन होला । उनले यसलाई औपचारिक प्रस्तावका रुपमा ल्याएको भए यो विषय गम्भीर हो भन्न सकिने हुन्थ्यो । तर सचिवालयका अनौपचारिक प्रसंगलाई प्रस्तावको रुपमा व्याख्या गर्ने प्रयास पूर्व समूहहरुको मनोविज्ञानका आधारमा नेकपाको शक्ति संघर्षलाई आफु अनुकुल बनाउने कोसिस मात्रै हो भन्न सकिन्छ

अहिले आवश्ययकता को प्रधानमन्त्री या अध्यक्ष बन्ने होइन । अहिलेको आवश्यकता पार्टीमा हुर्किएको गैर कम्युनिष्ट चरित्रविरुद्ध लड्दै विधि र पद्दती स्थापित गर्नु हो । यो आवश्यकता पुरा गर्न गणितीय समिकरणले सम्भव देखिँदैन । समग्रमा पार्टीले लिएको बाटो र सरकारलाई दलाल नौकरशाही पूँजिवादबाट जोगाएर जनतासँगको सम्बन्ध बलियो बनाउने किसिमले पार्टीले दिशा निर्देश गर्ने दिशामा अहिलेको बहस केन्द्रित हुनु जरुरी रहेको छ । यसले व्यक्तिको स्थान पनि सुरक्षित रहन्छ र पार्टीले अँगालको कार्यदिशा अनुरुप अगाडि बढ्न समेत निर्णायक भूमिका खेल्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending