Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

बादलको फरक मत –हस्ताक्षरको विपक्षमा, स्थायी समितिको पक्षमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तविरोध उत्कर्षमा पुग्दै गर्दा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य राम बहादुर थापा बादलको भुमिकाका बारेमा चर्चा भईरहेको छ ।

निकै कम बोल्ने गरेका बादल कता ? भन्ने प्रश्नले मानिसहरुमात्रै होइन उनकै सहयात्रि र समकक्षीहरु पनि भन्न सकिरहेका छैनन् ।

बादल निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले संकलन गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले गरेको भनिएको हस्ताक्षरको विपक्षमा रहेको र पार्टी स्थायी समितिको बैठको पक्षमा रहेका छन् ।

उनले सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा र पदीय बाँडफाँडभन्दा पनि स्थायी समितिको बैठकको माग गरेका थिए । उनले पदीय बाँडफाँड तथा अन्तरविरोधको व्यावस्थापनबारे पार्टीका बैठकहरुमा छलफल चल्नुपर्ने कुरा आफ्ना निकटस्थहरुसँग राखिरहेका छन् ।

उनका नजिकका एक नेताले भने, –‘बादल ओली समुहमा त जानै सक्दैनन् तर उनी प्रचण्डसँग पनि खुश छैनन् । तर अन्तिममा साच्चै परिआउँदा प्रचण्ड छोड्दैनन् ।’

उनका नजिकका केही मानिहरु भने यसअघि मन्त्रिपरिषद गठन गर्दा ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेललाई वरियतामा बादलभन्दा माथि राख्दा प्रचण्ड नबोलिइदिएकोमा खुश छैनन् । यसकारण पनि उनले पर्खेर अन्तिमसम्म हेर्ने रणनीतिक बनाएका छन् ।

बादल निकट नेताले बताए –स्थायी समितिको निष्कर्षमा बादल सहमत हुन्छन् । उनले एकातिर ओली÷इश्वर बस्ने अर्कोतिर प्रचण्ड÷माधव बसेर पदीय भागबण्डा गर्ने कुरालाई अस्विकार गरेका मात्रै हुन् ।

स्थायी समितिमा बादलको भुमिका सशक्त हुने समेत उनले बताए । उसो त उनी ओलीसँग झन बढी बेखुश छन् । गृह मन्त्रालयका कतिपय काममा ओलीले गर्ने हस्तक्षेप उनलाई मन परिरहेका छैन । साथै सरकारका कतिपय निर्णयहरुमा समेत ओलीले पोखरेल सँग सल्लाहा गर्दा बादलसँग गर्ने गरेका छैनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy